Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नागरिकले किन सुटुक्क हटायो अनलाइनबाट यो समाचार?

Posted on July 16, 2020July 16, 2020 by Salokya

नागरिक दैनिकको अनलाइनमा फेरि एउटा ‘अनइथिकल’ काम भएको छ। जुलाई १४, २०२० मंगलबार साँझ प्रकाशित एउटा समाचारमा अहिले क्लिक गर्दा ‘तपाईँले खोज्नुभएको पृष्ठ भेटिएन। पृष्ठ सरेको वा हटाइएको हुनसक्छ’ लेखेको देख्‍न पाइन्छ। यो के समाचार हो त ? 

समाचारको पर्मालिङ्कलाई फेसबुकमा आज बिहीबारसम्म सेयर गर्न खोज्दा पनि त्यो लिङ्कमा के शीर्षक थियो भन्ने प्रष्टै देखिन्छ।

त्यसैगरी ट्विटरमा यो पर्मालिङ्क हाल्दा यस्तो देखिन्छ-

नागरिकले बिना कुनै सूचना समाचार डिलिट गरे पनि एक पटक अनलाइनमा राखिसकेको कुरा पूर्ण रुपमा हटाउन गाह्रो हुने कुरा बिर्सिए जस्तो छ। यो के समाचार थियो भन्ने कुरा आखिरमा खोज्न सकिन्छ नै।

समाचार यस्तो रहेछ-

किन डिलिट गरियो समाचार ?

समाचार जनकपुरको प्रादेशिक प्रयोगशालाका निमित्त प्रमुखको विषयमा छ। पहुँच र आर्थिक लेनदेनको आधारमा नियुक्ति गरियो भन्ने दावीमा कर्मचारी स्रोतको आधार लिइएको छ। आवेदककै कोट पनि हालिएको छ। आरोपको विषयमा निमित्त प्रमुखको पनि भनाई राखिएको छ।

यो समाचार यदि नागरिकको पत्रकारिताको स्तर अनुसार राख्‍न नहुने समाचार थियो भने प्रकाशनै नगरे हुन्थ्यो। कि राख्नै हुन्न थियो, राखिसकेपछि हटाउनु हुन्न थियो। हटाउन नै आवश्यक भए किन र के कति कारणले यो हटाइयो, त्यसबारे जानकारी दिनु पर्थ्यो।

प्रेस काउन्सिलले जारी गरेको आचार संहितामा पनि पोस्ट डिलिटसम्बन्धी यस्तो व्यवस्था राखिएको छ-

तर यसको पालना भएको पाइँदैन। जथाभावी समाचार हाल्ने र डिलिट गर्ने काम कपिपेस्ट गर्ने र क्लिक र ‘रिच’ बटुल्न खोलिएका ‘अनलाइन’हरुले निकै गर्छन्। मिडिया साक्षरता कम भएको हाम्रो जस्तो देशमा त्यस्ता ‘अनलाइन’ ले लेखेका कुरा र व्यवसायिक ‘अनलाइन मिडिया’ ले लेखेको कुरामा उस्तै विश्वास गर्ने गरिन्छ। दुवै थरिका अनलाइन उस्तै हुन् जस्तो लाग्छ धेरैलाई।

यस्तो अवस्थामा कम्तिमा मूलधारको मिडियाको अनलाइनले कस्तो समाचार प्रकाशन गर्ने, कस्तो नगर्ने, कस्तो भएमा सच्याउने, सच्याउनु परेमा पाठकलाई त्यसको जानकारी दिने गरी सूचना कसरी राख्ने, एक पटक राखिसकेको समाचार कस्तो अवस्थामा हटाउनै पर्ने हुने, हटाउँदा कसरी जानकारी दिने, अन्तर्राष्ट्रिय समाचारहरुको स्रोत कसरी खुलाउने आदि बारेमा स्पष्ट नीति बनाएर अघि बढ्नु पर्ने हो। तर मूलधारकै अनलाइनहरु पनि सिस्टममा नचली ‘कामचलाउ’ गरिरहेका छन्।

मन लागे समाचार हाल्यो, मन नलागे डिलिट गर्‍यो। किन समाचार राखियो भन्ने पनि जवाफदेही हुनु नपर्ने, किन हटाइयो भन्नेमा पनि जवाफदेही हुनु नपर्ने। यस्तो पनि हुन्छ? पत्रकारिताको सामान्य धर्म त निर्वाह गर्नु पर्‍यो नि। नेतृत्व गर्नुपर्ने मूलधारेले नै बाटो बिराएपछि अरुहरुको अवस्था झन् के होला?

अपडेट (साँझ ५ बजे, जुलाई १६, २०२०) : यो ब्लग प्रकाशित भएपछि हिजो दिनभर र आज दिउँसोसम्म नखुलेको समाचार पर्मालिङ्कमा पुनः खुल्ने बनाइएको छ। यहाँ क्लिक गरी हेर्नुस्।  यो ब्लग तयार पार्दासम्म सोही लिङ्क यसरी नखुल्ने बनाइएको थियो। हेर्नुस् अर्काइभ लिङ्क।  बिना सूचना समाचार हटाउने, बिना सूचना फेरि राख्ने- नागरिकको अनलाइनको तमाशा पनि गज्जब कै रहेछ 🙂

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme