Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

खबरभित्रको खबर : ‘कान्तिपुर’का म्यानेजरलाई ‘अन्नपूर्ण’को ‘अजसू’

Posted on July 14, 2020 by Salokya


कोरोना कहरका बीच पत्रिकाहरु कतिको पढिरहनुभएको छ तपाईँहरुले कुन्नि। खबरका लागि हो बिहानै पत्रिका पढ्ने। तर खबरभित्रको खबर भने त्यसमा हुन्न।

आज (२९ असार २०७७) मा अन्नपूर्ण पोस्टमा एउटा गजबको खबरभित्रको खबर छ। अन्नपूर्ण पोस्टको पेज नम्बर ३ मा एउटा ‘अजसू’ छापिएको छ। अर्थात् ‘अत्यन्त जरुरी सूचना’।

रमाइलो त के भने जसको फोटोसहित सात दिने ‘अजसू’ छापिएको छ, उनी सोही पत्रिकाका साहु रामेश्वर थापाका आफ्नै भान्जा हुन्।


अन्नपूर्ण पोस्टको २९ असार २०७७ को पेज ३।


पेज ३ मा छापिएको सूचना

अझ अर्को रमाइलो त के भने जसका लागि यो अन्यथा कानुन बमोजिम कारबाही गर्न बाध्य हुने चेतावनीसहितको  ‘अजसू’ छापिएको छ, उनी अहिले अर्को प्रतिस्पर्धी मिडिया कान्तिपुरका सर्कुलेसन म्यानेजर हुन्। 

भनेपछि यो सूचना ‘भान्जा’ विरुद्ध हो कि ‘कान्तिपुर’ विरुद्ध लक्षित? यो खबरभित्रको खबर चाहिँ तपाईँ आफै खोज्नुस्।

खबरभित्रको खबर २

खबरभित्रको अर्को खबर चाहिँ यो ट्विटमा छ-

प्रहरी हिरासतमा रहेका लागु औषध कारोबारीसँग ‘मुद्दा मिलाइदिन्छु’ भन्दै पैसा लिएका बाराका एक पत्रकार पक्राउ परेछन्। उनी एपी खबरका संवाददाता र प्रेस संगठनका प्रदेश सदस्य रहेछन्। #धन्दा

— Prakash Guragain (@Prakash_Guragai) July 13, 2020

खबरभित्रको खबर ३

नागरिकमा गोरखापत्रको अवकाश दिने निर्णयबारे समाचार आएको छ। नेपालमा एउटा मिडियाले अर्को मिडियाको खबर खासै लेख्ने गर्दैनन्। अहिले कोरोनाको बहानामा नागरिकमै समस्या भइरहँदा गोरखापत्रको समाचार छापिनु रोचक छ।

यसअघि असार २० गते पनि नागरिकले कोरोनाको बहानामा पत्रकारहरुलाई सताइएको भन्दै गरिएको विरोध प्रदर्शनको फोटो पाँच कोलममा छापेको थियो।  साहुहरुलाई कस्तो भो होला यस्तो फोटो देखेर ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme