Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

केटिभीमा ‘आम्मामा, तीन अर्बमा कति खायो होला’ काण्डपछि गभर्नरका ‘OTR’ गफ सार्वजनिक

Posted on July 13, 2020July 14, 2020 by Salokya


कान्तिपुर टिभीको तीन अर्ब काण्ड थाहा छ? थाहा छैन भने यो पुरानो ब्लगमा क्लिक गरी हेर्नुहोला।

यस्तै खालको अर्को काण्ड हिजो केटिभीमा भएको छ। यो पनि रमाइलै छ।

भयो के भने मौद्रिक नीति २०७७ बारे कान्तिपुर टिभीमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो लाइभ। प्रस्तोता सुदिल पोखरेल थिए। पाहुनाहरु बोलाइएका थिए, नेपाल राष्ट्र बैँक गभर्नर महाप्रसाद अधिकारी, नेपाल ब्याङ्कर्स एसोसिएसनका अध्यक्ष भुवन दाहाल, उद्योगी चन्द्र ढकाल र उद्योगी पवन गोल्यान।

कार्यक्रमको २९ औँ मिनेटपछि प्रस्तोताले भने, ‘अब पालो भएको छ व्यापारिक विश्रामको, छोटो विश्रामपछि पुनः आउने छौँ।’ टिभीमा विज्ञापन बज्न थाल्यो। तर यता स्टुडियोमा जे भयो, त्यो रेकर्ड भइरहेको थियो। युट्युबमा त्यो नकाटी सिधै अपलोड हुँदा हामी हेर्नेहरुले करिब पाँच मिनेट OTR अर्थात् ‘Off the record’ कुरा सुन्न पायौँ।

सुरुमै गर्भनर अधिकारीले ‘साँच्चै ग्याप हुन्छ कि नाटक मात्र हुन्छ?’ भनेर हँसाए।

मेकानिजम बारे कुरा गर्दै गर्दा गभर्नर अधिकारीले ‘मेरो अनुरोध है, अफ दि रेकर्ड भएकोले भन्न पाइयो नि’ भन्दै बोल्न थाल्छन्- ‘हिजोसम्म ३७ जनाले ७ अर्ब लाँदा कसैलाई केही भएन। पछाडिका सानातिनाले पाएनन् भनेर कसैले बोलिदिनुभएन। गोल्यानजीले पाए पुग्यो। हामीले कार्यविधि ल्यासकेपछि चाहिँ यो र त्यो भनेर चाहिँ सरहरु उल्टो गरिदिनुहुन्छ। अनि के भन्नु ! अब टिभीमा उत्तर दिउँ कि यहाँ अफ दि रेकर्ड भनौँ?’

हाहाहा हाँसो चल्छ।

उनी अगाडि भन्दै जान्छन्, ‘हिजोसम्म कसैलाई चाहिएन के यो कुरो। १ अर्ब २७ करोड आउटस्टायन्डिङ छ एक जनाको। आज। जो चाहिँ हाइड्रोको मान्छे हो। उसको फाइनान्सियल हेर्नुभो भने २४ लाख नाफा छ। यसकै कारण ६ करोड नाफा भो यिनीहरुको। के हामीले डिभिडेन्ड बाँड्न दिने यो? यो बाँड्ने हो राज्यको ट्रेजरीबाट लगेर?’

यो कसरी पायो त हजुर त्यो पनि हेर्नुपर्‍यो नि, गोल्यानको प्रश्न।

‘त्यो हिजोसम्म कसैले क्वेसन गर्नुभएन। हिजो सर्वसाधारणले पाएनन्, एसएमइज (यसअघि एसएमएस लेखिएको गलत भएकोले सच्याइएको छ। SMEs अर्थात् Small and Medium Enterprises रहेछ) ले पाएनन्, दुःख पाएकाले पाएनन्, कति बिजनेस बिग्रेकाले पाएनन्, कोही भन्दिनुहुन्न। जसले पाउनु भो सिद्धियो। आज हामीले कार्यविधि ल्याएर ट्रान्सपरेन्ट बनायौँ। भएको कुरा चाहिँ बताइदिनु पर्‍यो’, गभर्नरले आग्रह गरे।

गोल्यानले पनि टिभीमा त भन्ने कुरा भएन भन्दै कुरा राख्छन्।

ठूलाका लागि त अहिले टिभीमा बोलौँला नि, गभर्नर अधिकारीले जवाफ फर्काउँछन्।

फेरि यो लाइभ हो र भन्ने कुरा हुन्छ। ‘टिभीमा चाहिँ विज्ञापन बजिरहेको छ आम्दानी चाहियो नि’ भन्ने कुरा हुन्छ। गोल्यान ‘अहिले सबैका लागि गाह्रो छ’ भन्छन्।

गभर्नर अधिकारी मिडियाको दुःखबारे जानकार रहेछन्। उनको आवाज सुनिन्छ, ‘अहिले त नाममात्रको विज्ञापन रे, पैसा आउँदैन रे।’

हाँसो छाउँछ फेरि।

कान्तिपुर टिभीले हिजो अपलोड गरेको यो भिडियो अहिले अरुले हेर्न नमिल्ने गरी ‘प्राइभेट’ बनाइएको छ।

तर इन्टरनेटमा एक पटक राखेको कुरा कसरी पूरै मेट्न सकिन्छ र। खोज्ने क्रममा यहाँ भेटिहाल्यो।

अडियो मात्र सुन्न चाहनु हुन्छ भने चाहिँ यता छ है

2 thoughts on “केटिभीमा ‘आम्मामा, तीन अर्बमा कति खायो होला’ काण्डपछि गभर्नरका ‘OTR’ गफ सार्वजनिक”

  1. महाप्रसाद says:
    July 14, 2020 at 12:55 am

    “एसएमएसले पाएनन्”लेख्या रछ । खासमा “एसएमइजले पाएनन” भनेेेेको हो! SMEs अर्थात Small and Medium Enterprises अर्थात साना तथा मझौला उद्योगहरु ।

    Reply
  2. Prem lam says:
    July 13, 2020 at 9:49 pm

    Very good news.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme