Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘कान्तिपुर’को अनौठो हिसाब : ५६+३ = ६०, ४४+० = ४३, ६‌+० = ६०

Posted on July 12, 2020July 12, 2020 by Salokya


आज (२८ असार, २०७७, आइतबार) को ‘कान्तिपुर’ पढ्नुभो ? पेज नम्बर ५ को दायाँ छेउमा एउटा समाचार छ- ‘उपत्यकामा संक्रमण रैथाने कि आगन्तुक’ शीर्षकमा। यो समाचारमा राजधानीमा उपचाररत संक्रमितको तथ्याङ्क भएको एउटा टेबल छ। त्यसमा गरिएको हिसाब बडा गजबको छ हेर्नुस्। तपाईँले आजसम्म सिकेका सबै हिसाबलाई फेल ख्वाउने हिसाब हो यो। ‘कान्तिपुर’ले गरेको हिसाब भएकोले नपत्याउने कुरा पनि भएन। हाम्रै हिसाब गडबड भएको भनेर चित्त बुझाउनु पर्ने स्थिति छ जस्तो छ। 

यसमा ध्यान दिएर हेर्नुस् त – पाटन अस्पतालमा आइसोलेसन ५६ र आइसियु ३ जोड्दा जम्मा ६० भएछ। हाम्रो हिसाबमा ५६ मा ३ जोड्दा ५९ हुनुपर्ने हो। तर कान्तिपुरको हिसाबमा चाहिँ ६० रहेछ।

अनि त्यसको मुनि हेर्नुस् केएमसी दुवाकोटमा आइसोलेसन ४४ मा आइसियु ० जोड्दा जम्मा ४३ हुन पुगेछ। कुनै अंकमा शून्य जोड्दा समेत एक अंक घट्ने गजबकै हिसाब होइन त यो?

अझ मुनि एपिएफ अस्पताल बलम्बुको हेर्नुस् आइसोलेसन ६ रहेछ अनि आइसियु ०। ६ र ० जोड्दा चाहिँ कूल ६० हुन पुगेछ। ६ र ० कति ६०। यो चाहिँ सानो बेलामा हामीले गरेकै हिसाब हो। ६ मा ० थप्दा ६० चाहिँ तर्कपूर्ण छ ल।

अब कूल आइसोलेसनको हिसाब पनि जोड्नुस् त-  १७+२०+५६+४४+६ ‍= १४३ आउनु पर्ने हो हाम्रो हिसाबमा। तर कान्तिपुरमा छ १९८।

गज्जबकै छैन त हिसाब?

यस्तो किन भयो होला त? ट्विटरमा अनन्त कोइरालाले यस्तो लेखे-

फोटो एक- कान्तिपुरका एकजना डिजाइनरले पाएको तलब
फोटो दुई- कान्तिपुरका डिजाइनरले लिएको बदला ??

महिनैपिच्छे पूरा तलब दिएर काम लगाउने गरौं के हाकिम सा‘बहरु कामदारलाई ? pic.twitter.com/tCvW8yCoQ2

— Ananta Koirala (@anantabrt) July 12, 2020

यसमा राखिएको स्यालरी जम्मा भएको भनी बैँकले पठाएको एउटा एसएमएसको स्क्रिनसट अनुसार महिनाभरीको तलब १ हजार ४२७ रुपैयाँ रहेछ। हँ? १४ सय कि १४ हजार? ट्वाँ म त।

यस्तो पनि हुन्छ र?

के रैछ यसको स्रोत भनेर खोजेर हेरेको त रेकर्ड नेपालमा Exploitation, pay cuts and layoffs: the fate of journalists शीर्षकको सामग्रीमा राखिएको रहेछ यो स्क्रिनसट।

फेरि शंका गरियो बैँकले पठाउने एसएमएसमा त रुपैयाँमात्र हैन पैसा पनि राखेको हुनुपर्ने। जस्तै यसमा 1427 मात्र हैन 1427.00 हुनुपर्ने होइन र? अरु बैँकहरुले पठाउने एसएमएस हेर्दा त्यस्तै देखियो। तर कान्तिपुरका कर्मचारीहरुको स्यालरी पठाउने नेपाल इन्भेस्टमेन्ट बैँकले पठाउने एसएमएसमा भने पैसा नभई रुपैयाँ मात्र हुँदा यसरी नै आउने रहेछ। त्यसमा देखिएको मिति पनि अरुको स्यालरी पठाएको दिन नै भएको पनि देखियो।

कसरी चाहिँ जेठ महिनाभरीको तलब १ हजार ४२७ रुपैयाँ मात्र भयो होला भन्ने चाहिँ ज्यान गए बुझ्‍न सकिएन।

अनन्तले भने जस्तो डिजाइनरले त्यसरी जानीजानी गल्ती त गरेनन् होला। तर फेरि अर्को कुरा पनि बुझिएन- डिजाइनरले यदि त्यस्तो गल्ती नै गरे पनि पेज हाकिमले नहेरी त पास हुन्न होला। हाकिमले के सुरमा चाहिँ यस्तो हिसाब भएको पेज पास गरेर प्रिन्ट गर्न पठाउन अनुमति दिए होलान् ?

अब भोलिको पत्रिकामा यो गल्ती सुधार हुन्छ होला त? कि ‘हामी त यस्तै हो नि ब्रो !’ लाई आधिकारिक कर्पोरेट गान घोषणा गर्ने हो ? 🙂

2 thoughts on “‘कान्तिपुर’को अनौठो हिसाब : ५६+३ = ६०, ४४+० = ४३, ६‌+० = ६०”

  1. K Rijal says:
    July 13, 2020 at 1:04 pm

    भ्रम र अराजक फैलाउन बिदेशी हड्डी बाट पालिएका कान्तिपुर लगाएत ठुला भनिएका मिडियालाइ बहिस्कार गरौ, पढ्न र सुन्न छोडौ।

    देश दलालहरु ले भरियो |
    देश इतिहासकै सब भन्दा जटिल मोडमा छ | एस्तो अवस्थामा देश-विदेशमा भएका सम्पूर्ण इमान्दार भुमि पुत्र र pure बंसज नागरिकहरु मिलेर कसरि देशलाइ यो अवस्था बाट बाहिर निकाल्न सकिन्छ भनेर नया बहस सुरु गर्नु पर्ने देखिन्छ | आफ्नै घर आगन नया अनुहार का मानिसले भरिन थाले | नौलो रिति रिवाज देखिन थाल्यो | आफ्नै आँगनमा आफु नै पाहुना जस्तो अनुभब हुन थाल्यो |

    १२ बुदे का भरियाहरु सबै देशका शत्रु हुन् , जसले चोर बाटो बाट जनतालाइ नसोधी संघियता, धर्म निरापक्ष्यता र गणतन्त्र बिदेशीको इशारामा देशलाइ थोपारे र आज यो अवस्थामा पुर्याए | गम्भीर भएर सोच्ने बेला आइ सक्यो, नत्र धेरै ढिलो हुन सक्छ।

    Reply
  2. Mahesh Bhattarai says:
    July 12, 2020 at 3:08 pm

    तर फेरि अर्को कुरा पनि बुझिएन- डिजाइनरले यदि त्यस्तो गल्ती नै गरे पनि पेज हाकिमले नहेरी त पास हुन्न होला। हाकिमले के सुरमा चाहिँ यस्तो हिसाब भएको पेज पास गरेर प्रिन्ट गर्न पठाउन अनुमति दिए होलान् ?
    कुरा सजिलो छ, डिजाइनर को १४२७ तलब भए पेज हाकिमको पनि त्यस्तै तलब होला अनि यस्तै पास नगरी के गरुन त ??

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme