Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘कान्तिपुर’को लेख ‘नागरिक’मा ‘कथा’ बनाएर यसरी भयो ‘चोरी’

Posted on July 6, 2020July 6, 2020 by Salokya


‘कान्तिपुर’मा पहिल्यै छापिसकेको एउटा सामग्री ‘नागरिक’मा ‘चोरी’ भएको भेटिएको छ। हुनत अहिले हुबहु कपिपेस्टलाई त सामान्य ठान्ने र कपिराइट भनेको ‘राइट टु कपि’ ठान्नेहरुका लागि यो कुनै ‘इस्यु’ नहुन सक्छ। तर अलि बौद्धिक पाठकले यो कस्तो खालको बौद्धिक चोरी हो प्रष्टै बुझ्नुहुनेछ।

कान्तिपुरमा २०७७ असार ६ गते शरच्चन्द्र वस्तीको ‘अर्को अर्थ नलागेमा’ कोलममा ‘लकडाउनपछि एक दिन’ शीर्षकमा व्यङ्ग्य छापिएको छ। त्यसको दुई हप्तापछि असार २० गते ‘नागरिक’को अनलाइन संस्करणमा दिला शाहको ‘लकडाउनभित्रका कथाहरू’ शीर्षकमा कथा छापिएको छ। कतिपय शब्दहरु हुबहु, कतिपय अलि परिवर्तन गरेर र केही थपथाप गरे पनि थिम एउटै छ।

शरच्चन्द्र वस्तीको लेखमा भएको एटिएम जाँदाको विवरण, मोटरसाइकल लडेर घाइते हुने केटा र केटीको विवरण, बैँकको काउन्टरमा गरेको हाछ्युँको विवरण दिला शाहको कथामा उस्तै छ।

स्मार्ट रुपमा बौद्धिक चोरीको यो एउटा नमूना हुनसक्छ। तर यसरी दुई हप्ताअघि मात्रै छापिएको प्रतिस्पर्धी पत्रिकाकै लेखबाट कपि गर्दा सम्पादक, डेस्कले थाहा नपाए पनि पाठकले थाहा पाउन सक्लान् भनेर चाहिँ किन नसोचेको होला ?

तुलना गर्नुस् दुवै लेखहरु-

कान्तिपुरको लेख पढ्न यहाँ क्लिक गर्नुस्

नागरिकको कथा पढ्न यहाँ क्लिक गर्नुस्

६ वर्षअघि नागरिकमा छापिएको समाचारका केही अंश कान्तिपुरमा हुबहु रहेकोबारे माइसंसारमा ब्लग लेखिएपछि कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्माले ट्विटबाट ‘गम्भीर गल्ती’प्रति क्षमा मागेर पत्रिकामा पनि क्षमायाचना छापिएको थियो। पढ्नुस् त्यतिबेलाको ब्लग।

त्यसैगरी कम्तिमा तीन वटा लेख नागरिक दैनिकमा अर्कै लेखकले लेखेका लेखहरुबाट हुबहु कपिपेस्ट गरेर छापेको माइसंसारमा खुलासा भएपछि लेखकले यो संयोगमात्रै हो भनेर जग हँसाए पनि पत्रिकाले भने कारबाही गरेको थियो। नागरिक दैनिकका विचार पृष्ठका तत्कालीन सम्पादक गोविन्द अधिकारीले ट्विट गर्दै ‘किरण गिरीको लेखले लाजमर्दो बनाएको’ उल्लेख गर्दै ‘सारेको पत्ता लगाउन नसकी छापेकोमा क्षमा मागेका थिए। त्यतिबेलाको ब्लग पढ्नुस्।

यसअघि पनि कान्तिपुरमा हुबहु प्रकरणमा ‘आलु’ कान्ड भइसकेको छ। कान्तिपुरको शुक्रबारे अंक “हेल्लो शुक्रबार” को विकी टेक स्तम्भमा न्युयोर्क टाइम्स, टेलीग्राफ लगायत अन्य पत्रिकामा प्रकाशित “टेक्नो न्युज” हुबहु नेपाली भाषामा अनुवाद गरेको बिषयमा सामाजिक संजाल फेसबुक र टुइटरमा ब्यापक आलोचना भएको थियो। त्यसबेला भोजराज दाहालले लेखेको ब्लग पढ्नुस् (सर्भर सार्ने क्रममा कतिपय स्क्रिनसटहरु भने हराएका छन्)

यस्तै पछिल्लो समय बाह्रखरी कथा प्रतियोगितामा नियमविपरीत नागरिकमा प्रकाशित भइसकेको कथालाई पुरस्कार दिइएको भनी विवाद भएको थियो। यससम्बन्धी ब्लग यहाँ क्लिक गरी पढ्नुस्।

[अपडेट : माइसंसारमा यो ब्लग प्रकाशन भएपछि नागरिकका प्रधान सम्पादकले अनलाइनबाट यो कथा हटाएर त्यसको ठाउँमा ‘क्षमायाचना’ राखेका छन्। ‘सामग्रीको विषयवस्तु शाहले लेखबाट चोरी गर्नुभएको हो वा संयोग हो भन्नेमा शाहले नै स्वीकार नगर्दासम्म हामी यकिन हुन सक्दैनौँ’, नागरिकमा लेखिएको छ, ‘तर, विषयवस्तु आलेखसँग हुबहु मिल्न गएको र छाप्नुअघि यसतर्फ ध्यान पुग्न नसकेकामा हामी क्षमायाचना गर्दैछौँ। शाहको उक्त सामग्री हाम्रो अनलाइनबाट हटाइएको अवगत पनि गराउँछौँ।’ त्यसैगरी बौद्धिक सम्पत्ति चोरीको आफूहरु सधैँ विरोधी भएको स्पष्ट गर्दै ‘आलेखको विषयवस्तु चोरिएको वा मिल्न गएको सम्बन्धमा लेखक शाहले स्पष्ट नगरेसम्म भविष्यमा सम्बन्धित लेखकका सामग्री स्वीकार नगर्ने प्रतिबद्धता समेत’ गरिएको छ। ]

1 thought on “‘कान्तिपुर’को लेख ‘नागरिक’मा ‘कथा’ बनाएर यसरी भयो ‘चोरी’”

  1. Pingback: नागरिकले क्षमायाचना गर्दै हटायो ‘कान्तिपुर’को लेखसित मिलेको कथा « Mysansar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme