Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ओलीको बोली : रातारात मिडियाले पनि कित्ता फेरे – हिजो ‘बाई फोर्स’ आज ‘बाई वर्ड’

Posted on July 5, 2020July 6, 2020 by Salokya


सत्तारुढ नेकपामा चर्किएको शक्ति संघर्षमा हल्लाहरुको गजबको भूमिका रहेको छ। एक गुटका नेता कतै बसेर कुचुरकुचर गर्छन्। सार्वजनिक रुपमा कुरा गरेको भए पो यसोयसो भन्ने थाहा हुन्थ्यो। यस्तो भयो रे भन्ने सुनाइदिन्छन्। त्यसपछि कसैले कुनै गुट नजिकको मिडियालाई सुनाइदिन्छ। त्यो गुटको मिडियाले हो कि झैँ लाग्ने गरी समाचार लेखिदिन्छ। अनि लौ यसो भयो रे भनेर अर्को गुटका नेताहरुको कुचुरकुचुर हुन्छ। त्यो कुरो फेरि अर्कै गुट नजिकका मिडियाले लेखिदिन्छ। अलिकति खाडल परेको ठाउँलाई दुई तिरबाट उफ्री उफ्री बसेको जमिन भास्सिएर झन् ठूलो खाडल बनाइन्छ।

अध्यादेश ल्याउन लागेको भएर संसद अधिवेशन अन्त्य गरेको कि महाभियोग लगाउने हल्ला सुनेर संसदको अधिवेशन अन्त्य गरेको एउटै पार्टीका दुई गुटलाई थाहा हुन्न। पार्टीका दुई गुटको झगडामा नेताहरु शितल निवास पुगिरहेका हुन्छन्। गजबको दृश्य पो देखिएको छ त अहिले।

हिजो र आजका मिडिया हेर्नुभयो भने एउटा अर्को रमाइलो भेटिन्छ। हिजो खासमा राष्ट्रपतिलाई भेटेर फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा मन्त्री र राज्यमन्त्रीलाई बोलाएर तिमीहरु कुन कित्तामा हो भनेर सोधेका थिए रे। मिडियामै आएको कुराबाट थाहा भएको हो यो।

त्यो बैठकमा प्रधानमन्त्रीले बाई स्टेप, बाई फोर्स कदम चाल्दैछु भनेको हिजो राति मिडियामा आयो। तर आज बिहानसम्ममा त्यो ‘बाई फोर्स’ शब्द ‘बाई वर्ड’मा बदलिएछ।

हेर्नुस् केही मिडियाका हेडलाइन र कन्टेन्ट-

गुगलमा गएर खोज्यो भने त अझ धेरै अनलाइनहरुले यस्तो लेखेको पाइन्छ-

कोही कोही चाहिँ बाई फोर्सको विश्लेषणतिर लागे-

मिडियाले नै यस्तो लेखेको पढेपछि पाठकको दिमाग भुटिने नै भयो, यस्तो यस्तो अनुमान फेसबुकमा भए-

तर त्यो बाई फोर्स शब्द रातारात परिवर्तन भएर ‘बाइ वर्ड’ हुन पुगेछ। आज बिहानका पत्रिकाहरुले ‘बाई वर्ड’ शब्द प्रयोग गरेका छन्। उदाहरणका लागि कान्तिपुर र नयाँ पत्रिका

अब बाई वर्डको कित्तामा पनि अनलाइनहरु आउन थाले। गुगल सर्चमा देखिएको रिजल्ट

नेताहरुले मात्र हैन, मिडियाले पनि रातारात कुरा फेर्दो रहेछ। हिजो ‘बाई फोर्स’ लेख्ने अनलाइनहरु पनि ‘बाई वर्ड’को कित्तामा आएछन्।

जस्तै नेपालखबर-

बाह्रखरीले पनि हिजो बाई फोर्स लेखेको थियो, आज बाई वर्ड लेखेछ-

बाह्रखरीले समाचारको अन्त्यमा ‘यसअघि वाइवर्ड हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ’ लेखे पनि नेपालखबरले भने त्यसो गरेको छैन।

सुरुमा लेख्नेहरुले नै सच्याएको देख्दा यी अनलाइनले बाँकी सब अनलाइनहरुको मात्र होइन पाठकको पनि दिमाग भुटेको देखियो। अब केहीले सच्याइसक्दा अरु धेरैले भने सच्याएका छैनन्।

प्रधानमन्त्रीले प्रयोग गरेको शब्दमा पत्रकारिता पढाउने गुरु नै अन्यौलमा देखिए

अघिपछि नसुनेको शब्द भएर पो मिडिया झुक्किएका हुन् कि। हुन पनि ‘बाई वर्ड’ र ‘बाई फोर्स’ शब्द सुन्दा उस्तै सुनिन सक्छ तर ‘फोर्स’ र ‘वर्ड’ शब्दको अर्थ फरक छ।

कम्युनिकेसन सम्बन्धी एउटा रमाइलो गेम छ। एक जनाले एउटा ‘सन्देश’ आफूभन्दा अगाडिकालाई देखाउँदा देखाउँदा लास्टमा त त्यो सन्देशको अर्थ नै ध्वस्त हुने गरी सञ्चार भएको पाइन्छ। कतै अहिले पनि यस्तै भइरहेको त होइन ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme