Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विमान नचिन्‍ने मिडिया : बसको समाचारमा ट्याक्सीको फोटो राखे जस्तो !

Posted on July 3, 2020July 4, 2020 by Salokya

इमेज च्यानल टिभी सञ्चालन गर्ने इमेज ग्रुप अफ कम्पनीजको न्युजपोर्टल इमेजखबर डट कममा आज बिहान एउटा समाचार राखिएको छ। ‘विमान अवतरणका क्रममा चरा ठोक्किएपछि नेपाल एयरलाइन्सको वाइडबडी जहाज ग्राउन्डेड’ शीर्षकको समाचारमा राखिएको फोटो भने वाइड बडीको होइन, चिनियाँ एम-६० (वाई सिरिज) विमानको हो। समाचार लेख्ने र प्रकाशन गर्नेलाई विमानको प्राविधिक कुरा धेरै थाहा नभए पनि कम्तिमा वाइडबडी भनिसकेपछि विमानको बडी त वाइड छ कि छैन हेर्नुपर्ने नि। यो त बसको समाचारमा ट्याक्सीको फोटो राखे जस्तो भो। गुड्ने सवारी साधनै हो भनेर भयो र। जसरी सवारी साधनका पनि विभिन्न प्रकार हुन्छन्, कम्पनी हुन्छन्, त्यसैगरी विमानका पनि हुन्छन्। विमान भन्ने बित्तिकै सबै विमान एउटै हुँदैन भनेर सबभन्दा पहिला बुझ्नु पर्ने भयो समाचार लेख्ने मिडियाले। इमेजखबरले राखेको फोटोमा विमान नामको रारा लेखिएको स्पष्टै देखिन्छ। रारा नाम  नेपाल एयरलाइन्सले 9N-AKQ कलसाइन रहेको MA-60 विमानलाई दिएको हो भन्ने कुरा त सामान्य गुगल सर्चबाट पनि थाहा भइहाल्ने कुरा हो।

नेपाल एयरलाइन्ससित वाइडबडीमा  एयरबसले बनाएको  A330-200 दुई वटामा छ। त्यसको फोटो यस्तो हुन्छ-

Nepal Airlines Airbus A330-200

यति धेरै डिटेल खोज्न अल्छी लागे पनि वाइडबडी विमान भनेको ठूलो हुन्छ भन्ने कमनसेन्स त हुनुपर्ने हो।

समाचार एउटा, फोटो अर्कै राख्नु त पाठकलाई झुक्याउनु हो। चरा ठोक्किएको विमानको फोटो नभए कम्तिमा वाइडबडी विमानको फोटो राख्नुपर्थ्यो, त्यो फेला पार्न नसके एयरलाइन्सको लोगो राखे भइहाल्थ्यो। २००+ सिटको विमानको साटो ५८ सिटको विमानको फोटो राख्न त भएन नि।

(यसअघि २४७ सिटे विमानको साटो लेखिएकोमा २००‌+ बनाइएको छ। एयरबसको नेपाल एयरलाइन्ससित भएको A330-200 विमान सामान्यतया २१० देखि २५० यात्रु बोकेर उड्ने र त्यसलाई ४०६ यात्रुसम्म बोक्ने बनाउन सकिने एयरबसको वेबसाइटमा उल्लेख छ)

3 thoughts on “विमान नचिन्‍ने मिडिया : बसको समाचारमा ट्याक्सीको फोटो राखे जस्तो !”

  1. Rishikesh says:
    July 3, 2020 at 8:49 pm

    At least the news portal posted a picture of a plane not a horse driven “Tanga”. We should be happy for that.

    Reply
  2. k_shankar says:
    July 3, 2020 at 3:50 pm

    तपाईंले भन्नुभएको समाचारमा उल्लेख लेखिएको “पछिल्लो इन्जिनमा सामान्य क्षति भएको” कुरो बारे पनि केहि बताई दिनुभएको भए हुन्थ्यो होला नी ।

    Reply
    1. Salokya says:
      July 3, 2020 at 6:29 pm

      हैट, मेरो ध्यान त फोटोमा मात्र गयो 🙂

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme