स्थायी कमिटीको बैठक नबसी नेताहरु बाहिर गफिँदै। कान्तिपुर टिभीको स्क्रिनग्र्याब
देशको राजनीतिक अवस्था देखेर धेरैले चिन्ता गरेको देखियो। विगत केही दिनदेखिका घटनाक्रमहरु त्यस्तै छन्, थ्रिलर फिल्मको जस्तो। गुटका नेताहरुले सुनाएका कुराका आधारमा लेखिएका समाचार पढ्दा उपन्यास पढे जस्तो लाग्ने भइराछ। लौ अब के हुने हो, अहिले केही भइहाल्ला, भरे केही भइहाल्ला जस्तो छ। तर तपाईँ-हामीले चिन्ता गरेर हुने केही होइन। चिन्ता नेताहरुले गर्नुपर्ने हो। आ-आफ्नो स्वार्थमा लिप्त नेताहरुबीच ‘पावर टसल’ (शक्ति संघर्ष) चलेको हो अहिले। कसले कसलाई घुर्क्याउन सक्छ र कसले कसलाई झुकाउन सक्छ भन्ने प्रतिस्पर्धा भएको हो अहिले। देश र जनतालाई खासै कसैले ध्यानमा राखेका छैनन्, आफू र आफ्नो गुटको ध्यान राखेका हुन्।
गफ गरे जसो काम गर्न सजिलो हुन्न भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बुझिसकेका छन्। आफ्नै गुटलाई पक्षपोषण गर्ने बाहेक अरु खास काम ओलीले गर्न सकेका छैनन्। भागवण्डा नगरी सप्पै आफ्नै गुटलाई मात्र क्वाप्प पारेपछि अरु गुट रिसाउने नै भए। आफ्नै पार्टीभित्र सबैलाई सन्तुष्ट पार्न त नसक्ने प्रधानमन्त्रीले देशलाई के सन्तुष्ट पार्न सक्नु। उनको शासकीय क्षमता नाङ्गो भएर देखिसकियो।
तर लौ मैले सकिनँ भनेर कसैले कुर्सी छाड्छ? आफ्नै नालायकी हुन्न त्यो? आफ्नो नालायक देखिने काम पनि कसैले गर्छन् ? त्यहाँमाथि कुर्सी पाएपछि सजिलै कसले छाडेको छ र? पछिल्लो चुनावमा लज्जास्पद हार व्यहोरे पनि परिणाम आएको ७१ दिनसम्म राजीनामा नगरी त्यतिबेलाका प्रधानमन्त्री शेरबहादुर देउवाले धमाधम नियुक्ति, निर्णय गरेको उदाहरण छ त।
त्यहाँमाथि यही बेला आएर प्रचण्ड गुट, माधव नेपाल गुट मिलेर घेराबन्दी गरी राजीनामा माग्ने गरी तनाव दिने प्रधानमन्त्रीलाई। पार्टीले भन्यो भन्दैमा खुरुक्क राजीनामा दिने लुते प्रधानमन्त्री त होइन केपी ओली। उनले पनि पावर देखाउनै पर्यो। त्यसैले लौ जा त भनेर संसद अधिवेशन अन्त्य गरिदिए।
यो सरप्राइज दिएर उनले घेराबन्दी गरेर राजीनामाको लागि दबाब दिनेहरुमाथि तनाव ट्रान्सफर गरिदिए। अब उनीहरु लौ अब प्रधानमन्त्रीले दल टुक्राउन सजिलो बनाउने अध्यादेश ल्याएर पार्टी फुटाउने भए भनेर चिन्तित। खासमा अध्यादेश भनेको संसदको बैठक नबसेको बेला नल्याई नहुने कानुन तत्काल आवश्यक हुँदा ल्याउने कुरा हो। तर इमान जमान र नैतिकता नभएको बेला बसिरहेको संसदको बैठक अन्त्य गरेर अध्यादेश ल्याउन किन नमिल्नु ! मज्जाले मिल्छ। यसअघि पनि कोरोना कहरकै बीच एकचोटी ल्याएर पार्टीभित्र र बाहिर विरोध भएपछि फिर्ता लिइएको अध्यादेश फेरि ल्याउन कुन नैतिकताले दिन्छ भन्ने प्रश्न पनि अहिलेको अवस्थामा वाहियात हो। तपाईँ कुन नैतिकताको कुरा गर्दै हुनुहुन्छ?
खासमा प्रधानमन्त्रीलाई थाहा नभएको होइन, पार्टी फुट्दाको परिणाम के हुन्छ भन्ने। खुबै राष्ट्रवादी भएर वामदेव गौतमले एमालेबाट फुटाएर माले बनाउँदाको हविगत ओलीले जति कसले बुझेको छ र। पार्टी फुट्दा संस्थापन पक्षबाट टुक्रेर अलग दल बनाउने हो। एमाले नै नाम राखे पनि सूर्य चुनाव चिह्न पाइने होइन। नेपाल जस्तो देशमा चुनाव चिह्नको खुब भ्यालु हुन्छ नामको भन्दा। ओली नामको राष्ट्रवादी ब्रान्ड पनि खिया लागेर ‘जे पनि बोल्ने गफाडी’ मा सीमित भइसक्यो।
तर पार्टी फुट्यो भने कांग्रेससँग मिलेर सत्तामै बसिरहन्छु भनेर तर्साउन पाइयो- ‘ल मसित मिलेर पावर सेयरिङ गर्ने कि जाउँ म कांग्रेससित मिल्न। तिमीहरु बाँकी साढे दुई वर्ष फुस्सा हुन्छौँ।’
यता प्रचण्ड-माधव नेपाल गुटलाई पार्टी फुट्यो भने कार्यकर्ताहरुबाट पार्टी एक बनाउन नसकेको भनेर आउने अपजस एकातिर छ, अर्कोतिर बाँकी अवधिमा झन् केही पनि नपाइने तनाव।
घुर्की लगाउन जसले जे गरे पनि पार्टी टुक्रँदा दुवैलाई घाटा छ भन्ने दुवै पक्षले राम्रैसँग बुझेका छन्। आफू आफू झगडा गरेर विपक्षीलाई सत्ता साझेदार बनाउनु भन्दा आफू-आफू मिलेर सत्तामा हालिमुहाली गरौँ भन्ने विकल्प नै रोजिने छ, ढुक्क हुनुस्। कुन गुटले कति पाउने, कुन गुटले कति गुमाउने भन्ने मात्रै लेनदेनको कुरा नमिलिरहेको हो अहिले। पार्टी नै टुक्रिने हदसम्म नजाला अहिलेको यो विवाद। नाटक हेरौँ न, अब केही दिनमै सिन क्लियर भइहाल्छ नि।
सलोक्यज्युले नाटक भन्नु भयो। नाटक कसैले सोचेरै लेखे अनुसार उपयुक्त अभिनय कर्ताहरु मार्फत नै नाटक मन्चन गरिन्छ। तेसैले कुनै पनि नाटक प्रायोजितनै हुन्छ;कुनै घटनाको आधारमा तेतिकै हुँदैन।त नेकपामा देखियको कुराहरु नाटक नै हो भने यस्को मुल कथाकारको हुन र् उस्ले कुन सन्दर्भ बा के कुरालाई बनाएर बनाएर त्यो नाटक गरेको हो?
अयोग्य् ब्यक्ति (ओली!!) पदमा रहन हुँदैन त्यस्तो लाई रजिनामा गराइन्छ बा पद बाट हताइन्छ भन्ने मुल थेम मा आधार बनाएर नेकपा भित्र मन्चन भयको नाटकमा ओलिको रजिनामा मागियो। ओलिले यो नातकको कथाकार भारत हुँं भने प्रचन्द्रले भारत होईन प्रचन्द्र आँफै हुँं भने। त् कुरा सकिगयो अहिले जे हुँदै आयको छ् त्यो प्रचन्द्रकै प्रायोजना हो। प्रचन्द्र नेपालको राजनीतिमा आँफै मुल पात्रको अभिनय गर्ने आफ्नो प्रतिद्वन्दि बा आफ्नो स्थान लिन् सक्ने कुनैलाई पनि भिलेन बनायको नाटक गर्ने नाटककारनै हो। उस्को नाटक सकिय पछी तेसो नातकमा अभिनय गर्नेलाई यू सधैं बाइ बाइ गर्छ; किरण बाबुराम देउपा र् अहिले ओलीलाई जस्तै।
नाटक र् नातकमा देखायको सबै कुरा सान्च्चैको हुँदैन। हुने भय प्रचन्द्र्को त्यो मावोबादी मन्च प्रचन्द्र आँफैले भत्काउन्दैन् थ्यो । हुनत त् प्रचन्द्र पसे पछी नभत्केको कुन चाँही मन्च छ् र् नेपालमा?
अव नेकपामा ओलीलाई भिलेन बनाएर रजिनामा गराईने पात्रको रुपमा प्रस्तुत गरेर देखाईयको नातक बाट त्यो नातकको नाटकआरले के सन्देस दिन खोजेको छ् त्यो चाँही बुझ्नु जरुरी छ्। ओली वास्तवअंै के हो तेस्को मतलव छैन तर ओली प्रधान मन्त्री भयको दलले सदनमा दुई तिहाई बहुमत पायको कुरा कस्को लागि ठुलो आपतिको किन भयो यही मुल कुरा हो। ओली र् ओलिको दलको दुई तिहाई बहुमत रह्यो र् ओलिको कारनले उस्को पार्तिका कुनैको महत्व्कान्छ्यामा पुगेको आघातलाई गौण् मान्ने हो भने ओलिको नेत्रित्वमा रहेको सदनमा दुई तिहाई बहुमतको सरकारले नेपालको नयाँ नक्सा र् सरितेहरुलाई अङिक्रित नागरिक पाउन 7 बर्ष कुर्नु पर्ने र् नेपाल बिरोधि भयमा त्यो पनि खोसिने कानुन बने जस्तै नेपालको भुमी मिचिरहने नेपाल दुवाउने बान्ध बनाउन्दै गर्ने र् त्यो मुद्दामा नेपाल सित बार्ता समेत् नगरेर हेप्ने भारतलाई अन्तरराष्ट्रिय अदालतमा अभियुक्त बनाएर उभ्याउन पनि सक्छ। यस्तो गर्न खोजेमा दुई तिहाई बहुमत भयको सरकारको ओलीलाई रोक्न सक्ने कोही छैन। तर दुई तिहाई बहुमत भयको सरकार फुताउन सकेमा बा ओलिको स्थानमा नेपालमा भारतको स्वार्थमा बाधक नबन्ने लिखित बच्चानै गरेको ब्यक्तिलाई पुर्याउन सके भारतलाई राती निन्द्रा आउने हुन्छ।
यस्तो आफुलाई लागेको विचार सँग धेरै जसो मिल्ने ब्लग पढन पाउँदा माई संसार फेरि पुरानै लोकप्रिय फर्ममा पुगेको देखेर खुशी लाग्यो|
धेरैले बाहुनलाई गाली गर्छन् जब सरकारले ठीकसँग काम गर्दैन वा अधोगतिमा निरन्तर गईरहेको हुन्छ|दिनोदिन यसो गर्नेमा डा. सुरेन्द्र केसी देखी केशरबहादुर बिष्ट, डिल्लीराम खनाल र डा. बाबुराम समेत पर्छन| किन भन्दा अत्यअधिक सँख्यामा जिम्मेवारी लिएका पदहरुमा उनीहरुकै हावी र हालीमुहाली छ, यो यथार्थ र तथ्यांक हो| कर्मचारीतन्त्र र राज्यका चारैवटा अंगहरुमा (मेडिया लगायत) उनीहरु वहुसंख्यामा नै छन|प्रधानमन्त्री, उपप्रधान, राष्ट्रपति, स्वास्थ्य, पर्यटन मन्त्रीहरु उदाहरण हुन| भए त के भयो? कुन जलन? किन जातिवादी प्रश्न? कसैले सोधला| मेरो दृष्टिमा मुद्दा जातपातको होइन| मुद्दा निरन्तर कुब्यवस्थापन र बेथितीका हुन|एउटै सोच, संस्कार र ब्यव्हार भएकाहरुका दशकौ देखी हालीमुहाली र हावी हुँदै आएकोले अपेक्षाक्रित सुधार आउन नसकेको त होइन भन्ने प्रश्न खडा नभएको होइन, बेलाबेलामा आइरहेको छ| कुलमान घिसिङ, सन्दुक रुइत र महाबिर पुनहरुलाई हेरौ| अलि छुट्टै ढंगले अघी बढेका छन विद्यमान वाधा अडचनहरुका वावजुद पनि|मन्त्री बसन्त नेम्बाङको उदाहरणीय काम गराई लकडाउनमा पनि देखियो|
भन्न खोजिएको के भने ओली, प्रचन्ड, माधव नेपाल, झलनाथ, बाबुराम, सुशिल, खिलराज सबैका काम्काज हेरीयो| खाली मनमोहनले थोरै सर्बहारा प्रति ध्यान दिए|
आम जनताका लागि बाहुन तिहुन जोसुकैले देशको शासन चलाओस तर चलाओस ठीक सँग| सुशासन देओस| ओलीले ठीकसँग चलाई रहेको भए उक्त प्रश्न उठने नै थिएन| भोली ओली गए को? उही खिया परेका नेताहरु आउनेछन जो टेस्ट भईसकेका छन र फेल भएका छन| शेरबहादुर जस्ता यो देशका धेरै पल्ट् प्रधान मन्त्री भईसकेको स्वीकार्न पर्दा लज्जित हुनपर्छ| के नेपाली जनताले त्यस्ता घटिया र असक्षम नेताहरुको भार बोक्न्पर्ने यो गणतन्त्रमा?
ओलीले दुई तिहाईको दुरुपायोग गरे| उनमा शासकीय क्षमता छैन,उनी अत्यन्त विभाजनकारी छन, देशको अभिभावकको पदमा रहेर हुनपर्ने सहिष्णुता र दुरदर्शिता छैन भन्ने पूर्णत सावित भईसकेको छ| नेकपाका कार्यकर्ताहरुका लागि देश पियारो कि प्रधानमन्त्री ओलीको कुर्सी?
बालुवाटारलाई नेकपाको कार्यालय नबनाउनुस| समय र भौतिक सामाग्री कति खर्च भए त्यस्को उजुरी परे भोली ब्यहोर्न पर्ने मात्र होइन, जिम्मा लिएका ब्यक्तिले सजाय भागी हुनपर्नेछ|बालकृष्ण न्यौपाने, सुरेन्द्र भँडारी र स्वागत नेपाल जस्ता जनमुद्दा पक्षका हिमायातीहरुले उजुरी दिन पर्ने हो|
ओलीले देश ठीक सँग चलाएको भए, भ्रष्टचार घटाएको भए हामी उनका निरन्तरताका लागि आवाज उठाउने थियौ तर अवस्था त्यस्तो छैन| ओली बिरामी हुँदा देशलाई नै बिरामी बनाउन भएन| कृपया घर गएर आराम गर्नुहोला ओलीजी|
Patrakar vaneko Umesh ji. jasto hunuparcha putrukar ta dhamala ni huncha.
यौदम सौग लाएर गज्जब को विश्लेषण, यो हो नि त लेख्ने तरिका। सारै मन पर्यो। पहिला MySansar को page नहेरी, अरु हेर्ने गरेको भए मर्दिनु।
नुन, अमिलो, पिरो, सबै चट्ट मिल्छ क्या तपाई को पत्रकारितामा । अनि पो पढ्दा नि मज्जा आउछ ।
कहिले काही dessert नि पुछार मा रख्दिनु हजम हुन्छ कसै कसैलाई । 😀 😀
यो विश्लेषण हो र, मनमा लाग्या कुरा खरर लेख्या हो ब्लग।
अनि कस्तो dessert हो, यस्सो बुझाइदिनुस् त। त्यो पनि राखिहाल्छु 🙂
राम्रो बिश्लेशन । मेरो बुझाइ पनि यही हो । यो नाटक केबल MCC को विवाद बाट बच्न लाई र भाग्बन्डा मिलाउनलाई मात्र गरेका हुन ।
Love your analysis, makes easy for people like me to understand.