Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पत्रकार महासंघको पत्र ‘नागरिक’मा अस्वीकार, कारण हेर्नुस् त कस्तो !

Posted on July 2, 2020 by Salokya

अहिले मिडिया साहुहरुले पत्रकारहरुलाई गरेको व्यवहारको चर्चा छ। हुनत जुन क्षेत्रका कर्मचारीहरुको पनि हालत त्यस्तै त्यस्तै हो, तर आफू जुन क्षेत्रमा छु, त्यही क्षेत्रको बढी चासो लाग्ने क्या !

यो एउटा रमाइलो भेटियो आज। पत्रकारहरुले आफूलाई अन्याय गरे साहुहरुले भनेर उजुरी दिएपछि नेपाल पत्रकार महासंघले भएको के हो भनेर बुझ्‍नलाई नागरिक दैनिकका अध्यक्षलाई सम्बोधन गरी पत्र पठाएको रहेछ। 

सुरुमा महासंघकै कार्यालय सहायकलाई पत्र बुझाउन पठाइएको रहेछ। तर कार्यालयका कसैले पत्र बुझ्नै मानेनछन्।

लौ अब के गर्ने त ?

महासंघले उपाय निकाल्यो- हुलाकबाट रजिस्ट्री गरी पठाउने।  कार्यालय सहायकलाई पठाउँदा पनि पत्र बुझ्न नमानेको ‘नागरिक’ ले रजिस्ट्री चिट्ठी झन् के बुझ्थ्यो।

रजिस्ट्री गरेपछि हुलाकले पत्र कसैलाई बुझाएको हस्ताक्षरसहितको प्रमाण लिन्छ। रजिस्ट्री गरेको पत्र यत्तिकै फर्काउन पनि पाइन्न, कारण लेख्नुपर्छ।

हुलाकीले त्यही भएर कारण पत्रमा लेखेछ- ‘यस ठेगानामा लैजाँदा उता लगे उता लानु भने। उता लगे तल लानु भने। तल लगे माथि लानु भने। माथि लगे तल लानु भनी घुमाइरहेकोले र कसैले नबुझेकोले फिर्ता !’

बिचरा हुलाकीलाई पो सास्ती भएछ। तलको कर्पोरेट अफिसबाट दुई तल्ला माथि न्युजरुममा चढ्ने, दुई तल्लाबाट फेरि भर्‍याङ ओर्लेर कर्पोरेट अफिसमा जाने। लास्टमा कसैले बुझ्नै नमान्ने।

पत्रै नबुझेर भागेर चाहिँ समस्या समाधान हुँदो रहेछ त ?

यति ठूला मिडिया हाउस चलाउनेहरुको हविगत हेर्नुस् त ! छैन त रमाइलो !

सम्बन्धित ब्लगहरु
‘साप्ताहिक’, ‘नारी’ र ‘नेपाल’का ५३ पत्रकार अझै ट्वाँ : न बन्द गरेको घोषणा गर्छन्, न अवकाश पत्र दिन्छन्
कोरोना कहर : मिडिया साहुले मौका छोप्दा पत्रकारको बिजोग !
पत्रकारितामा कोरोना कहर : अर्को ठूलो मिडिया हाउसमा पत्रकारहरुलाई बेतलबी विदा बस्‍न दबाब

कोरोनाको मारमा प्रिन्ट मिडिया, कान्तिपुरमा ‘बेतलबी विदा’को आतंक

 

1 thought on “पत्रकार महासंघको पत्र ‘नागरिक’मा अस्वीकार, कारण हेर्नुस् त कस्तो !”

  1. Pingback: चैतको तलब साउनमा समेत नपाउने टिएचटीका पत्रकारहरुको व्यथा « Mysansar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme