Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

उल्लुको बोली, चमेरोको दुःख र बाघलाई ज्वरो : चिडियाखानामा कोरोना कल्पना

Posted on June 20, 2020 by राजु आचार्य

-राजु आचार्य- 

आज मौसम अलि चिसो चिसो छ। घाम छैन। बादल धुम्म छ। त्यसैले दिउँसो पनि आँखा देखिरहेको छु। आजभोलि  मानिसहरू पनि आएका छैनन्। नत्र भने यतिखेर आइसक्थे। हैन, बिदा पनि होइन। आ… जे सुकै होस्। यी दुई खुट्टेहरू नआएकै जाति। हल्ला गरेर दिनभरि हैरान गर्छन्। हुनी नहुनी खान दिन्छन्। पेट दुखेर हैरान। आज भोलिका केटाकेटी त झन् भनेको नै मान्दैनन्। ‘ऊ उल्लु हेर हेर !’ ‘हैन यो त हुचिल होइन र’ भनेर एकै खालको कुरा गर्छन्। कोहीकोही त ‘यसलाई चीन पुर्‍याउन पाए निकै पैसा पाइन्थ्यो’ भनेर गिद्धे नजर पनि लाउँछन्। दिक्क लाग्छ। जालीबाट मसिना दाउराले घोच्छन् पनि। ज्ञान भएका तर विवेक