Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कोरोना संक्रमित ५ हजार नाघेसँगै सुरु भयो लेभल थ्री, निजी अस्पताललाई सरकारले प्रयोग गर्नसक्ने

Posted on June 13, 2020 by Salokya

लकडाउन खुकुलो गरेर पसल, व्यवसाय खोल्न दिनुको साथै निजी सवारी साधन पनि केही शर्तसहित खुला गरेको दिन देशमा नयाँ संक्रमितको संख्याले अर्को रेकर्ड राख्यो। एकै दिन ४४८ जना संक्रमित भेटिएसँगै कूल संक्रमितको संख्याले पनि ५ हजार पार गर्‍यो। अधिकांश भारतबाट आएकाहरुमा नयाँ संक्रमण देखिएको छ र यो क्रम अझै बढ्ने देखिएको छ। सरकारले मे २०२० मा तयार पारेको हेल्थ सेक्टर इमर्जेन्सी रेस्पन्स प्लान अनुसार ५ हजारको संख्या पार गर्ने बित्तिकै लेभल ३ सुरु हुन्छ। 

यसअघि २ हजारको संख्या पार गर्दा लेभल २ सुरु भएको थियो। २ हजारबाट संक्रमितको संख्याले ५ हजार पार गर्न नौ दिनमात्रै लाग्यो।

८७७ जना डिस्चार्ज भइसकेकाले अहिले आइसोलेसनमा रहेकाहरुको कूल संख्या ४ हजार १६९ छ। सोही प्लानमा उल्लेख भएको तथ्याङ्क अनुसार देशभरमा आइसोलेसन बेड ३ हजार ७६ मात्रै छ। अर्थात् आइसोलेसन बेड क्षमताभन्दा संक्रमितको संख्या बढी भइसकेको छ।

त्यही भएर सरकारले कोभिड १९ केशको आइसोलेसन व्यवस्थापन सम्बन्धि निर्देशिका जेठ २० गते स्वीकृत गरी लागू गरिसकेको छ। यस अनुसार अहिले परीक्षणको नतिजा पोजिटिभ आएमा asymptomatic (बिना लक्षणको), mild, moderate, severe र critical के हो सोको यकिन गरिन्छ। घरमै आइसोलेसन बस्न सक्ने सम्भव भए asymptomatic र mild केसलाई घरै पठाइन्छ। यसअघि सबै पोजिटिभ केसलाई अनिवार्य अस्पतालकै आइसोलेसनमा राखिन्थ्यो।

घरमा आइसोलेसनमा राख्दा दिनमा कम्तिमा तीन पटक ज्वरो जाँच गरी रेकर्ड राख्ने, हरेक दिन दुई पटक स्वास्थ्य अवस्थाबारे फोन वा एसएमएसबाट जानकारी गराउने, श्वासप्रश्वास कठिनाइ भएमा, छाती दुखे वा भारी महसूस भएमा, ओठ तथा अनुहार नीलो देखिएमा, होस हराएमा वा अन्य कुनै जटिल अवस्था देखिएमा तुरुन्त स्वास्थ्यकर्मीलाई जानकारी दिनुपर्ने उल्लेख छ।

लेभल थ्रीमा यस्तो योजना बनाइएको छ-

यो लेभलको सबैभन्दा महत्त्वपूर्ण परिवर्तन हो- अब सबै निजी अस्पतालहरुलाई उनीहरुको मानव संशाधनसहितको क्षमताको उपयोग सरकारले गर्नेछ।

लक्षण नदेखिएका मात्र होइन अब सबै माइल्ड केसलाई पनि होम आइसोलेसनमा पठाइनेछ। होम आइसोलेसनमा बसेकाहरुलाई हेल्थ र हाइजिन किट्स बाँड्ने योजना पनि बनाइएको छ।

अहिले भारतबाट फर्किएर क्वारेन्टिनमा बसिरहेकाहरुलाई धेरै संक्रमण देखिएको छ। उनीहरु कसरी होम आइसोलेसनको मापदण्ड अनुसार घरमा बस्न सक्नु !

त्यसैगरी अब स्वास्थ्यकर्मीहरु सहयोगी कर्मचारीहरु जो कोभिड १९ संक्रमितहरुको उपचारमा हुन्छन्, उनीहरुलाई बस्न र खान होटलको प्रयोग गरिनेछ।

अहिलेको लेभल थ्री कोरोना पुष्टि भएकाहरुको संख्या ५ हजार नाघेपछि सुरु भएर १० हजार नकटुञ्जेल कायम रहनेछ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme