Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

८० दिनपछि खुकुलो भएको लकडाउन : के के गर्न पाइने ?

Posted on June 11, 2020June 11, 2020 by Salokya


चौतर्फी विरोध र अवज्ञा हुन थालेपछि जेठ ३२ गतेसम्म लकडाउन गर्ने पूर्व घोषित योजनाबाट पछि हटेर आजैदेखि केही खुकुलो बनाएको छ। केही व्यवस्था जेठ ३२ पछि मात्रै लागू हुने भनिए पनि केही चाहिँ खुला गरिएको छ। त्यसो त सरकारले खुला नगरे पनि मान्छेले स्वस्फूर्त पसलहरु खोल्न थालिसकेका थिए र सडकमा चाप पनि देखिसकेको थियो। इनफ इज इनफ भन्दै देशभर प्रदर्शनसमेत हुन थालेको छ। चैत ११ गते लकडाउन घोषणा भएपछिको ८० औँ दिनमा अर्थमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता युवराज खतिवडाले लुजडाउनका निर्णय सुनाए।

त्यस अनुसार,

-पैदल हिँड्न पाइने, मास्क लगाउनु पर्ने।

-पसल, उद्योग, व्यापार, व्यवसाय, डिपार्टमेन्टल स्टोर खुला- सपिङ मल भने बन्द छन्।

-साइकल र मोटरसाइकल चल्न दिने। मोटरसाइकलमा चलाउने मात्रै। पछाडि अरुलाई राख्न नपाइने। सार्वजनिक यातायात भने बन्द नै।

-काठमाडौँ उपत्यकाभित्र र उपत्यका बाहिर जिल्लाभित्रमात्र चलाउन पाइने गरी निजी चारपाङ्ग्रे सवारी साधन जोरबिजोर प्रणालीमा चलाउन पाइने। अर्थात् जोर गते जोर नम्बरका गाडी, बिजोर गते बिजोर नम्बर प्लेटका गाडी। यस्ता गाडीमा चालकबाहेक थप दुई जना राख्न पाइने।

– श्रमिकको आवागमनका लागि यातायात खुला। एउटा गाडीको सिटमा एक लहरमा एक जना मात्रै। गाडीलाई डिसइन्फेक्ट गर्नुपर्ने। यात्रुले मास्क लगाउनु पर्ने।

-बैँक तथा वित्तीय संस्था, सहकारी र बीमा सेवा पूर्ण रुपमा खुला। तर दुई सिफ्टमा। बिहान ८ देखि दिउँसो १, दिउँसो १ देखि साँझ ६ बजेसम्म।

-रेस्टुरेन्टमा टेक अवे सेवा। प्याक गरिएका सामान किनेर घरमा लान सकिने।

-होटल चाहिँ क्वारेन्टिनका लागि तोकिएका होटलमात्र सञ्चालन।

-ब्युटीपार्लर, पार्टी प्यालेस, जिमखाना, सैलुन, सिनेमा हलहरु भने बन्द नै।

-अन्तर्राष्ट्रिय र आन्तरिक नियमित उडानहरु बन्द नै। अनुमति लिएर उडान गर्न सकिने।

-सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन गर्न नपाइने ।

– धार्मिक स्थल र खेलहरु पनि बन्द।

यस्तो छ सरकारको निर्णय-

सञ्चालन गर्न नपाइने

सञ्चालन गर्न पाइने

यस अनुसार ट्राफिक प्रहरीले निकालेको सूचना अनुसार निजी अर्थात् रातो नम्बर प्लेटका सवारी साधनमात्र जोर गते जोर र बिजोर गते बिजोर नम्बरका गाडी चलाउन पाइनेछ। यसअघि पास लिएका सवारी साधनहरुमा पनि जोर बिजोर लागू हुनेछ। कालो नम्बर प्लेटका गाडी चलाउन पाइने छैन भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारी साधन चल्न रोक लगाइएको छ।

1 thought on “८० दिनपछि खुकुलो भएको लकडाउन : के के गर्न पाइने ?”

  1. Pingback: ‘लकडाउन’ औपचारिक रुपमा मध्यरातदेखि सकियो तर सतर्क हुनुस् है « Mysansar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme