Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नझुक्किनुस्, अन्तर्राष्ट्रिय उडान खोल्न डब्लुएचओको सहमति आवश्यक पर्दैन

Posted on June 9, 2020June 9, 2020 by Salokya


नयाँ पत्रिकाको २०७७ जेठ २७ मंगलबार छैटौँ पेजको ‘अर्थ पत्रिका’ मा ‘विदेशबाट श्रमिक ल्याउन मात्र केही समयका लागि नियमित उडान गर्ने तयारी’ शीर्षकमा समाचार छापिएको छ। समाचारको तेस्रो अनुच्छेदमा लेखिएको छ- ‘अन्तर्राष्ट्रिय उडान खोल्न अन्तर्राष्ट्रिय टिकट एजेन्सीहरूको संस्था आएटा र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को समेत सहमति आवश्यक पर्छ।’

के साँच्चिकै यी संस्थाहरुको सहमति आवश्यक पर्छ त अन्तर्राष्ट्रिय उडान खोल्न? हामीले फ्याक्टचेक गरेका छौँ।

समाचारमा उल्लेख गरिएको आएटा खासमा International Air Transport Association को संक्षिप्त रुप IATA हो। यो समाचारमा लेखिए जस्तो अन्तर्राष्ट्रिय टिकट एजेन्सीहरुको संस्था नभएर अन्तर्राष्ट्रिय वायु सेवाहरुको संगठन हो। यसमा नेपालका कुनै पनि एयरलाइन्स कम्पनी सदस्य नै छैनन्।

अन्तर्राष्ट्रिय टिकट एजेन्सीहरूको संस्था IATAN (International Airlines Travel Agent Network) हो। यो IATA को एउटा विभाग हो।

समाचारमा IATA र विश्व स्वास्थ्य संगठन WHO को समेत सहमति आवश्यक भएको दावी गरिएको छ। हामीले यसबारे नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई सोध्यौँ, के नेपालमा अन्तर्राष्ट्रिय उडान खोल्न आएटा र डब्लुएचओको समेत सहमति आवश्यक पर्छ?

उनले भने, ‘त्यस्तो होइन। नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) आधिकारिक निकाय हो। नेपाल सरकारले निर्णय गर्‍यो भने हामी उडान तालिका स्वीकृत गरी खोल्छौँ।’

प्राधिकरण नेपालको हवाई क्षेत्रको नियामक संस्था हो।

डब्लुएचओले स्वास्थ्यका सम्बन्धमा सल्लाह मात्र दिन्छ। हवाई यात्राका बारेमा पनि डब्लुएचओले विभिन्न सल्लाह दिने गरेको छ। तर त्यसलाई मान्ने/नमान्ने सम्बन्धित सरकारको निर्णय हुन्छ। सरकारको निर्णय अनुसार सम्बन्धित देशको उड्डयन नियामक निकायले उडान खोल्ने वा बन्द गर्ने निर्णय गर्छ।

निश्कर्ष : अन्तर्राष्ट्रिय उडान खोल्न आएटा र डब्लुएचओको सहमति आवश्यक पर्ने समाचार गलत छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme