Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपालको कोरोना संक्रमितको संख्या जनसंख्याको अनुपातमा चीनमा भन्दा बढी

Posted on June 3, 2020 by Salokya

नेपालमा संक्रमितको संख्या युएन नेपालले अप्रिल महिनामा तयार पारेको PREPAREDNESS AND RESPONSE PLAN (NPRP) को अनुमानित संख्याभन्दा बढी भइसकेको छ।

यो प्लानमा संक्रमितको अनुमानित संख्या १ हजार ५ सय राखिएको थियो। चीनको जनसंख्याको २ प्रतिशत नेपालको जनसंख्या भएको हिसाबले चीनको ७० हजारको संख्याको अनुपात निकाल्दा नेपालमा कूल १ हजार ५ सय संक्रमित हुनसक्ने अनुमान थियो।

तर यो संख्या आज २ हजार नाघिसकेको छ। 

यो अनुमानमा स्कूल बन्द हुने, भेला हुन प्रतिबन्ध, सार्वजनिक यातायात नचल्ने, सीमा बन्द हुने र सातै प्रदेश प्रभावित हुने सबै मिलेका छन्।

तर पुरुषभन्दा महिला संक्रमित बढी हुने अनुमान मिलेको छैन। अहिले कूल संक्रमितको संख्या मध्ये पुरुष १९४९ हुँदा महिला मात्र १५० छन्।

यो प्लानमा १० हजार संक्रमित हुने अवस्थालाई खराब अवस्थाको परिकल्पना भनिएको छ।

नेपालमा मृत्यु भइसकेपछि कोरोना पुष्टि भएका घटनाबाहेक अधिकांश कोरोना संक्रमितलाई लक्षण देखिएको छैन। अनि उनीहरुलाई अस्पतालमा आइसियुको आवश्यकता पनि परेको छैन।

नेपालमा अहिलेसम्म भेटिएका संक्रमितहरु जति सबैलाई अस्पतालमा आइसोलेसन बेडमा राखिएको छ। तर देशभरका आइसोलेसन बेडको कूल संख्या ३०७६ मात्र छ।

स्रोत : स्वास्थ्य मन्त्रालयले मे २०२० को मितिमा कोभिड १९ प्यान्डेमिकको हेल्थ सेक्टर इमर्जेन्सी रेस्पन्स प्लान ।

यो ब्लग तयार पार्दासम्म अस्पतालमा उपचार गराइरहेका बिरामीको संख्या १८२५ छ। संक्रमितको ‍‍‍‍औसत अस्पताल बसाइ १६ दिन रहेको छ। देशभरका स्थिति हेर्दा अहिलेसम्म आइसोलेसन बेडले धानेको जस्तो देखिएको छ। तर प्रदेशगत हिसाबमा जाँदा भने धेरै संक्रमित भेटिएका प्रदेश ५ (६९९) र प्रदेश २ (८१६) मा आइसोलेसन बेड अपुग हुन थालिसकेको छ।

संक्रमितको संख्या लेभल २ मा

यो त्यही प्लानको अर्को क्लासिफिकेसन हो। दुई हजार केससम्मको स्थितिमा १५ प्रतिशतलाई अक्सिजन सपोर्ट चाहिने र ५ प्रतिशतलाई आइसियु चाहिने अनुमान थियो। तर यो स्थिति नेपालको केसमा देखिएको छैन।

अहिले नेपालमा सबैभन्दा बिजोग क्वारेन्टिन स्थलको भएको छ। बाख्राका खोर जस्ता क्वारेन्टिनमा बसालिएकाहरुको मृत्यु भएको समाचार निरन्तर आइरहेको छ। लक्षण देखिएकाहरुको छिटो परीक्षण हुन सकेको छैन त्यसकारणले क्वारेन्टिनभित्रैबाट संक्रमण सर्न सक्ने सम्भावना बढेको छ।

२ हजार केससम्मको स्थितिलाई नेपालले प्लान गर्दा लेभल १ मा राखेको थियो। यो संख्या मंगलबार पार भइसकेको छ। अब ५ हजार संक्रमितको संख्यासम्मको स्थितिलाई लेभल २ मा प्लान गरिएको छ।

लेभल २ मा के के गर्ने योजना छ त ?

लेभल २ मा जन स्वास्थ्य ऐन २०७५ को दफा ४८.४ अनुसार जनस्वास्थ्य विपद् घोषणा गर्ने तयारी छ। ऐनको दफा ४८  आपतकालीन स्वास्थ्य सेवा तथा व्यवस्थापन सम्बन्धी दफा हो। यसको उपदफा ४ मा  स्थानीय तहले प्रचलित कानून बमोजिम जनस्वास्थ्य विपद् अवस्था घोषणा गर्न सक्ने, तर, कुनै विपद् एकभन्दा बढी स्थानीय तहमा हुन गएमा सम्बन्धित प्रदेशले र एकभन्दा बढी प्रदेशहरूमा जनस्वास्थ्य विपद् अवस्था सृजना हुन गएमा नेपाल सरकारले तोकिए बमोजिम जनस्वास्थ्य विपद् अवस्था घोषणा गर्न सक्ने उल्लेख छ।

यो लेभलको एउटा महत्त्वपूर्ण परिवर्तन के हो भने अघिल्लो लेभलमा जस्तो संक्रमण पुष्टि भएका सबैलाई अस्पतालको आइसोलेसन बेडमा नराखी लक्षण नदेखिएका पोजिटिभ केसहरुलाई होम आइसोलेसनमा राखिनेछ। अर्थात् अत्यावश्यक नभएसम्म अस्पतालमा नआई घरैमा छुट्टै बसी स्वास्थ्य लाभ गर्न  भनिनेछ।

संक्रमितको संख्या ५ हजार नाघिसकेपछि भने लेभल ३ सुरु हुनेछ।

 

1 thought on “नेपालको कोरोना संक्रमितको संख्या जनसंख्याको अनुपातमा चीनमा भन्दा बढी”

  1. Paras Chandra says:
    June 3, 2020 at 7:47 am

    कोरोना फ्री कन्ट्री भनेर प्रचार गर्ने, सरकारको प्रयासले गर्दा कोरोना फैलिन नपाएको भनेर घमन्ड गर्ने, कमिशन को चक्कडमा सामान समयएमा नै नमगाउने र बरीस्ठ चिकित्सक हरुको कुरा र सल्लाह नसुन्ने सरकार लाई गतिलो जवाफ !!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme