Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपालमा कोरोनाको नयाँ रेकर्ड : एकै दिन २ सयभन्दा बढी थप

Posted on June 1, 2020 by Salokya


नेपालमा कोरोना संक्रमितको संख्यामा आज नयाँ रेकर्ड बनेको छ : विगत २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी २२६ नयाँ संक्रमण पुष्टि भएको छ। लगातार पाँच दिनसम्म १ सयभन्दा बढी संक्रमितको संख्या थपिँदै आएको नेपालमा आज पहिलो पटक २ सयभन्दा बढी थप भएको हो।

२८ मे अर्थात् जेठ १५ गतेदेखि कोरोनाको ग्राफ उकालो लाग्ने क्रम सुरु भएको हो। यो दिनदेखि हरेक दिन सयभन्दा बढी संक्रमित भेटिएका छन्।

हरेक दिन संक्रमितको संख्यामा नयाँ कीर्तिमान पनि कायम हुँदै गरेकोमा हिजो एक दिन अस्तिको भन्दा संख्या १८ ले घटेको थियो। तर आज भने हिजोभन्दा ५५ ले बढेको छ।

मृत्यु दर भने संक्रमित संख्याको तुलनामा अत्यन्तै न्युन छ। १७९८ संक्रमित हुँदा मृत्यु ८ जनाको मात्र भएको छ। अर्थात् ०.४४ मात्रै।

रिकभरी रेट भने १२.२९ छ। हालसम्म २२१ जना डिस्चार्ज भएका छन्।

आज नयाँ जिल्ला डोटीमा संक्रमण फेला परेको छ। संक्रमण देखिएका कूल जिल्लाको संख्या पनि ५९ पुगेको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme