यो सरकारले जारी गरेको सूचना हो। यो सूचना गोरखापत्र दैनिकबाट लिइएको हो। अरु धेरैले पनि भाइरसको नाम यसैगरी ‘नोभल कोरोना भाइरस’ वा ‘नोवल कोरोना भाइरस’ लेखेको तपाईँले देख्नुभएको होला। तर यो आधिकारिक नाम भने होइन। सुरुमा विश्व स्वास्थ्य संगठनले नयाँको अर्थमा ‘नोभल’ प्रयोग गर्दै आएको भए पनि ११ फेब्रुअरी २०२० (माघ २८, २०७६) देखि भाइरसको आधिकारिक नाम severe acute respiratory syndrome coronavirus 2 छोटकरीमा SARS-CoV-2 राखिसकिएको छ।
बुझ्नु पर्ने आधिकारिक नाम,
अहिले महामारीका रुपमा विश्वमा फैलिरहेको रोगको नाम- कोरोनाभाइरस रोग (छोटकरीमा कोभिड-१९)
भाइरसको नाम- severe acute respiratory syndrome coronavirus 2 (छोटकरीमा SARS-CoV-2)
भाइरस र रोगको नाम किन फरक?
भाइरसहरु र त्यसले गराउने रोगको नाम प्रायः फरक नै हुन्छ। उदाहरणका लागि एड्स रोग एचआइभी भाइरसका कारण लाग्छ। मान्छेहरुलाई प्रायः रोगको नाम थाहा हुन्छ तर रोग लगाउने भाइरसको नाम भने याद हुँदैन।
नाम कसरी राखिन्छ?
भाइरस र रोगहरुको न्वारनको लागि विभिन्न प्रक्रिया र उद्देश्यहरु हुन्छन्।
भाइरसहरुको नामाकरण तिनीहरुको जेनेटिक संरचनाका आधारमा राखिन्छ ताकि परीक्षण गरी पहिचान गर्न, भ्याक्सिन र औषधीहरुको विकास गर्न सजिलो होस्। भाइरोलोजिस्टहरु र वैज्ञानिक समुदायले यसको जिम्मा लिन्छन्। त्यसैले भाइरसहरुको न्वारान गर्ने पण्डित इन्टरनेसनल कमिटी अन ट्याक्सोनोमी अफ भाइरसेस (छोटकरीमा आइसिटिभी) ले गर्छ।
रोगको नाम यसको रोकथाम, फैलावट, सर्ने क्षमता, यसको उपचारका बारेमा छलफलका लागि राखिन्छ। रोगको नाम आधिकारिक रुपमा विश्व स्वास्थ्य संगठनको इन्टरनेसनल क्लासिफिकेसन अफ डिजिजेज (आइसिडी) ले राख्छ। हेर्नुस्
कहिले राखियो अहिलेको नाम?
आइसिटिभीले अहिले महामारीको रुपमा फैलिएको नयाँ भाइरसको नाम सार्स-कोभ-२ यही वर्षको फेब्रुअरी ११ मा राखिसकेको हो। विक्रम संवत् अनुसार गत वर्ष माघ २८ गते नै राखिसकिएको हो। यो नाम छान्नुको कारण थियो सन् २००३ मा फैलिएको सार्सका लागि जिम्मेवार भाइरससँग नै यो भाइरस पनि जेनेटिकल्ली सम्बन्धित छ। तर सम्बन्ध भए पनि दुई भाइरस फरक फरक हुन्।
डब्लुएचओले पनि यो नयाँ रोगको नाम कोभिड-१९ पनि फेब्रुअरी ११ मा नै राखेको हो। अर्थात् गएको माघ २८ गते नै आयोजित पत्रकार सम्मेलनमा डब्लुएचओका डाइरेक्टर जनरल टेड्रोस अधानोमले यसो भनेका थिए-
डब्लुएचओले के भन्ने गर्छ?
सन् २००३ मा सार्स रोगले एसियामा धेरै असर पारेको थियो। त्यसैले सार्स नाम प्रयोग गर्दा अनावश्यक डर उत्पन्न हुनसक्ने कारण देखाउँदै डब्लुएचओले सर्वसाधारणसित सञ्चार गर्दा यो भाइरसलाई कोभिड १९ का लागि जिम्मेवार भाइरस (the virus responsible for COVID-19) वा कोभिड-१९ भाइरस शब्द प्रयोग गर्ने गर्छ। तर डब्लुएचओले आइसिटिभीले राखेको नामको सट्टा यो नाम राख्ने नियत आफ्नो होइन भन्ने पनि प्रष्ट्याएको छ।
COVID मा CO को अर्थ Corona, VI को अर्थ Virus र D को अर्थ Disease र १९ को अर्थ सन् २०१९ हो।
डब्लुएचओले रोगको नामाकरण गर्दा कुनै देश, ठाउँ (जस्तै MERS, स्पेनिस फ्लु, जापानिज इन्सेफलाइटिस), पशुपंक्षीको नाम (जस्तै बर्ड फ्लु, स्वाइन फ्लु) आदिसँग सम्बन्धित हुन नहुने भनी बनाएको गाइडलाइन्स अनुसार World Organisation for Animal Health (OIE) र Food and Agriculture Organization of the United Nations (FAO) सित सल्लाह गरी यो रोगको नामाकरण गरेको हो। नत्र त अमेरिकी राष्ट्रपतिले भन्ने गरे जस्तै यसलाई चाइनिज भाइरस वा वुहान भाइरस भनिन्थ्यो होला। हेर्नुस् गाइडलाइन्स।
हेर्नुस् रोग र भाइरसको नामाकरणबारे डब्लुएचओको जानकारी।
त्यसैले अझै पनि नोभल कोरोना भाइरस भन्नु वा लेख्नु चार महिना अघि नै न्वारन भइसकेको थाहा नपाउनु हो। बरु कोरोनाभाइरस रोग मात्र भन्दा ठीक हुन्छ। अथवा छोटकरीमा कोभिड-१९ भन्नु आधिकारिक हो। नामाकरणै भइसकेकोले नोभल जोड्नु चाहिँ ठीक छैन।
तर अझै पनि सूचनाहरुमा नोभल नै लेखिने गरिएको छ। उदाहरणका लागि स्वास्थ्य मन्त्रालयले गर्ने भर्चुअल प्रेस ब्रिफिङ फेसबुकमा राख्दा यस्तै लेखिने गरेको छ
त्यसैगरी आज कान्तिपुरमा प्रकाशित दुई सूचना हेर्नुस्-
http://www.who.int
WHO webSite ma pani corona Virus (COVID-19) chha. Salokya ji Yo pali Jhukinu Vayo Jasto Chha, Aba hajoor le pani galti sachaune ho ki??
पहिला के लेखिएको छ राम्रोसँग पढ्नु होला। अनि नबुझे WHO को यो ठेगानामा जानु होला https://www.who.int/emergencies/diseases/novel-coronavirus-2019/technical-guidance/naming-the-coronavirus-disease-(covid-2019)-and-the-virus-that-causes-it