Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कोरोना रफ्तार : १०० पुग्‍न १०६ दिन, १००० पुग्न मात्र २० दिन

Posted on May 29, 2020 by Salokya

जेठ १५ गणतन्त्र दिवस, बजेट आउने दिन। यही दिन नेपालमा कोरोना संक्रमितको संख्या चार अङ्क छोयो। यही दिन आजसम्मकै सबैभन्दा बढी २४ घण्टामै १५६ जना संक्रमित पुष्टि भएको घोषणा भयो। अनि यही दिन कोरोना संक्रमित मृत्यु हुनेको संख्या ५ पुग्यो।

कोरोनाको रफ्तारको दृश्य तपाईँ माथिको चार्टमा पनि देख्‍न सक्नुहुन्छ। पहिलो केसबाट १०० पुग्‍न १०६ दिन लागेको थियो भने त्यसबाट १० गुणा बढेर १००० पुग्न २० दिनमात्र लाग्यो। 

यो बढ्नुको कारण परीक्षणको संख्या बढ्नु पनि हो। नेपालमा पहिलो केस पोजिटिभ हुँदा नेपालमा ल्याबै थिएन। हङकङको ल्याबमा पुष्टि गर्न पठाउनु परेको थियो। अहिले देशभर २० वटा ल्याबमा कोरोना परीक्षण हुन्छ।

कोरोना संक्रमितको संख्या १०० पुग्दासम्म पीसीआर विधिबाट परीक्षण दिनमा ४१५ वटा मात्र भइरहेको थियो भने विगत २४ घण्टामा मात्र २ हजार ६ सय वटा भयो। त्यसैले निश्चय पनि परीक्षणको संख्या बढेसँगै पोजिटिभ संख्या पनि बढ्ने नै भयो।

स्वास्थ्य मन्त्रालयको सिचुएसन रिपोर्ट अनुसार ८ मेमा कूल संक्रमितको संख्या १०० नाघेपछि कूल संक्रमितको संख्यामा १०० थपिन बढीमा ५ दिन र घटीमा ० दिन लाग्यो।

नेपालमा संक्रमितको संख्याले दिनदिनै कीर्तिमान राखिरहेको छ। तर यही ‘पिक’ हो कि अझै पिकमा पुग्न बाँकी छ, त्यो हामीलाई थाहा छैन। भारतमा पनि संक्रमितको संख्या दिनदिनै बढ्दै अहिले विश्वकै धेरै संक्रमितहरुको सूचीमा ९ नम्बरमा परिसकेको छ।

प्रदेशगत हिसाबमा हेर्दा प्रदेश २ मा सबभन्दा बढी ४१५ जना संक्रमित भएका छन् भने प्रदेश ५ मा ३६९ संक्रमित छन्।

प्रदेश १ मा १२९, बागमतीमा ४४, कर्णालीमा ४७ र सुदूरपश्चिममा २१ जना संक्रमित छन्। गण्डकीमा सबैभन्दा कम १७ जना संक्रमित भएका छन्।

जिल्लामात्र हेर्दा पनि ५१ जिल्लाका मानिस संक्रमित भइसके।  अब संक्रमण फेला नपरेका जिल्ला २६ मात्र छन्।

2 thoughts on “कोरोना रफ्तार : १०० पुग्‍न १०६ दिन, १००० पुग्न मात्र २० दिन”

  1. madan bajracharya says:
    May 29, 2020 at 10:36 am

    नेपालमा भारत बाट फर्केका-आयकाले नेपालको भुगोल सार्वभौम राजनीति र् संस्कारमा भारतको लौरो टेक्ने भारत आश्रित अपाङ्ग राष्ट्र बनाउने कोरोना फैलाउन्दै थियो अहिले आम नागरिकमा कोरोना रोग पनि फैलाउन्दै छ्; भारतमा बसेको कोरोना सन्क्रमित भयका र् सन्क्रमित नभयका नेपाली सबैलाई नेपालको सिमानामा ल्यायर गुन्द्रु कोचे झै कोचेर जा नेपाल भनेर थुपार्दै। अव हेर्नुस् कोरोना फैलेको मुलुकहरु बाट पनि कोरोना सन्क्रमित भयका नेपालीहरु नेपाल फर्केको छ् तर उनिहरु बाट अरु नेपालीलाई कोरोना रोग सन्क्रमित नभयको मात्रै होईन नेपाल फर्के पछी उनिहरु कोरोना बाट मुक्त भयो। तर भरतमा कोरोना सन्क्रमित भयको नेपालीले नेपालमा कोरोना फैलाउने स्पस्त देखिन थाल्यो। यस्ले दुई कुराहरु देखाउन्छ। यक; अरु देसमा फैलेको कोरोना भन्दा भरतमा फैलेको कोरोना फरक बा कडा छ्। दुई; हाम्रो आफुलाई विद्वान पुर्खाको सन्तान भन्ने ओलिको मुर्खतापूर्ण “लकदाउन भनेको लकदाउन जो जहाँ छन तेही रहन दिने निती”। उस्को विद्वान मुर्ख्याईको कारनले भारतले खेदेर लखेतेर नेपालको सिमामा कोरोना लागेका सित कोरोना नलागेकालाई महिनौ दिन सम्म यकै स्थानमा गुन्द्रो कोच्चे “जा नेपाल” भनेर। उनिहरुलाई ओलिले समयमै नेपाल फर्कन नदिने अपराध गरे। जस्को कारनले कोरोना नलागेको पनि कोरोना बाट सन्क्रमित भयो उनिहरु बाट अव नेपालमै कोरोना फैलिन सक्ने अवस्था आयो।

    सन १९५०को सन्धि अनुसार भारतको मोदिकारले त्यसरी नेपालीलाई खोज्दै लखेतेर खेदेर बतुलेर नेपालको सिमाना “जा नेपाल” भनेर थुपार्नै पाउन्दैन। त्यो सन्धि अनुसार कोरोना पीडित नेपालीलाई भारतले भारतको नागरिकले पाउने सबै सुबिधा र् अवशर दियर भारतमै राख्नु पर्थ्यो। अनी नेपालको ओलिकारले पनि भारतले सिमाना थुपरेका नेपालीलाई समयमै नेपाल फर्कन दियन। नेपाली माथि भारतको मोदिकार र् नेपालको ओलिकारले गरेको यो अपराधको कारनले अहिले कोरोना सन्क्रमित हुनै नपर्ने नेपाली कोरोना बाट सन्क्रमित हुनु पर्‍यो। अव के गर्नु पर्छ?

    Reply
  2. madan bajracharya says:
    May 29, 2020 at 6:01 am

    नेपालमा कुनितिको भाईइरस पनि भारत बातै कोरोनाको भाईइरस पनि भारत बातै। बिस्वले चाहे कुनै पनि मुलुक बाट कोरोना भाईरस फैलेको भनोस तर नेपालको संस्कार, भुगोल,नेतानिती र् आम नेपालीको स्वास्थ्यमा कोरोना भाईरस भारत बातै फैलेको हो र् यस्को प्रमुख कारण नेपाललाई लकदाउन गर्दै आउने भारतको नक्कल गरेर नेपालकैले गरेको लकदाउननै हो। यहाँ निर हामीले दुई कुरा सम्झनु पर्छ:

    ०१। सन १९५०को साँढेए अनुसार भारतले भारतमा रहेको नेपालीलाई भारतीयलाई भारतीय नागरिकले पाउने सबै अधिकार र् सुबिधा दिनु पर्थ्यो। तर भारतले भारतले कोरोनाले सन्क्रमित भयको नभयको सबै नेपालीलाई बस रेलमा कोच्दै लखेत्द्दै नेपाल भारतको सिमानामा गुन्द्रो कोचे जस्तै कोचेर राखे। तर नेपालको ओलिकोसरकारले तिनिहरुलाई तुरन्तै उद्धार गरेनन। यस्को कारनले धेरै भन्दा धेरै नेपालीलाई भारतीय कोरोनले सन्क्रमित गरे।
    ०२। सबैलाई याद भयकै कुरा हो चिनमा कोरोना फैलिन लागेको बेलामा चिनले चिनमा रहेको नेपालीको सम्पूर्ण जिम्मेवारि लिन्छु भन्दा भन्दै देउपा लगायतले तिनिहरुलाई तुरन्तै उद्धार गरेर नेपाल फर्काउन लगाय हावाईजहाजमा राखेर।तर भारतमा अलपत्र असहाय भयको नेपालीलाई भरतले लखेत्त्दै नेपालको सिमाना थुपार्दा पनि महिनौ सम्म सबै “लकदाउन भनेको लकदाउन जो जहाँ छन तेही रहोस” भन्दै सम्यमै उद्धार गरेनन जस्को कारनले कोरोना नलागेको नेपाली पनि कोरोना बाट सन्क्रमित भयो। होईन भन्न् सक्दैन ओलिकार देउपाकार चलाऊनेले; त् समयमा उद्धार नगरेकोले कोरोना लागेकोले कस्को कठालो समात्नु पर्छ?

    नेपालमा रहेको नेपालीलाई चीन बा अरु कुनै मुलुक बाट फर्केकाले कोरोनाले सन्क्रमित गरेनन। कुरा यती मात्रै होईन अरु देस बाट कोरोना लागेका समेटा नेपालमा फर्के पछी उनिहरु निको भय तर भारत बाट कोरोना बोकेर आयकाले नेपालमा कोरोना फैलाउन थाले। अरु मुलुकको कोरोना लागेको चाँही नेपाल फर्के पछी निको हुन्र तर भारतको कोरोना लागेकोले चाँही नेपालमा फैलेकोले हामी भारतीय कोरोना भाईरस बाट धेरै सतर्क हुनु पर्छ। भारतमा अरुलाई सताउने दवाउने दुखाउनेलाई “भाई” भन्छ। त्यस्तो भाईको (भाइको)रस नेपालीको निमित कहिले पो गतिलो हुन्छ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme