Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नापीको स्वीकृति बिना नेपालको नक्शा छापे वा बेचे कारबाही गर्ने चेतावनी

Posted on May 24, 2020May 24, 2020 by Salokya


गएको जेठ ५ गते सरकारले नेपालको अद्यावधिक नक्शा स्वीकृत गरेपछि अहिले यो नक्शाबारे चासो बढेको छ। शीर्ष नेताहरुलाई भूमि सुधार मन्त्रीले घर घरमा गएर नक्शा बाँडिरहेको फोटो सार्वजनिक भएको छ। नयाँ नक्शा आफ्नो घरमा राख्‍न मानिसहरु आतुर छन्। तर त्यसो भन्दैमा यही हो मौका भन्दै नयाँ नक्शा छाप्‍ने वा बेच्‍ने काम नगर्नुस् है, कारबाहीमा परिएला। नापी विभागले आफ्नो स्वीकृति बिना नक्शा छापे वा बिक्री वितरण गरे कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ।

नापी विभागले नक्शाको छपाई भइरहेको र छिट्टै सर्वसुलभ वितरणमा ल्याइने बताएको छ।

त्यसैगरी स्रोत नखुलेको, नक्शाको आधारभूत विषय प्रयोग नभएको र प्रशासनिक तथा राजनीतिक सीमा समेत नमिलेका नक्सा सामाजिक सञ्जाल एवं विभिन्न सञ्चार माध्यमहरुमा प्रयोग भई जनमानसमा भ्रम सिर्जना भएको देखिएकोले यस प्रकारका नक्शा सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरुमा प्रयोग नगर्न पनि विभागले अनुरोध गरेको छ।

नेपालको नक्शा नापी विभागको वेबसाइटबाट प्राप्त गर्न यहाँ क्लिक गर्नुस्। 

नेपालको नक्सा (राजनीतिक तथा प्रशासनिक)को Shapefile (GIS Data) प्राप्त गर्न यहाँ क्लिक गर्नुस्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme