Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कोरोना कहर : भारत टप ११ मा, एक हप्तामा इरानलाई उछिनेर टप १० मा पुग्ने प्रोजेक्सन

Posted on May 22, 2020 by Salokya

कोरोनाको विश्वव्यापी कहर बढ्दो छ। यसबाट संक्रमित हुनेको संख्या ५० लाख नाघिसकेको छ। मृत्यु हुनेको संख्या पनि ३ लाख नाघिसकेको छ। छिमेकी देश भारतमा पनि संक्रमित हुनेको संख्या तीव्र गतिले बढिरहेको छ। डब्लुएचओको कोभिड १९ ड्यासबोर्डमा बिहीबार राति अबेरसम्ममा भारत विश्वका सबैभन्दा धेरै संक्रमित हुने देशहरुको सूचीमा ११ औँ स्थानमा पुगिसकेको छ। भारतभन्दा माथि १० औँ स्थानमा इरान रहेको छ। 



नेपालमा कूल संक्रमितको संख्या ४५७ पुगिसकेको छ। सीमानाका बन्द भए पनि भारतबाट असुरक्षित रुपमा नेपाल प्रवेश गरेकाहरुबाट यता पनि संक्रमण फैलिने जोखिम थियो र छ। अब भारतमा रेलसेवा सुरु भएपछि नेपाल प्रवेश गर्नेहरुको संख्या पनि बढ्दो छ। नेपालले त्यसरी भारतबाट प्रवेश गरेका आफ्ना नागरिकलाई क्वारेन्टिनमा राख्ने र स्वास्थ्य जाँच्ने काम राम्रोसँग गरेको छैन। त्यसले संक्रमण अझ फैलन सक्ने जोखिम बढेको छ।

गृह मन्त्रालयले काठमाडौँ प्रवेश गर्ने सबै नाकाहरु कडाइका साथ बन्द गर्ने र काठमाडौँ प्रवेश गर्ने अनुमति पाउनका लागि आफ्नै खर्चमा आरडिटी परीक्षणको रिपोर्ट पनि चाहिने सूचना निकालेको छ। त्यसो त लकडाउन भनेको नै कोही कतै जान नपाउने व्यवस्था हो। तर व्यवहारमा त्यसो नभइरहेको भनेर त गृह मन्त्रालय आफैले निकालेको सूचनाबाट नै प्रष्ट भयो। अब यो अझ कडा गर्ने, साँच्चै कडा गर्ने, वास्तविक रुपमा कडा गर्ने चरणहरु कस्ता हुन्, हेर्न बाँकी छ।

भेरिस्क एयरको प्रोजेक्सन अनुसार अबको एक हप्तामा नै भारत टप १० मा पुग्नेछ भने तीन हप्तामा नै भारतमा संक्रमितको संख्या युके, फ्रान्स, स्पेन, इरानमा भन्दा बढी हुन सक्नेछ। छिमेकी देशको संक्रमित संख्याले हामीलाई नै पनि असर पार्ने निश्चित छ।

नेपालमा अहिलेको साढे चार सयको संख्या यही ट्रेन्ड कायम भएमा अबको एक-डेढ हप्ताको बीचमा एक हजारको संख्या छुन सक्ने देखिन्छ।

1 thought on “कोरोना कहर : भारत टप ११ मा, एक हप्तामा इरानलाई उछिनेर टप १० मा पुग्ने प्रोजेक्सन”

  1. Shankar says:
    May 22, 2020 at 8:01 am

    इन्डियन हरु आफुलाई हमेसा नम्बर वान सम्झनछन| गर्ब साथ् भन्छन ”सब से आगे हिन्दुस्थान ”|
    माग्ने को संख्या मा त् नम्बर वान छदै छ , अब कोरोना मा पनि नम्बर वान हुने हो बिस्तारै | इन्डियन हरुलाई बधाई |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme