Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कोरोना संक्रमित ४ सय नाघ्दा ३८ जिल्लामा फैलियो

Posted on May 20, 2020 by Salokya

कुरा कोरोनाको भए पनि सुरुमा नक्साको नै गरौँ। केहीलाई नयाँ नक्शा किन नराखेको भनेर कराउन मन लागिसक्यो होला। यसमा के बुझ्नुहोला भने अहिलेसम्म सरकारले नयाँ नक्शा सार्वजनिक गरेको छैन। अहिले सामाजिक सञ्जालमा जति नक्शा आएको छ, त्यो आधिकारिक होइन। भूमिसुधार मन्त्रीले नै आधिकारिक नभएको नक्शा प्रयोग नगर्न भनेकी छिन्। नेपालको नक्शा आधिकारिक रुपमा सरकारले सार्वजनिक गरेपछि बल्ल अरु निकायबाट पनि हुनेछ। माथिको नक्शा स्वास्थ्य मन्त्रालयको सिचुएसन रिपोर्टमा राखिएको हो। 

कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्ने क्रम जारी छ। हिजो ३ सयमा रहेको संख्या आज एक दिनमै ४ सय नाघेको छ। दक्षिण एसियाको ट्रेन्ड हेर्दा अब नेपालमा पनि एक हप्ता जतिमै १ हजारको संख्या पुग्न सक्छ। माथिको चार्टमा कुन देशमा कति दिनमा कति सयको संख्या पुग्यो देखाइएको छ। नेपालमा पहिलो केस भेटिएको १०६ दिनमा १०० संक्रमित पुगेको थियो भने त्यसको ५ दिनमा २०० पुगेको थियो। २०० पुगेको अर्को ५ दिनमा ३ सय पुग्यो भने त्यसको १ दिनमै ४ सय पुग्यो।

आज काठमाडौँ उपत्यकाका तीन सहरमध्ये काठमाडौँमा ३ जना भक्तपुरमा १ जना र ललितपुरमा एक जना संक्रमित भेटिए। ललितपुरमा पहिलो पटक संक्रमण भेटिएको हो। त्यसैगरी काभ्रे, रामेछाप, लमजुङ, सिन्धुली जिल्लामा पहिलो पटक कोरोना भेटिएको छ। हालसम्म कूल ३८ जिल्लामा संक्रमण भेटिएको छ। एउटा पनि संक्रमण नभेटिएका जिल्लाको संख्या ३९ छ। यसमा कतिपयले आफ्नो स्थायी ठेगानामात्र लेख्ने भएकोले हाल बसेको ठाउँ र संक्रमण भेटिएको जिल्ला फरक पनि पर्न सक्छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme