Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कोरोनाको रेकर्ड : एकै दिन ८० जना, कर्णाली प्रदेश पनि संक्रमित, थप चार जिल्लामा संक्रमण

Posted on May 19, 2020May 19, 2020 by Salokya


नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्याले आज अर्थात् जेठ ५ गते कीर्तिमान राखेको छ। आज एकै दिन ८० जना संक्रमित फेला परेको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको छ। त्यसैगरी हालसम्म एक जना पनि कोरोना संक्रमित नभेटिएको कर्णाली प्रदेशमा पनि एक जना संक्रमित भेटिएको छ। योसँगै कोरोना संक्रमण नेपालका सात वटै प्रदेशमा फैलिएको छ। त्यस्तै आज गुल्मी, सुनसरी, खोटांग र दैलेख गरी चार जिल्ला संक्रमित भएका नयाँ जिल्लाका रुपमा आएका छन्। कूल संक्रमितको संख्या ३७५ पुगेको छ। संक्रमित हुनेमा पुरुषको संख्या बढी छ-३१६। महिलाको संख्या भने ५९ मात्रै छ।

सबैभन्दा बढी संक्रमितको संख्यामा रेकर्ड प्रदेश नंं ५ ले राखेको छ। यहाँ १७१ जना संक्रमित छन्। आज मात्रै बाँकेमा ५९ जनामा संक्रमणको पुष्टि भएको थियो।

अब नेपालका ७७ जिल्लामध्ये ३४ वटा जिल्लामा संक्रमित भेटिएका छन्। तर यहाँ ध्यानमा राख्नुपर्ने कुरा के हो भने अधिकांशले आफ्नो ठेगाना लेख्दा बसोबास गरेको ठाउँभन्दा पनि स्थायी ठेगाना लेखाउँदा जिल्ला उतैको हुन जान्छ। उदाहरणका लागि आज धनुषामा संक्रमण भएको भेटिएका युवक काठमाडौंको बबरमहलस्थित दूरसञ्चार शाखामा शाखा प्रमुखको गाडी चालक रहेछन्। त्यसैगरी हिजो सर्लाहीकी बासिन्दा भनेर भेटिएको संक्रमित किशोरी काठमाडौँको कपनमा बस्ने रहिछिन्। त्यहाँ अहिले तीन वटा वडा सिल गरिएको छ।

स्वास्थ्य मन्त्रालयले आज बिहान सबेरै ९ वटा नयाँ संक्रमण पुष्टि भएको जानकारी दिएको थियो। त्यसमा रौतहटका ८ र बाराका १ जना थिए।

दिउँसोको नियमित प्रेस ब्रिफिङमा ५३ नयाँ संक्रमणको जानकारी दिइयो। त्यसमध्ये बाँकेमा ४७ जना, मोरङमा १ जना, गुल्मीमा १ जना, धनुषा १ जना, रौतहट १ जना, दाङका १ जना र धादिङका १ जना थिए।

राति स्वास्थ्य मन्त्रालयको प्रेस विज्ञप्तिमा १८ थप संक्रमण पुष्टि भएको जानकारी दिइयो। त्यसमध्ये बाँकेमा १२ जना, खोटाङ १, दैलेख १, सुनसरी १ र झापा १ जना छन्।

प्रदेश अनुसार प्रदेश १ मा ४५ जना, प्रदेश २ मा १३२ जना, वाग्मतीमा १८ जना (एक मृत्युसहित), गण्डकीमा ३ जना, प्रदेश ५ मा १७१ (१ मृत्युसहित), कर्णालीमा एक जना र सुदूरपश्चिम प्रदेशमा ५ जना रहेका छन्।

3 thoughts on “कोरोनाको रेकर्ड : एकै दिन ८० जना, कर्णाली प्रदेश पनि संक्रमित, थप चार जिल्लामा संक्रमण”

  1. sandip sharma says:
    May 19, 2020 at 7:03 pm

    Salokya, you should use news map of nepal.

    Reply
    1. Salokya says:
      May 19, 2020 at 9:09 pm

      सरकारले सार्वजनिक गरेको छैन नयाँ नक्शा, कहाँ पाएर हामीले गर्ने ? अहिले सामाजिक सञ्जालमा आएका एउटा पनि नक्सा नयाँ नक्सा हैनन्

      Reply
  2. Shankar says:
    May 19, 2020 at 12:38 pm

    अमेरिका , भारत लाइ यिनीहरुले कमाएका दुश्मन तत्त्व हरु र नेपाल लाइ चै अस्थिर बनाउन खोज्ने ( जस्तो कि हिजो जातीय युद्द गराउन खोज्ने , राजदरबार हत्याकाण्ड गराउने , नेपालि लाइ विस्तापित गराएर भारतीय ले नेपाल भर्ने ) तत्त्व का कारण कोरोना संक्रमण उग्र हुन् पनि सक्ला |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme