Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कालापानीमा नेपाली झण्डा फहराएको फेक भिडियो भाइरल

Posted on May 17, 2020May 17, 2020 by Salokya

भारतले लिपुलेक हुँदै बाटो बनाएपछि कालापानी विवाद सामाजिक सञ्जालमा छाएको छ। यसै क्रममा कालापानीमा भारतको झन्डा फालेर नेपालको झन्डा फहराएको दावी गरिएको एउटा भिडियो भाइरल भएको छ।

फेसबुकमा मंगोलियन हर्ट पेज नामको एउटा फेसबुक पेजले शुक्रबार राखेको एउटा भिडियो आइतबार दिउँसो यो रिपोर्ट तयार पार्दासम्म ३ लाख २६ हजार पटक हेरिसकिएको छ। ५ हजारभन्दा बढी सेयर गरिएको छ भने २ हजारभन्दा बढी कमेन्ट छन्। तर यो भिडियो फेक भएको हाम्रो फ्याक्टचेकमा देखिएको छ।

फेसबुक पेजमा ‘लाइभ’ गरिएको यो भिडियोका कीफ्रेमहरु रिभर्स इमेज सर्च गर्दा यो भिडियो कालापानीको नभई ६ महिना अघि इलामको सन्दकपुरको रहेको देखियो।

गत वर्षको नोभेम्बरमा अनेरास्ववियु इलामले  सन्दकपुरमा प्रदर्शन गर्दै भारतीय एसएसबीले राखेको फोटो खिच्न तथा निषेधित क्षेत्र लेखेको बोर्ड उखेलेर फ्याँकेका थिए। एसएसबीले सन्दकपुरको सबैभन्दा अग्लो भागमा जाने बाटोमा उक्त बोर्ड राखेको थियो।

अहिले कालापानीको दावी गर्दै राखिएको भिडियो नयाँ बुलन्द अनलाइन टिभी नामको युट्युब च्यानलले सन् २०१९ को नोभेम्बर १६ मा अपलोड गरेको देखिन्छ।

‘फेसबुक लाइभ’ खासमा ‘लाइभ’ हुनुपर्दैन

अधिकांशलाई फेसबुक लाइभ गर्न साँच्चिकै त्यही बेला खिचेको ‘लाइभ’ भिडियो हुनुपर्छ भन्ने लाग्छ। तर विभिन्न सफ्टवेयरहरुको प्रयोग गरी कम्प्युटरमा पहिले नै खिचेर राखेका भिडियोहरुबाट पनि फेसबुक लाइभ गर्न सकिन्छ। फेक भिडियो राखेर झुक्याउन खोज्नेहरुले यसरी नै पुराना भिडियो फेसबुकमा ‘लाइभ’ गर्ने गर्छन्। यसो गर्दा पुरानो भिडियोलाई ताजा भनेर हेर्नेहरु झुक्किन सक्छन्।

यस्ता फेक भिडियो देखिएमा के गर्न सकिन्छ?

जसरी कोरोना भाइरस सर्नबाट जोगिन सोसल डिस्टेन्स प्रयोग गर्नुपर्छ, त्यसरी नै यस्ता फेक जानकारीहरु फैलनबाट जोगिन यस्ता पोस्टहरुसित दूरी कायम गर्नुपर्छ। यस्ता भिडियोमा लाइक, रियाक्ट र सेयर गर्नाले तपाईँ त्यसलाई फैलाउन मद्दत गरिरहनुभएको हुन्छ। यस्ता फेक फोटो, भिडियो वा न्युजहरुमा ‘यो झुटो हो’ भनेर पनि कमेन्ट गर्न हुन्न। किनभने यस्ता कमेन्टले उल्टै त्यो पोस्टको रिच बढाउन मद्दत हुन्छ। तपाईँको कमेन्ट हराएर अरु कमेन्टहरुले त्यसलाई छेक्न सक्छन्। त्यसैले सकिन्छ भने यस्ता पोस्टहरुमा फल्स न्युज भनेर रिपोर्ट गर्नुपर्छ।

सबैभन्दा पहिला यस्ता पोस्टको दायाँ छेउमा भएको तीन वटा थोप्लामा क्लिक गर्ने।

त्यसपछि See more options मा क्लिक गर्ने। त्यसको मुनि रहेको Find support or report video देखिन्छ। त्यसमा क्लिक गर्ने। अब यस्तो पेज खुल्छ-

अब त्यसमा False news मा क्लिक गर्ने र मुनि रहेको Next मा क्लिक गरेपछि यस्तो पेज खुल्छ-

आइन्दा यो पेजबाट आउने फेक न्युजहरुबाट बच्नका लागि Block … Page लेखिएकोमा क्लिक गर्ने।

(सेन्टर फर मिडिया रिसर्च र माइसंसारको संयुक्त प्रयासमा सोसल मिडियामा भाइरल भएका र मिडियामा आएका समाचारहरुको तथ्य जाँच हामी गरिरहेका छौँ। तपाईँलाई शंका लागेका लिङ्क, फोटो वा भिडियो [email protected] वा [email protected] अथवा माइसंसारको फेसबुक पेजमार्फत् पठाउन सक्नुहुन्छ। हाम्रो भाइबर ग्रुपमा जोडिएर पनि तपाईँ यस्ता लिङ्क पठाउन सक्नुहुन्छ। भाइबर ग्रुपमा जोडिन यहाँ क्लिक गर्नुस्। तथ्य जाँच सामाग्री माइसंसार र नेपालफ्याक्टचेकमा प्रकाशन हुन्छ।)

1 thought on “कालापानीमा नेपाली झण्डा फहराएको फेक भिडियो भाइरल”

  1. नयाँ बुलन्द अनलाइन टिभी says:
    May 17, 2020 at 5:28 pm

    धन्यवाद । हाम्रो पनि प्रचार गरिदिनुभएकोमा ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme