Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपालमा कोरोनाबाट पहिलो मृत्यु : हाम्रो त इम्युनिटी खतरा, हामीलाई केही हुँदैन दावी गर्नेहरुले अब के भन्ने हुन्?

Posted on May 16, 2020 by Salokya

दावीहरु अचम्म-अचम्मका थिए। कोही भन्थे हामी नेपालीको त इम्युनिटी पावर नै खतरा हुन्छ। कोही भन्थे हाम्रो त भान्सामै जडिबुटी के के हुन्छ। कोही थप्थे, हाम्रोमा बीसीजी खोप दिएको भएर। कोही के भन्थे कोही के- सबको जोड थियो- नेपालीलाई कोरोनाले केही गर्दैन। कोरोनालाई नेपालीले पचाउँछ।

अलि अघि यस्तै खालको अर्को दावी हुन्थे- नेपालमा कोरोना आउँदै आउँदैन। खै कताकताको अक्षांश, देशान्तरको कुरा ल्याएर नेपाल लगायतका देशमा कोरोना आउँदैन भनेर तर्क गरिए। तर उनीहरुको दावीले फेल खायो। नेपालमा कोरोना आएन मात्र, लकडाउन हुँदाहुँदै फैलियो पनि। त्यस्ता दावी गर्नेहरुले हिजोसम्म गरेको दावी थियो- नेपालमा कोरोनाले कोही मर्दैन। तर त्यो दावी पनि आजदेखि खेर गयो। सिन्धुपाल्चोककी महिलाको धुलिखेल अस्पतालमा कोरोनाकै कारण मृत्यु भएको पुष्टि भइसक्यो।

हिजो मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा नेपाल सरकारले अवलम्बन गरेको स्पष्ट रणनीति, समन्वयात्मक कार्यशैली र सबै नेपालीको एकता, धैर्य र सहयोगले नेपालभित्र सबैको जीवन रक्षा गर्न हामी सफल भएका छौँ भनेका थिए।

तर त्यसको भोलिपल्टै नेपालमा कोरोनाका कारण मृत्यु भएको खबर आयो।

अचम्म अचम्मका भाइरल दावी गरेका थिए डाक्टरहरुले नै। तर उनीहरुले नेपालीको इम्युनिटी त्यस्तै खतरा हुने हो भने नेपाल बाहिर नेपालीहरुको किन मृत्यु भइरहेको छ भन्ने विषयमा भने केही भन्न सकेका थिएनन्। परीक्षण नै नगरी नेपालमा कमजोर खालको भाइरस आएको भने, लसुन खानुस्- अदुवा खानुस्- बेसार खानुस् केही हुन्न भने। कोहीले गर्मी भएपछि हराउँछ यो भाइरस भने।

कोही कोही चाहिँ म्याथ गर्नपट्टी लागे। फलानो ठाउँमा यति पोजिटिभ हुँदा यति मरे। यहाँ किन मरेनन्? यही आधारमा नेपालमा अर्कै खालको भाइरस आएको भनियो।

तर त्यस्ता भाइरल विज्ञहरु अब पनि चुप लाग्दैनन्। बिना आधार, बिना वैज्ञानिक अध्ययन उनीहरु अझै पनि अनेक दावी गर्न लागि नै रहनेछन्।

सरकारले चाहिँ अहिलेसम्म लकडाउन कडा गर्ने बाहेक अरु केही गरेको अनुभव भएको छैन।  यो महामारीलाई कसरी सामना गर्ने भन्नेमा अब चाहिँ स्पष्ट रणनीति बनाउन जरुरी भइसक्यो। संक्रमण हुनु, मृत्यु हुनु- यो विश्वका अनेक देशमा भइरहेकै कुरा हो। नेपालमा पनि हुन थालेको हो। यो सँगसँगै कसरी जनजीवन सामान्य बनाउँदै लाग्ने, कसरी यसको कूप्रभावलाई कम गर्दै जाने- रणनीति बनाउने बेला हो यो।

 

3 thoughts on “नेपालमा कोरोनाबाट पहिलो मृत्यु : हाम्रो त इम्युनिटी खतरा, हामीलाई केही हुँदैन दावी गर्नेहरुले अब के भन्ने हुन्?”

  1. madan bajracharya says:
    May 17, 2020 at 7:05 am

    उमेशज्यु लगायत अन्य् साथीहरु
    हाम्रो नेपालको थारु समुदायकाको इमुन सिस्तमले मलेरिया रोग प्रतिरोध गर्न सक्छ र् मलेरिया निको बनाउने मेदिसिनले कोरोना लागेकाको उपचार गर्न सकिने भन्ने कुरा सुन्दै आयकै हो। यस्ले मलेरिया पक्षउन सक्नेलाई कोरोना हतपती नलाग्ने सन्केत गर्छ जस्तो लाग्छ। नेपालमा अरु धेरै जात समुदायकालाई कोरोना लागेको छ् तर के थारु समुदायकालाई कोरोना लागेको छ् बा छैन बुझ्नु पर्ने देखिन्छ।यदी थारु समुदायकालाई कोरोना लागेकै छैन बा लागेको भय पनि कमैलाई लागेको छ् भने यस्ले नेपालमा कोरोनाले कमैलाई सन्क्रमित गरेकोमा नेपालीको इमुन सिस्तम धनी देसकाको भन्दा बलियो भयकोले हुन सक्ने देखाउन्छ

    Reply
    1. PC says:
      May 17, 2020 at 3:33 pm

      No, the Protection from Malaria is not because of immune system. It’s because of a genetic mutation that gives sickle cell anemia. As for covid-19, BCG appears to show correlation but it is still being researched and there is no evidence that it protects from sars-cov-2. Nepalis who have had BCG have died in other countries so that tells you something. Just know that this virus is novel (i.e. new; we were never exposed before) and humans have no immunity to it. The only way to get immunity is by being infected by it or an effective vaccine. Until a vaccine is available, the best option is to practice social distancing and protect the elderly and people with chronic diseases.

      Reply
  2. madan bajracharya says:
    May 17, 2020 at 6:44 am

    नेपालीको इमुन सिस्तमलाई सक्रिय् बनाउन सकेमा हाम्रो शरीरले प्रकृतिमा आयको परिवर्तन लगायत कयौ रोगहरुको प्रतिरोध गर्न सक्छ। आम नेपालीहरु सुकै शासक र् शासन ब्यबस्था मात्रै होईन जस्तो सुकै अवस्था पनि झेल्दै सहन्दै आयको छ्। कमसे काम १ करोद नेपालीले रोजेर खान पाउन्दैन,खोजेर पायको नखाय भोकै बस्नु पर्छ,जाडो नै शिरक बनाएर सुत्नु पर्छ, बर्षामा रुझानलाई छाता बनाएर बस्नै पर्छ। फेरी नेपालीहरुको बसाई पनि धनी देसकाको भन्दा फरक छ्।नेपालीको घरको दिजाईन पनि नाकले छोडेको दुशित हावा बाहिर जाने र् ताजा श्वासअको निमित ताजा हावा बाहिर बाट आउने हुन्छ। हामी सबै प्रकारको मौसम झेल्न सक्छौँ। यो सबैले हाम्रो इमुन सिस्तमलाई धनी देसका प्रकृतिमा आयको परिवर्तन बाट टाढा र् आफुले र् संगै बस्नेले नाक बाट बान्ता गरेकै हावा श्वास लियर बस्नु पर्ने कथित बाटनुकुलित घरमा बस्नेको भन्दा बलियो बनायकैले हो आज हामी ३ करोद पुगेको र् कोरोनाले पनि कमै मात्र् असर गरेको। बिगतका र् अहिलेको यो कोरोना महामारिले पनि गरिवको रोग प्रतिरोधक शक्ति धनीकाको भन्दा बलियो हुने नै देखायको छ्। उदाहरण चाइना र् अमेरिकाकै लिउ।

    उहिले राणा सरकार हरु देसमा महामारी फैलेको हो बा होईन बुझ्न् घर शहर सफाईको पेसा गर्ने पायको दियको खाने पोदे समुदायमा रोग लागेको छ् छैन बुझ्थे। उनिहरुलाई रोग नलागेको देखियमा महामारी फैलेको नमान्ने गर्नुले पनि बसाई र् जिबन यापन गर्ने ताउर तरिका अनुसार इमुन सिस्तम बन्छ भन्ने देखाउन्छ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme