Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अन्ततः नेपालमा पनि कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि

Posted on May 16, 2020May 16, 2020 by Salokya

अन्ततः नेपालमा पनि कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। सिन्धुपाल्चोक घर भएकी २९ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको हो। कोरोना संक्रमितको संख्या २८१ पुग्दा नेपालमा पहिलो मृत्यु रेकर्ड भएको हो। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा वैशाख २३ गते भर्ना भएको, २४ गते डेलिभरी भएको र २५ गते डिस्चार्ज भएपछि उनी सिन्धुपाल्चोक घर गएकी थिइन्। उनलाई कोरोना कहाँ लाग्यो, त्यो थाहा हुन सकेको छैन। घर गइसकेकी उनलाई ज्वरो र श्वासप्रश्वासमा गाह्रो भएपछि स्थानीय अस्पतालमा उपचारका लागि गएकी रहिछिन्। तर त्यहाँबाट धुलिखेल अस्पताल रिफर गरियो। स्वास्थ्य मन्त्रालयको विज्ञप्ति अनुसार अस्पताल आउँदै गर्दा नै उनको मृत्यु भएको हो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme