Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

टिचिङ अस्पतालका स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको खबर गलत

Posted on May 16, 2020May 16, 2020 by Salokya


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार साँझ कोरोना संक्रमितको विवरण सार्वजनिक गर्ने क्रममा एक जनाको ठेगाना थियो- दाङ, तुलसीपुर-७ का ३४ वर्षीय पुरुष। मन्त्रालयले यति मात्र जानकारी सार्वजनिक गरेको भए पनि मिडियाले भने अर्को ‘खुलासा’ गर्न हतार गरे- ती व्यक्ति काठमाडौँको टिचिङ अस्पतालका हुन्। कसैले कर्मचारी लेखे, कसैले स्वास्थ्यकर्मी लेखे।

के यो सही हो त? हामीले फ्याक्टचेक गरेका छौँ।


नेपाललाइभले शुक्रबार राति १० बजेर १८ मिनेटमा अपडेट गरेको ‘दाङ तुलसीपुरका भनिएका कोरोना संक्रमित टिचिङ अस्पतालका कर्मचारी’ शीर्षकको समाचारमा ‘उनको स्थायी ठेगाना तुलसीपुर ७ भएपनि उनको कार्यस्थल उक्त अस्पताल र बसोबास काठमाडौं नै रहेको पाइएको’ दावी मात्रै छैन, ‘शिक्षण अस्पतालमा कार्यरत उनलाई बिरामीको उपचार गर्ने क्रममा कोरोना संक्रमण भएको अनुमान’ पनि छ। अर्काइभ लिङ्क।


त्यसैगरी अनलाइनखबरले शनिबार बिहान ६ बजेर २८ मिनेटमा बुटवल डेटलाइनमा अपडेट गरेको ‘दाङ तुलसीपुरका कोरोना संक्रमित टिचिङ अस्पतालका स्वास्थ्यकर्मी’ शीर्षकको समाचारमा ‘दाङमा पहिलोपटक फेला परेका तीनजना कोरोना संक्रमितमध्ये एकजना काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा कार्यरत स्वास्थ्यकर्मी रहेको खुलेको’ दावी गरिएको छ। अर्काइभ लिङ्क

त्यसैगरी समाचारमा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरपालिका–७ घर भएका ३४ वर्षीय संक्रमित पुरुष काठमाडौंमै रहेको जानकारी दिएको पनि उल्लेख छ। साथमा ‘उनलाई बिरामीको उपचार गर्ने क्रममा संक्रमण भएको अनुमान’ पनि छ।

टिचिङ अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै यो समाचार गलत भएको बताएको छ। ‘सत्यतथ्य नबुझी छिटो खबर प्रकाशिन गर्ने होडले पत्रकारिताको विश्वसनीयतामाथि प्रश्न उठ्न जाने र समाजमा अनावश्यक रुपमा उद्वेलन र त्रासको वातावरण बन्ने हुनाले संयम अपनाउन’ पनि विज्ञप्तिमा उल्लेख छ।

तसर्थ नेपाललाइभ, अनलाइनखबर लगायतका अनलाइनहरुमा आएको समाचार मिथ्या ठहरिन्छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme