Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

स्वास्थ्य मन्त्रालयको गल्तीले कोरोना संक्रमितको संख्या २५० पुगेर फेरि २४५ मा घट्यो

Posted on May 14, 2020 by Salokya


कोरोनाको कहरका बीच मिडियाले सूचना सम्प्रेषणमा हतार गरेर गल्ती गरिरहेकोमा आलोचना भइरहँदा बिहीबार बिहान भने फरक घटना भयो। यस पटक स्वास्थ्य मन्त्रालयले नै मिडियालाई चिप्ल्याइदियो। बिहीबार बिहान ढिला उठ्नेहरुले कूल संक्रमितको संख्या २४५ भएको मिडियामा देखे।

तर अलि बिहानै उठ्नेहरुले भने २५० पुगेर फेरि २४५ मा घटेको देख्न पाए। कुरो के भयो भने बिहान सवा ६ बजे स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै भन्यो- काठमाडौँको चन्द्रागिरी नगरपालिकाका ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षकी बालिकामा संक्रमण पुष्टि भयो। कूल संक्रमित संख्या २४५ पुग्यो।

त्यसो त यो विज्ञप्तिमा पनि अद्यावधिक लेखिनु पर्नेमा अध्यावधिक लेखिएको र त्यो भन्दा पनि ६ वर्षको लाई बालिका लेख्नुपर्नेमा महिला लेखिएको जस्ता गल्ती थिए। यो त सामान्य गल्ती भयो। बिहान ७ बजेर ४५ मिनेटमा अर्को विज्ञप्ति जारी भयो, जसमा कूल संक्रमित संख्या २५० पुर्‍याइएको थियो।

स्वास्थ्य मन्त्रालयको आधिकारिक विज्ञप्तिलाई नपत्याउने कसरी ? सबै मिडियामा कूल संक्रमित २५० पुगेको समाचार आए। यो विज्ञप्तिमा लेखिएको धान्कौल नगरपालिका नभई गाउँपालिका थियो।

खासमा हिजो रातिकै जिल्ला नखुलाएर निकालिएको विज्ञप्तिकै तथ्याङ्क थियो यो। मन्त्रालयले पुष्टि नगरेर हतारमा विज्ञप्ति जारी गर्दा पुरानो केसलाई पनि नयाँ भन्ठानेर कूल संक्रमितको संख्यामा जोडिएछ।

बिहान १० बजेर १५ मिनेटमा अर्थात् साढे दुई घण्टापछि बल्ल मन्त्रालयले सच्याएर विज्ञप्ति जारी गर्दै भन्यो- कूल संक्रमित संख्या २४५ मात्रै हो।

यसरी स्वास्थ्य मन्त्रालयको गल्तीले सारा मिडियाले २५० पुर्‍याइसकेको कूल संक्रमित संख्या फेरि घटाएर २४५ पुर्‍याउनु पर्‍यो। मन्त्रालयले यस पटक मिडियालाई नराम्रोसित चिप्ल्याइदियो। यस पटक मन्त्रालयको गल्तीलाई मन्त्रालयले भन्दा मिडियाले पहिला सच्याइदिएको उदाहरण पनि देखियो। नेपालखबरले बिहान ९ बजेर २९ मिनेटमै मन्त्रालयको विज्ञप्ति गलत रहेको समाचार दिएको थियो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme