Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एकै दिन ८३ संक्रमित भेटिए, कूल २ सय नाघे, भक्तपुर र काठमाडौँमा पनि कोरोनाको ‘रि-इन्ट्री’

Posted on May 12, 2020 by Salokya

कोरोना संक्रमणको संख्याले आज नेपालमा रेकर्ड ब्रेक गरेको छ। आज एकै दिन ८३ जना संक्रमित भेटिएका छन्। दक्षिण एसियाको ट्रेन्ड अनुसार नै १ सय पुगेको पाँच दिनमै नेपालमा पनि संक्रमितको संख्या दोब्बर नाघेको हो। आज राति अबेरसम्म कूल संख्या २१७ पुगेको छ। लकडाउन खुकुलो भएर सडकमा धेरै गाडी कुदेसँगै काठमाडौँ र भक्तपुरमा पनि कोरोनाको रि-इन्ट्री भएको छ। काठमाडौँमा एक ३३ वर्षीया महिला र भक्तपुरमा २५ वर्षीय महिला र २७ वर्षीय पुरुष गरी दुई जनामा कोरोना संक्रमण भेटिएको हो।

त्यसैगरी आजै चार थप जिल्ला भक्तपुर, बारा, धनुषा र महोत्तरीमा पनि कोरोना संक्रमण भेटिएको छ।

काठमाडौँ र भक्तपुरमा कोरोना संक्रमण भेटिएकाहरुको कन्ट्याक्ट ट्रेसिङ हुन बाँकी नै छ। उनीहरुको पनि स्वाब संकलन गरी परीक्षण भएपछि यो संख्या थप बढ्न सक्नेछ।

राति सवा १० बजेको स्वास्थ्य मन्त्रालयको प्रेस विज्ञप्तिमा भेटिएका नयाँ २६ जना मध्ये १८ जना पर्साका हुन्। दिउँसोको विज्ञप्ति अनुसार ३९ जना पर्साका थिए। अर्थात् आज मात्रै ५७ जना संक्रमित पर्सामा भेटिएका छन्। पर्सामा कम्तिमा दुई जना पत्रकारलाई पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ। त्यसैगरी कपिलवस्तुमा एक महिला स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण भेटिएको छ। नेपालमा स्वास्थ्यकर्मी र सञ्चारकर्मीमा कोरोना पहिलो पटक पुष्टि भएको हो।

1 thought on “एकै दिन ८३ संक्रमित भेटिए, कूल २ सय नाघे, भक्तपुर र काठमाडौँमा पनि कोरोनाको ‘रि-इन्ट्री’”

  1. krishna says:
    May 13, 2020 at 12:30 am

    Corona is formally starting to spread in Nepal. Be careful!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme