Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कोरोनाको द्रुत गति : १०० पुगेको कति दिनमा दोब्बर? दक्षिण एसियाको ट्रेन्ड यस्तो छ

Posted on May 12, 2020May 12, 2020 by Salokya


लगातारको लकडाउनका बीच पनि नेपालमा कोरोना संक्रमितको संख्या द्रुत गतिले अघि बढिरहेको छ। लकडाउन सुरु हुँदा जम्मा दुई जना संक्रमित भेटिएकोमा अहिले यो ब्लग लेख्दासम्मको संख्या १३४ भइसकेको छ। गएको बिहीबार मात्रै कोरोना संक्रमितको संख्याले १०० पार गरेको थियो। (माथिको स्वास्थ्य मन्त्रालयको सिचुएसन रिपोर्टमा राति भेटिएका १३ संक्रमितको संख्या उल्लेख छैन)

संक्रमितको संख्या १०० पुगेको कति समयपछि त्यसको दोब्बर अर्थात् २०० पुग्छ त? दक्षिण एसियाको ट्रेन्ड हेर्दा यस्तो देखिन्छ।

Search Countries मा देशको नाम राखेर हेर्न सक्नुहुन्छ

भारत

भारतमा पहिलो संक्रमण भेटिएको ४५ दिनपछि संख्या १०० पुगेको थियो। तर त्यसको सात दिनमै संक्रमितको संख्या ३०० नाघेको थियो। अहिले भारत विश्वमा सबैभन्दा धेरै संक्रमित भेटिएको देशको सूचीको टप टेनमा पुग्न लागेको छ।

पाकिस्तान

पाकिस्तानमा पहिलो संक्रमण भेटिएको २० औँ दिनमा संख्या १०० पुगेको थियो। त्यसको दुई दिनमा संक्रमितको संख्या ३०० नाघेको थियो।

बंगलादेश

बंगलादेशमा पहिलो संक्रमण भेटिएको २९ औँ दिनमा संख्या १०० पुगेको थियो। त्यसको दुई दिनमा नै संक्रमित संख्या दोब्बरभन्दा बढी भएको थियो।

अफगानिस्तान

अफगानिस्तानमा पहिलो संक्रमण भेटिएको ३३ औँ दिनमा संख्या १०० पुगेको थियो। त्यसको पाँच दिनमा नै संक्रमित संख्या दोब्बर भएको थियो।

श्रीलंका

श्रीलंकामा पहिलो संक्रमण भेटिएको ५८ औँ दिनमा संख्या १०० पुगेको थियो। त्यसको १९ दिनमा संक्रमित संख्या दोब्बर भएको थियो।

माल्दिभ्स

माल्दिभ्समा पहिलो संक्रमण भेटिएको ४८ औँ दिनमा संख्या १०० पुगेको थियो। त्यसको तीन दिनमा नै संख्या दोब्बर भएको थियो।

भुटानमा भने अहिलेसम्म ९ जना संक्रमित मात्रै भेटिएका छन्।

यसरी हेर्दा दक्षिण एसियामा सबैभन्दा छिटो (२० दिनमा) १०० पुगेको र सबैभन्दा छिटो (दुई दिनमा) तेब्बर भएको देश पाकिस्तान हो। दक्षिण एसियाको ट्रेन्ड हेर्दा छिटोमा २० दिन र बढीमा ५८ दिनमा संक्रमितको संख्या शतक पुगेको देखिन्छ भने दोब्बर हुनका लागि छिटोमा दुई दिन र बढीमा १९ दिन लागेको देखिन्छ।

नेपालको के छ अवस्था ?

नेपालमा पहिलो संक्रमण पुष्टि भएको जनवरी २३ मा हो। त्यसको १०६ दिनपछि नेपालमा संख्या १०० पुगेको हो। यसरी दक्षिण एसियामा भुटानलाई छाड्ने हो भने सबैभन्दा ढिलो १०० को संख्या पुग्ने देश नेपाल देखिन्छ। तर चार दिनमा नै यो संख्या १३४ पुगिसकेको छ। पीसीआर प्रविधिबाट परीक्षणको संख्या दिनमा १ हजार पनि नपुगेको र यो ब्लग तयार पार्ने दिनसम्म कूल १७ हजार ८०९ वटा मात्रै परीक्षण भएको देखिन्छ। तर पनि द्रुत गतिमा संक्रमितको संख्या उकालो लाग्दैछ।

दक्षिण एसियाको स्थिति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme