Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएको दिन आज

Posted on May 11, 2020May 11, 2020 by Salokya


नेपालमा २४ घण्टामा सबैभन्दा बढी कोभिड १९ पोजिटिभ आज (मे ११, वैशाख २९) भेटिएको छ। स्वास्थ्य मन्त्रालयले आज दिनभरमा तीन चोटी दिएको अपडेट अनुसार २४ जना संक्रमित भेटिएका छन्। त्यसैगरी आजदेखि कोरोनाको संक्रमण थप दुई वटा जिल्लामा पनि भेटिएको छ- सप्तरी र बर्दियामा। योसँगै कोरोना संक्रमण देखिएका जिल्लाहरुको संख्या १७ पुगिसकेको छ। यसअघि सबैभन्दा बढी कोरोना संक्रमित भेटिएको रेकर्ड मे ६ मा थियो। त्यो दिन १७ जना संक्रमित भेटिएका थिए। आज कहाँ कहाँ भेटिए त संक्रमित?

बिहान सबेरै साढे ८ बजे स्वास्थ्य मन्त्रालयले विज्ञप्ति प्रकाशित गरी १० जना संक्रमित भेटिएको बताएको थियो। ती थिए

कपिलवस्तु जिल्ला
यशोधरा नगरपालिका-५, बुद्धभूमि नगरपालिका-७ र १०

१८ वर्षीय पुरुष

१९ वर्षीय पुरुष

२० वर्षीय पुरुष

२० वर्षीय पुरुष

२४ वर्षीय पुरुष

३० वर्षीय पुरुष

३१ वर्षीय पुरुष

३४ वर्षीय पुरुष

३४ वर्षीय पुरुष

उमेर नखुलेको पुरुष

त्यसैगरी दिउँसो १:३२ मा अर्को विज्ञप्ति जारी भयो जसमा सप्तरी जिल्लामा एक संक्रमित भेटिएको उल्लेख थियो।

सप्तरी जिल्ला
डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३

– १८ वर्षीय पुरुष

त्यसैगरी राति ७ बजेर २० मिनेटमा जारी भएको अर्को विज्ञप्तिमा १३ जना थप संक्रमित भेटिएको उल्लेख छ। ती हुन्-

कपिलवस्तु जिल्ला
यशोधरा गाउँपालिका-८ र बुद्धभूमि नगरपालिका-७

-१५ वर्षीय पुरुष

-१९ वर्षीय पुरुष

-२३ वर्षीय पुरुष

-३० वर्षीय पुरुष

-३२ वर्षीय पुरुष

-३८ वर्षीय पुरुष

रुपन्देही जिल्ला
समरीमाई गाउँपालिका-७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका-६

-२४ वर्षीय पुरुष

-२६ वर्षीय पुरुष

-२७ वर्षीय पुरुष

-३० वर्षीय पुरुष

-३२ वर्षीय पुरुष

-४० वर्षीय पुरुष

बर्दिया जिल्ला
राजापुर-५

-११ वर्षीया महिला

1 thought on “नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएको दिन आज”

  1. madan bajracharya says:
    May 12, 2020 at 12:57 pm

    नेपालमा कोरोना झन झन फैलियको र् निकत भविस्यमा यो अझै फैलिन सक्ने देखियकोमा कोरोना सर्ने रोग भयकोले भन्दा भरतको कुनियत र् हाम्राको आफ्नो कमजोरी लुकाउन लकदाउन भनेको लकदाउन भनेर कोरोना फैलिन्दै गयको भारत बाट नेपाल फर्कन चाहने नेपालीको आफ्नो देस फर्कन पाउने संबैधानिक र् जन्म्सिद्ध अधिकार खोसेर दस गजा सम्म घिस्रेर र् भारतले घिचारेर थुपारेको नेपालीलाई समयमै नेपाल आउन नदियकोले हो। नेपाली प्रति राछ्यसि व्यबहार गर्ने भरतले दस गजामा कोरोना लागेका नलागेका नेपालीलाई “जा नेपाल” भनेर जसरी कोचेर राखेको छ् तेसले गर्दा कोरोना नलागेका नेपाली पनि कोरोनाको सिकार हुने भयो। तेसमाथि काम मुर्खले पनि नगरने तर आफुलाई विद्वान पुर्खाको सन्तान भन्नेले “लकदाउन भनेको लकदाउन जो जहाँ छन तेही बस्ने” भनेर नेपालीलाई नेपाल पस्न नदियकोले दसगजा पारी रहेका सबै नेपाली कोरोना लागेर मर्ने अवस्थामा पुगी सके पछी मात्रै नेपाल आउन दिने देखियो। यदी दसगजामा नेपाल आउन नदियको धेरै नेपाली तेही कोरोना लागेर मरेमा तेस्लाई जिम्मेवार त् बनाउनै पर्छ।

    भारत बाट नेपालीहरु आफ्नै खर्चमा फर्किरहेको छ् उनिहरुलाई नेपाल फर्कन नदिने ले हेरी हालु सुनी हालुन अरवको मुलुकहरुले ३०सौ लाख तिम्रा नेपालीहरुलाई फर्का भनेमा लकदाउन भनेको लकदाउन जो जहाँ छन तेही (कोरोना लागेर बा भोकले नमरुन्जेल!!??) बस्ने भन्नेले कसरी नफर्काउला र् फराकाउन वाध्यनै भयमा कसरी फर्काउला र् कसरी तिनिहरुलाई क्वेरन्ताईनमा राख्ने ब्यबस्था गर्ला।

    ५० सौ लाख नेपालीहरु अहिले कोरोना फैलेको मुलुका रोजगार गुमेकोले नेपाल फर्कनु पर्ने अवस्थामा छ्। समयमै उनिहरुलाई नेपाल फरकन दियको भय उनिहरु आफ्नै खर्चले नेपाल आउने थियो। अव हेर्नुस् त्यहा उनिहरुको रोजगारी गुमी सक्यो नेपाल आउन पुग्ने रकम भोको पेत पाल्दैमा सिध्याईसके। अव उनिहरु आफ्नै खर्चले नेपाल आउन पनि सक्दैन र् जती धेरै त्याहा बस्यो तेतिनै बढी कोरोनाको सिकार हुन्छ। त्याहाको सरकारहरुले तिनिहरुलाई नेपाल सम्म ल्याउन्दैन ल्याउन बाध्य् हुने तेही लकदाउन भनेको लकदाउन जो जहाँ छन तेही बस्ने भन्ने नै हुन।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme