Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दक्षिणी छिमेकीले सीमामा ठोक्ने, उत्तरी छिमेकी सिंहदरबारमै प्रहरीसित भिड्ने

Posted on May 9, 2020 by Salokya


आज आएका दुई वटा समाचार राष्ट्रवादीहरुलाई आहत बनाउने खालको थियो। उत्तरी र दक्षिणी दुवै ठूला छिमेकीले दुई ढुंगाको तरुललाई किचेछन्। दक्षिणी छिमेकीले नेपालको भूभाग लिपुलेकसम्म बाटो बनाएर यही लकडाउनका बेला भिडियो कन्फ्रेन्सिङ गरेर उद्घाटन गरेछ। नेपाल हेरेको हेर्‍यै। उता, उत्तरी छिमेकीका केही नागरिकहरुले भने देशको प्रशासनिक केन्द्र सिंहदरबार अगाडि लकडाउनका बेला प्रदर्शन मात्र गरेनन्, पुलिसहरुसित भिडे पनि।

Delighted to inaugurate the Link Road to Mansarovar Yatra today. The BRO achieved road connectivity from Dharchula to Lipulekh (China Border) known as Kailash-Mansarovar Yatra Route. Also flagged off a convoy of vehicles from Pithoragarh to Gunji through video conferencing. pic.twitter.com/S8yNeansJW

— Rajnath Singh (@rajnathsingh) May 8, 2020

हाम्रो राष्ट्रवादी सरकारको यतिबेलासम्म केही प्रतिक्रिया आइसकेको छैन। खासमा सरकार प्रतिपक्षबाट हैन, आफ्नै नेताहरुबाट कुर्सी जोगाउन व्यस्त छ।

सीमा क्षेत्रतिर भारतीय नागरिकहरुले पनि नेपाल प्रवेश गर्न नदिएको भन्दै हाम्रा सुरक्षाकर्मीहरुमाथि आक्रमण गरेका समाचार आएका थिए। चिनियाँहरुले भने लकडाउनमा घर जान नदिएको भन्दै सिंहदरबारमा प्रदर्शन गर्ने क्रममा प्रहरीसित भिडे। आफ्नो देशमा त्यस्तो स्वतन्त्रता नपाएकाहरुले नेपालमा लकडाउनकै बेला प्रदर्शन गर्ने अधिकार उपभोग गरे। सामाजिक सञ्जालमा देखिएको भिडियोमा उनीहरुले प्रहरीलाई नराम्रैसित आक्रमण गरेको पनि देखियो।

वास्तवमा अमेरिका, बेलायत, अस्ट्रेलिया, भुटान, श्रीलंका जस्ता देशहरुले आफ्ना अलपत्र परेका नागरिकहरुलाई विशेष चार्टर उडान गरी आफ्नो देश लगिरहेकै छन्। चीन सरकारले चाहिँ त्यस्तो आवश्यकता किन महसूस नगरेको हो, थाहा भएन। चीन सरकारलाई यता हाम्रो देशमा भारतले पहिले गर्दै आएको माइक्रो म्यानेजमेन्ट गर्दागर्दा फूर्सद नभएको हो कि। चिनियाँ नागरिकहरु पनि के भाका? हाम्रो देशले उनीहरुलाई कसरी घर फर्काउनु! सबै देशमा उस्तै हो। सबै देशले विमान बन्द गरेका छन्। उनीहरु भारतमा भए पनि उस्तै हो, बंगलादेशमा भए पनि उस्तै हो। उनीहरुले त चिनियाँ दूतावाससित, आफ्नो सरकारसित पो कुरा राखेर आफूहरुलाई फिर्ता बोलाउनका लागि पहल गर्न लगाउनु पर्ने।

Video shows Chinese agression towards @NepalPoliceHQ while protesting to go home during lockdown. (Why not protest at Chinese Embassy?). And then direct attacks on Police when police respond.

Nepal’s political kowtowing to China has all kinds of costs.

Vid by @hemantagautam2 pic.twitter.com/oq40POuZgk

— Kashish Das Shrestha (@kashishds) May 8, 2020

सिंहदरबारमा चिनियाँ नागरिक र प्रहरीको भिडन्त।

Video from Chinese protestor side, BEFORE things got out of control
(I got it via DM; credit unknown).

Seems @NepalPoliceHQ was trying to stop them from marching to Singha Durbar, seat of Govt.

Then some suddenly run towards it (during strict lockdown)https://t.co/yjMFIYvCmJ https://t.co/0pf09FXzqf pic.twitter.com/3L7ymFRQxK

— Kashish Das Shrestha (@kashishds) May 8, 2020

एउटा विज्ञापन थियो गोपालराज मैनालीको-गाईले पनि तिमीलाई लखेट्ने, कुखुराले पनि तिमीलाई लखेट्ने ! धन्न त्यो विज्ञापनमा मैनालीको लुगाको दाग हटाउन चाहिँ गोगो वासिङ पाउडर थियो। हाम्रो लागि त त्यस्तो केही पनि छैन। उत्तरीले पनि पेल्ने, दक्षिणीले पनि पेल्ने। राष्ट्रवादी सरकार भने थाकिसकेँ भन्दै सुत्‍ने !

4 thoughts on “दक्षिणी छिमेकीले सीमामा ठोक्ने, उत्तरी छिमेकी सिंहदरबारमै प्रहरीसित भिड्ने”

  1. नवराज खनाल says:
    May 10, 2020 at 5:49 pm

    किस्ता किस्तामा गर्नु भन्दा बरु एकमुष्ट झ्याप्पै बुझाय ठिक हो। ढिलो-चाँडो उनरुकै हुने हो। फेरि पछिल्लो समय मा स्वाभिमान महसुस हुने के नै काम भएको छ र !?

    Reply
  2. madan bajracharya says:
    May 9, 2020 at 1:02 pm

    मिचे खोसे हेपे क्वाईँ-क्वाईँ कराउन पनि डराउने
    यक तुक्रा हद्दी फालि दिय पुच्छर हलाउने हाम्राले
    नेपाली आई लागे जाई लाग्छ भनाइनै झुठो बनायो
    हाम्रै लुटेर तेस्को दरवानि पनि हामीलाईनै गराउने
    हाम्रो पानिले उस्कोमा खेती हाम्रोमा खती बनाउने
    हाम्रो चुनाव हाम्रो मत उस्को भरिया रमाउने खेल
    यस्तै यस्तै कुरालाई “परिवर्तन” भनेर उल्लु बनाउने
    हामीलाई तर्साउने तर उस्को ईशारामा दुम हलाउने
    कोठा बाट हुकुम बर्षाउने भागबन्दामा मौसुफ बन्ने
    त्यो पारीको डाँकाको भाई मित र् ज्वाई भय पछी
    गोर्खालिको खुकुरी जवाहरकोतेको ताँक जस्तै बने
    तेसैले हो त्यो यसिको डाँकाले हाम्रो भुमि मिचेको

    Reply
  3. दले says:
    May 9, 2020 at 7:40 am

    लिपुलेक भएर भारतले खनेको बाटो एकरातमा निर्माण गरेको त अवश्यै पनि होइन| खोइ हाम्रा सेना? सीमाको सुरक्षा गर्ने कि स्वास्थ्य सामग्री खरिद गर्ने कि मेडिकल कलेज चलाऊने कि एयर्पोर्ट जाने बाटोको रुख फँडानी गर्ने कि शान्ति सेनामा सेवा गर्ने? प्रहरी र गुप्तचरको भरोसा नगरे पनि हुन्छ| सरकार पद र सत्ता जोगाउन ब्यस्त छ| किन पूर्वसुचना भएन? कोरोनाको कहरको नाजायज फायदा लिने पनि असल छिमेकी हुन्छ??
    यो अति गम्भीर बिषय भएकोले गम्भीर रुपमा लिनपर्छ|

    Reply
  4. madan bajracharya says:
    May 9, 2020 at 7:37 am

    चीन भारतको केही नागरिकहरु र् उनिहरुका र् हाम्रा नेताहरुको ब्यबहार र् सम्भन्द लगायत ती देसहरुले नेपाललाई दान अनुदान कति दिय भन्ने कुराको अधारमा ती देसहरु सित नेपालअको सम्भन्द् कस्तो छ् भन्न् सकिन्दैन। कुनै पनि देस सित भयको सम्भन्द् तीदेसहरुले नेपालको सार्वभौमसत्ता को सम्मान गरेको अवस्थामा मात्रै “राम्रो” भयको मन्न सकिन्छ।

    यदी नागरिक नागरिक र् नेता राजाहरु बिचको सम्भन्दकै आधारमा कुरा गर्ने हो भने नेपाल र् भारत बिचको सम्भन्द् भान्छा मात्रै अलग्गियको तर जमिन र् सम्पत्तिको अन्स बन्दा गर्न बाकिनइ भयको दाईभाई र् दाईजो कति लिने बा दिने अझै तुङो नलागेको ससुरो र् सम्भन्दि बिचको जस्तै घनिस्त नाता छ्। यस्तो र् यस्ता नातेदारहरु कस्तो सम्म हुन सक्छ भन्ने कुरा अदालत प्रहरिमा चांग लागेको मुद्दा र् नेपालको मिचियको राष्ट्रिय श्रोतहरु र् अङभङ गरियको देसको सिमानाले स्पस्त गर्छ।

    भारत बलियो भयकै कारनले भारतले नेपालको रास्त्रिय् श्रोत दिहन गर्न सकेको र् सिमाना मिचन सकेको होईन;हाम्रै सरकार चलाऊनेहरु भारतको दरवान भयकोले हो। जव सम्म नेपालीले भारतको दरवानगिरी नगरने नेताको सरकार पाउन्दैन भारतले मिचेको सिमाना नेपालले कहिले पनि फिर्ता पाउन्दैन। यती बेला हामीले यो पनि याद गर्नु पर्छ कि ओली भारतको दिल्ली सम्मै पुगेर सन १९५०को सम्झौता खारेज गर्नु पर्छ मनमोहन होईन भारतको स्वार्थमा ठुलै बाधक बनेको मदन भण्डारी होईन। अहिलेको राजनैतिक् ब्यबस्था र् अवस्था पनि भारत र् भारतको दरवानगिरी गर्नेको बिरोध गर्नेलाई दिल्ली सम्मै घिचारेर नेपालमा भारतको स्वार्थमा बाधक नबन्ने किरिया खान बाध्य् बनाएर स्थापित भयको बा गरेको हो।

    जनतालाई मत दिन लगायर स्थापना गरिन्दैमा ब्यबस्था लोकतन्त्र हुँदैन;लोकको मत र् प्रतिनिधिलाई ठुला नेताको बग्गी तान्ने घोडा बनाउनेको लोकतन्त्र भन्नु र् नेपालको सिमाना बलात्कार गर्दै गर्ने भारतलाई ठुल्दाई र् मित्र भन्नुमा केही फरक हुँदैन।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme