Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अहिलेसम्मकै सबैभन्दा बढी १७ पोजिटिभ आज भेटियो : कूल संख्या १०० पुग्‍न १ बाँकी

Posted on May 6, 2020May 6, 2020 by Salokya


गत जनवरी २३ मा नेपालमा पहिलो पटक कोरोना संक्रमण भेटिए यता आज मे ६ तारिख सबैभन्दा जोखिम देखिएको दिन रह्यो। आज कूल १७ जना संक्रमित भेटिएका छन्। सबै पर्साका भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भोलिदेखि सकिन लागेको लकडाउनको म्याद फेरि ११ दिन थप्‍ने सरकारको निर्णय सार्वजनिक भएको केही समयमा पर्सामा दुई महिनाको शिशुदेखि ६६ वर्षको वृद्धसम्म गरी १७ जनाको कोभिड १९ रिपोर्ट पोजिटिभ आएको हो।

योसँगै अब नेपालमा कूल संक्रमितको संख्या ९९ पुगेको छ।

यसअघि एकै दिन सबैभन्दा बढी संक्रमित भेटिएको रेकर्ड मे ३ मा थियो। त्यतिबेला नेपालगंजमा १५ र वीरगंजमा १ गरी १६ जना संक्रमित भेटिएका थिए।

वाग्मती अन्तर्गत काठमाडौँ उपत्यकाका सबै संक्रमित निको भएर घर फर्किसकेका भए पनि सनसिटी अपार्टमेन्ट बस्ने पुरुषको फलोअपमा पोजिटिभ रिपोर्ट भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए। त्यसैगरी प्रदेश २ का निको भएर घर फर्किसकेका दुई जनामा पनि फेरि पोजिटिभ रिपोर्ट आएको मन्त्रालयले बताएको छ।

प्रदेशगत हिसाबले सबैभन्दा बढी संक्रमित प्रदेश १ मा छ। त्यहाँ ३१ जना संक्रमित छन् भने प्रदेश २ ले दोस्रो स्थान लिएको छ। यहाँ ३० जना संक्रमित छन्।

प्रदेश ५ मा २४ जना संक्रमित भेटिएका छन् भने वाग्मतीमा ७ र सुदूरपश्चिममा ५ संक्रमित भेटिएका छन्। गण्डकीमा भने २ जना संक्रमित भेटिएका छन्।

सुदूरपश्चिम कर्णालीबाट भने हालसम्म कुनै संक्रमित भेटिएको रिपोर्ट आएको छैन।

6 thoughts on “अहिलेसम्मकै सबैभन्दा बढी १७ पोजिटिभ आज भेटियो : कूल संख्या १०० पुग्‍न १ बाँकी”

  1. Pingback: नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएको दिन आज « Mysansar
  2. madan bajracharya says:
    May 7, 2020 at 1:16 pm

    चाइनाले कोरोना लगभग नियन्त्रन गरी सके। तर लाखौं नेपाली निम्न र् मौसमी रोजगार खोज्न जाने भारतमा कोरोना फैलिन्दैछ। जो स्थाई रुपमा भारतमा बस्छन ती नेपालीहरु तेस्तै अवस्था नभय सम्म नेपाल फर्कन्दैनन’ उनिहरु नेपाल फर्कन नपायर भोकै मर्दैन सडकमा सुत्नु पर्दैन र् भोकै मर्दैनन तर मौसमी रोजगार खोज्न भारतमा रोजगारी खोज्न जाने नेपालीहरु अहिले भारतमा रोजगारी नपाउने भयको अवस्थामा नेपाल फर्कन नपाय् उनिहरु भरतको सडक गल्लिमै भोक जाडो गर्मी ले मात्रै होईन त्यहा फैलेको कोरोनालेनै मर्छ। तर जनताको निमित जतनताको सरकारको प्रधान मन्त्री नेताहरु ओली “लकदाउन भनेको लकदाउन; भारत बाट नेपालीलाई फर्काय नेपालमा कोरोना को महामारिनै हुन्छ भन्ने निर्लज्ज र् गैरजिम्मेवार प्रलाप गर्दैछन। कोरोनाको कारनले भारतमा रोजगारी नपाउने भयपछी नेपाल फर्कन खोज्ने हजारौ नेपालीहरु नेपालको सिमाना सम्मै अैइपुगेको छ् तर ओली उनिहरुलाई नेपाल आउन दिन चाहन्दैन,यसो गर्ने उस्लाई कस्ले अधिकार दियो? उस्को यो कुरा सयमा सय संबिधान बिरुद्ध छ्। उनिहरु नेपाल फर्कायर सेनाको ब्यारेक बा प्रहरिको हिरासतमा क्वेरन्ताईन मा ओलिले राख्न सक्छ तर उनिहरुलाई नेपाल फर्कन रोक्ने संबैधानिक अधिकार छैन।

    ओलिले नेपाल फर्कन नदियकोले कोरोना झन झन फैलिन्दै गयको भारतको सिमानामा अलपत्र परेको हजारौ हजारौ हजार नेपालीहरु होला नहोला केहीलाई कोरोना लागे पनि होलान तर सबैलाई कोरोना लागेको छैन। तर ओलिले अझै पनि उनिहरुलाई फर्कन नदियमा उनिहरु सबैलाई कोरोना सन्क्रमन हुने निस्चित जस्तैनै छ् किनभने भारतले उनिहरुलाई कसरी राखेको छ् त्यो सबैले जाने बुझेकै कुरा हो। यदी ओलिले समयमै नेपाल फर्कन नदियको कारनले उनिहरुलाई कोरोना लागेमा बा कोरोना लागेर मरेमा जिम्मेवार हुने सन्देस सबैले दिनु पर्छ। यस्तो अवस्था आयमा उस्लाई कसैले माफ गर्नु हुँदैन।यो कुरामा कुनै अधिबक्ताले ओलीको नेपालीलाई नेपाल पस्न नदिने गाई संबैधानिक हुकुमको बिरुद्ध सर्बोच्छ अदालतमा राखियोस.

    Reply
  3. Yuvraj says:
    May 6, 2020 at 5:18 pm

    अरुको गल्ती देखि हाल्ने सालोक्यजी ले आफै गल्ती गर्नु भएछ, अन्तिम बाक्य मा “कर्णाली” हुनु पर्ने होला

    Reply
    1. Salokya says:
      May 6, 2020 at 5:27 pm

      फ्याट्टै पक्रेकोमा धन्यवाद। कर्णाली नै लेख्न खोजेको हो तर चिप्लिएछ। भूल सुधार गरिएको छ।

      Reply
      1. Ram says:
        May 6, 2020 at 10:12 pm

        अन्दाजी अङ्ग्रेजी बर्ष 2008 बाट जुन बेला म इराक थिए त्यो बेला देखी Mysansar हेर्दा र पड्दै आको छु । र मलाई सब भन्दा विस्वासीलो यहि Blog लाग्छ । धन्यवाद Salokya जि ।सत्य र गहिरो अनुसन्धान पछि मात्र छापिने समाचार को लागी र मलाई पक्कै Reply दिनु होला किन कि यो मेरो १२ बर्ष को पहिलो comment हो । Please

        Reply
        1. Salokya says:
          May 6, 2020 at 11:42 pm

          धन्यवाद, इराकबाट त्यतिबेला धेरै साथी बनेका थिए माइसंसारमार्फत्।

          Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme