Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के दिवेश (आर्थर गन) एक्लैले अमेरिकन आइडलमा ३ करोड ६० लाख भोट ल्याएका हुन्?

Posted on May 6, 2020May 6, 2020 by Salokya


लकडाउनले घरैमा थुनिनु परेका नेपालीहरुले गएको आइतबार अमेरिकाबाट एउटा खुसीको खबर पाए। अमेरिकन आइडलमा नेपाली युवक दिवेश पोखरेल (आर्थर गन) टप १० मा छानिए। उनलाई भोट दिन अमेरिकामा रहेका नेपालीहरुले सामाजिक सञ्जालबाट आग्रह गरेका थिए। नेपालबाट आधिकारिक रुपमा भोट दिन नपाइए पनि भिपिएन प्रयोग गरेर भोट दिनेहरु पनि थिए। आर्थर गन टप टेनमा पुगिसकेपछि एउटा पोस्ट सामाजिक सञ्जालमा निकै भाइरल भयो। त्यसमा भनिएको थियो- ‘अरुले ७ हजार भोट ल्याउँदा अर्थर गनले ३ करोड ६० लाख भोट ल्याएछन्…! नेपालीले कुन दिन भोट हालेर हिसिला यमिलाई विश्व सुन्दरी बनाइदिन्छन्!’

सामाजिक सञ्जालमा मात्र होइन, मूलधारकै अनलाइन माइरिपब्लिकाले पनि उनले ३६ मिलियन अर्थात् ३ करोड ६० लाख भोट पाएको समाचार लेखेको छ। के साँच्चै उनले यति भोट पाएका हुन् त? हामीले फ्याक्टचेक गरेका छौँ।

ट्विटरमा सयभन्दा बढी रिट्विट भएको एउटा ट्विट–

अमेरिकन Idol मा अरुले ७ हजार Vote ल्याउदा arthur gunn ले ३ करोड ६० लाख vote ल्याएछन ।

नेपालीले कुन दिन हिसिला यामीलाई पनि विश्व सुन्दरी बनाइदिन्छन् ??

— Prem chapagain (@PremChapagains) May 4, 2020

माइरिपब्लिकाले मे ४ मा राखेको समाचारमा ‘He was selected as a top ten contestant after the online voting result was announced Sunday night. He received more than 36 million votes.’ लेखिएको छ। अर्काइभ लिङ्क।

तर तथ्यले त्यस्तो देखाउँदैन।

त्यसो त दिवेशको फेसबुकमा त्यस्तो अर्थसमेत आउने गरी लेखिएको छ-

तर अमेरिकामा आइतबार प्रकाशित हुने कला सम्बन्धी म्यागेजिन परेडको अनलाइन संस्करणमा मे ३ मा प्रकाशित समाचारमा कार्यक्रमका होस्ट र्‍यान सिक्रेस्टलाई उद्धृत गर्दै कूल ३६ मिलियन भोट दर्ता भएको र त्यसमध्येबाट टप १० घोषणा गरिएको उल्लेख छ।

एटलान्टा जर्नल कन्स्टिच्युसनमा पनि मे ३ मा प्रकाशित रेडियो एन्ड टिभी ब्लगमा कूल भोट ३६ मिलियन रहेको उल्लेख छ।

अमेरिकन आइडलमा क्यानडाका पनि एक प्रतिस्पर्धी थिए। उनी आउट भएपछि क्यानडाको आइहर्ट रेडियोको अनलाइनले राखेको समाचारमा पनि कार्यक्रमका होस्टलाई उद्‍धृत गर्दै ३६ मिलियन भोट आएको नै लेखिएको छ।

बेलायतको डेली मेलले पनि कूल ३६ मिलियन भोट आएको नै लेखेको छ।

अतः उनलाई मात्रै ३ करोड ६० लाख भोट आएको भनी माइरिपब्लिकाले लेखेको समाचार र सोसल मिडियामा गरिएका दावी गलत हुन्। ३ करोड ६० लाख अर्थात् ३६ मिलियन भोट कार्यक्रमका सबै प्रतिस्पर्धीहरुले पाएको कूल भोट संख्या हो, दिवेशले मात्रै पाएको होइन।

जजले सेभ गरेका एक जना समेत थपेर टप ११ बाट मे १० अर्थात् अर्को आइतबार टप ७ छानिने छन्। त्यसपछि मे १७ मा फिनाले हुनेछ र एक जना अमेरिकन आइडल घोषित हुनेछन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme