Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नपत्याउनुस्, आमिर खानले आटाको प्याकेटमा १५ हजार राखेर बाँडेका हैनन्

Posted on May 4, 2020May 4, 2020 by Salokya


फेसबुक र ट्विटरमा केही दिनअघिदेखि एउटा जानकारी निकै भाइरल हुँदैछ- भारतीय अभिनेता आमिर खानले आटाको प्याकेटमा १५ हजार रुपैयाँ राखेर बाँडे। आवश्यक मान्छेलाई सहयोग बाँड्ने यो तरिकाको निकै प्रशंसा गर्दै सयौँको संख्यामा पोस्ट सेयर गरिएका छन्। सोसल मिडियामात्र होइन, रिपोर्टसनेपाल र मेरोलगानी जस्ता अनलाइनले यसबारे समाचारै बनाएका छन्। तर हाम्रो फ्याक्टचेकले यो गलत भएको देखाएको छ।

‘एक किलो आँटाकाे प्याकेट लिंदा दुखी, प्याकेट भित्र १५ हजार भेटेपछि दंग’ शीर्षकमा मेरोलगानी डट कमले दावी गरेको छ–

आमिरले अप्रिल २३मा दिल्लीको एक क्षेत्रमा एक ट्रकभरी गहुँको पिठो वितरण गर्नकालागि पठाए । एक परिवारले एक किलोको पिठो पाउने भनिएको थियो । तर धेरैजसो केवल एक किलो पिठो मात्र भन्दै पिठो लिन मानेनन् ।तर केहिले भने उक्त सहयोग स्वीकार गरे । टिकटक भिडियोका अनुसार हरेक गरिब परिवार जसले एक किलोको पिठो लिएर घर गएका थिए,ती हर प्याकेटमा १५ हजार भारतीय रुपैयाँ पनि थियो । वास्तविक गरिबहरुले सहयोग पाउन् भन्ने उद्धेश्यका साथ यो योजना आमिर खानले बनाएको भिडियोमा दाबी गरिएको छ ।

सोही शीर्षकमा रिपोर्टर्सनेपाल डट कमले पनि सोही दावी गरेको छ।

फेसबुकमा ६ सयभन्दा बढी सेयर भएको एउटा स्टायटसमा दावी गरिएको छ

मुंबईमा एक समाजसेवी/Actor (आमिर खान) ले मध्य रातमा एक स्लम एरियामा एक ट्रक आटा लगेर सुचना दिए कि जसलाई अभाव छ उसले जम्मा एक किलो मात्र आटा पाउने छ l धेरैले जाबो एक किलो आटा लिनलाई को लाइनमा उभिन्छ भनेर लिन गएनन् l तर जसलाई एकदमै खाँचो थियो उनिहरु गएर एक एक किलो आटाको पोको लिएर आए l घरमा गएर आटाको पोको खोल्दा हरेक पोकोमा पिठोभित्र 15,000 भा रु राखिएको रहेछ! पहिले नै यति पैसा बाँडिदैछ भनेर सुचना दिएको भए सबै जना लाइन बस्थे होला! बाहिरबाट आफ़न्तहरु बोलाएर पनि थाप्थे होला l तर यस तरिकाले जोजस्लाई वास्तवमै खाँचो थियो उनीहरुले मात्र पाए! What an idea sir ji!

स्टायटसको अर्काइभ लिङ्क

आमिर खान स्वयंले सोमबार बिहान ट्विट गरी आफूले आटाको ब्यागमा नोट हालेर नबाँडेको बताएका छन्। उनले लेखेका छन्, ‘कि यो फेक स्टोरी हो, कि चाहिँ रबिनहुड आफ्नो पहिचान देखाउन चाहँदैन।’

Guys, I am not the person putting money in wheat bags. Its either a fake story completely, or Robin Hood doesn't want to reveal himself!
Stay safe.
Love.
a.

— Aamir Khan (@aamir_khan) May 4, 2020

भारतको फ्याक्टचेक गर्ने वेबसाइट फ्याक्टहन्टले अप्रिल २८ मा नै यो समाचार फेक भएको खुलासा गरिसकेको थियो। फ्याक्टहन्टका अनुसार क्रेजी ट्राभलर नामको टिकटक युजरले आटामा नोट हालेको भिडियो अपलोड गरेका थिए अप्रिल १९ मा। तर त्यसमा आमिर खानको नाम थिएन। त्यसपछि भने आमिर खानको नाम जोडेर सोसल मिडियामा यस्ता पोस्टहरु भएका थिए। फ्याक्टहन्टले फोटोमा १५ हजार होइन, २ हजार २५ सय मात्र देखिने पनि दावी गरेको थियो।

अब आमिर खान स्वयंले मैले होइन भनेर भनिसकेपछि नेपालमा केही अनलाइनहरुले लेखेको र सोसल मिडियामा व्यापक सेयर भएको यो समाचार गलत ठहर्छ।

तपाईँ हामीले के गर्न सक्छौँ ?

यस्ता धेरै गलत सूचना अहिले फैलिरहेका छन्। फेसबुकमा यस्ता गलत लाग्ने, शंकास्पद समाचार वा लिङ्कहरु भेटिएमा त्यसलाई सेयर, लाइक वा कमेन्ट नगर्नुहोला। तपाईँले त्यसो गर्नुभयो भने यस्ता गलत कुरा अझ फैलन सक्छ। एकदमै विश्वास लाग्ने स्रोतहरुबाट मात्र जानकारी लिनुस्।

(सेन्टर फर मिडिया रिसर्च र माइसंसारको संयुक्त प्रयासमा सोसल मिडियामा भाइरल भएका र मिडियामा आएका समाचारहरुको तथ्य जाँच हामी गरिरहेका छौँ। तपाईँलाई शंका लागेका लिङ्क, फोटो वा भिडियो [email protected] वा [email protected] अथवा माइसंसारको फेसबुक पेजमार्फत् पठाउन सक्नुहुन्छ। हाम्रो भाइबर ग्रुपमा जोडिएर पनि तपाईँ यस्ता लिङ्क पठाउन सक्नुहुन्छ। भाइबर ग्रुपमा जोडिन यहाँ क्लिक गर्नुस्। तथ्य जाँच सामाग्री माइसंसार र नेपालफ्याक्टचेकमा प्रकाशन हुन्छ।)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme