Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कान्तिपुर टिभीमा ‘आम्मामा.. तीन अर्बमा कति खायो होला !’

Posted on May 3, 2020July 13, 2020 by Salokya


कान्तिपुर टेलिभिजनमा आज बिहान समाचार पढ्ने क्रममा एउटा रमाइलो ‘काण्ड’ भयो। बिहान सात बजेको समाचारमा १३ औं दक्षिण एसियाली खेलकुद साग सकिएको पाँच महिना भइसकेपनि अहिलेसम्म कति खर्च भयो भन्ने सार्वजनिक नगरिएको बारे एउटा रिपोर्ट थियो। रिपोर्ट टेलिभिजनमा बज्दै गर्दा समाचारवाचिका रुबिना थापाको माइक अफ भएनछ। त्यसपछि त रमाइलो भयो नि! पुरुष आवाजमा रिपोर्टमा भनिँदै थियो- ‘सरकारले साग सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषद्ले तीन अर्ब ६४ करोड रुपैयाँ दिएको थियो।’

समाचारवाचिकाको मुखबाट निस्कियो, ‘आम्मामा…तीन अर्बमा कति खायो होला त!’ माइक अफ नभएकोले दर्शकले पनि त्यो आवाज सुन्न पाए।

टेलिभिजनमा प्रत्यक्ष हेर्न छुटाउनु हुनेका लागि कान्तिपुर टेलिभिजनले आफ्नो युट्युबमा यो रमाइलो ‘काण्ड’ सम्पादन नगरी राखेको छ।

अपडेट : कान्तिपुर टेलिभिजनले यो भिडियो हटाएको छ। तर यो भिडियो भेटिएको छ। हेर्नुस् भिडियो-

@salokyaa##kantipurtv ##myblooper blooper

♬ original sound – salokyaa

अपडेट २ : यो ब्लग प्रकाशित भएपछि कान्तिपुर टेलिभिजनले राति ८ बजेर २७ मिनेटमा ट्विट गरी प्राविधिक गडबडीका कारण असान्दर्भिक आवाज पर्न गएकामा क्षमा मागेको छ।

२०७७ वैशाख २१ गते बिहान ७ बजेको समाचार बुलेटिनमा प्रसारित दक्षिण एसियाली खेलकुदसम्बन्धी रिपोर्टमा प्राविधिक गडबडीका कारण असान्दर्भिक आवाज पर्न गएकामा क्षमा प्रार्थी छौँ ।
-प्रधान सम्पादक
कान्तिपुर टेलिभिजन

— Kantipur TV HD (@ourktv) May 3, 2020

3 thoughts on “कान्तिपुर टिभीमा ‘आम्मामा.. तीन अर्बमा कति खायो होला !’”

  1. Rajendra Man Singh says:
    May 4, 2020 at 2:22 pm

    Paying Tax in Nepal is useless if not to feed these political Bhatmaras. Every single new road construction requires foreign financial assistance, not only that even temples destroyed during the 2015 earthquakes required Chinese and American financial help. What is our tax money being spent on? Just to run the behemoth government?

    Reply
  2. surya ji says:
    May 4, 2020 at 2:14 am

    कति खायो खायो न।।।।।।।।।तीन अर्ब ६४ करोडमा २ अर्ब चाहि पक्का पचायो दरिद्रीहरुले !

    Reply
  3. Eric says:
    May 3, 2020 at 7:47 pm

    facebook ma vako video ko link ni mention garey ramro hunthyo ki!!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme