Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपालगञ्ज बन्यो अर्को कोरोना ‘हटस्पट’ : लकडाउनको ३८ दिनसम्म 0, पछिल्लो तीन दिनमा १०

Posted on May 3, 2020May 3, 2020 by Salokya


उदयपुरपछि नेपालमा कोरोना ‘हटस्पट’ का रुपमा नेपालगञ्ज देखापरेको छ। लकडाउनको ३८ औँ दिनसम्म नेपालगञ्जमा शून्य संक्रमण फेला परेको थियो। तर पछिल्लो तीन दिनमै त्यहाँ संक्रमितको संख्या १० पुगेको छ। आजमात्रै त्यहाँ नौ जना कोरोना संक्रमित फेला परेका हुन्।

वीरगंजमा भेटिएको थप एक जना संक्रमितसँगै लकडाउनको ४१ औँ दिनमा अब नेपालमा कूल संक्रमितको संख्या ६९ पुगेको छ। नेपालमा एकै दिन धेरै कोरोना संक्रमित भेटिएको आज तेस्रो पटक हो। यसअघि अप्रिल १८ मा एकै पटक १४ केस भेटिएको थियो। त्यसैगरी अप्रिल २२ मा १० केस एकै साथ भेटिएको थियो।

नेपालगञ्जमा आज भेटिएका ९ जनामध्ये ५ जना पुरुष र ४ जना महिला हुन्। यसअघि यहाँ शुक्रबार ६० वर्षका पुरुषमा संक्रमण भेटिएको थियो। यो नै प्रदेश ५ मा भेटिएको पहिलो कोरोनाको केस थियो।

अहिलेसम्म नेपालका सात प्रदेशमध्ये कर्णाली प्रदेशमा मात्र कोरोना संक्रमण भेटिएको छैन। नेपालगञ्ज कर्णाली प्रदेश प्रवेश गर्ने प्रमुख सहर हो। डोल्पा, मुगु, हुम्ला, जुम्ला जस्ता कर्णाली प्रदेशका मुख्य जिल्लाहरुको हवाई सम्पर्क नेपालगञ्जबाटै हुन्छ।

अहिलेसम्म ७७ जिल्लामध्ये १३ वटामा मात्र संक्रमण भेटिएको छ। कैलाली, कन्चनपुर, काठमाडौँ, चितवन, पर्सा,रौतहट, धनुषा, बाग्लुङ, उदयपुर, भोजपुर, झापा, बाँके र रुपन्देहीमा कोरोना भेटिएको हो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme