Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फ्याक्टचेक : के प्रधानमन्त्रीले आज सार्वजनिक गरेको कविता २०१९ मा अर्कैले रचेको थियो?

Posted on May 2, 2020May 2, 2020 by Salokya


प्रधानमन्त्री केपी शर्मा ओलीले मे दिवसका दिन रचेको ‘अब आँसु खसाउनु पर्दैन’ शीर्षकको कविता प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको सामाजिक सञ्जालबाट सार्वजनिक भयो। तर शुक्रबार राति एक्कासी प्रधानमन्त्री ओलीको सो कविता अरुबाट नै कपि गरिएको आरोप पनि सामाजिक सञ्जालमा देखियो। भर्खरै धरौटीमा थुनामुक्त भएका भाइरल पूर्व सचिव भीम उपाध्यायले यसलाई भाइरल बनाए। उनी मात्र हैन, फेसबुक र ट्विटरमा अरु थुप्रैले प्रधानमन्त्रीको कविता अरुबाट कपि गरिएको आसयका स्टायटस र ट्विट पोस्ट गरे। के हो त यसको सत्य? हामीले फ्याक्टचेक गरेका छौँ।

सामाजिक सञ्जालमा फेसबुकमा भीम उपाध्याय लगायत अरुले पनि यो कविता चोरी भएको बारे लेखेका छन्।


उपाध्यायले पोस्ट डिलिट गरेमा अर्काइभ यहाँ हेर्न सकिन्छ।

नाम चलेकै व्यक्तिहरुले पनि यसबारे सामाजिक सञ्जालमा लेखे-

हरे !!!!!! https://t.co/Szl9IaBnPK

— YUG PATHAK (@YugPathak) May 1, 2020


अर्काइभ लिङ्क

प्रधानमन्त्री केपी शर्मा ओलीको कविता आफूले पहिले नै रचेको दावी गर्ने आर.पी गौतम आगो हुन्। उनले आइतबार राति नौ बजेतिर ६ महिना पहिले आफूले कविता रचेको भन्दै ‘कपिराइट गर्छु’ भनेर रोमन र देवनागरीमा दुई वटा स्टायटस पनि लेखेका थिए।

तर हामीले फ्याक्टचेक प्रकाशन गर्ने बेलासम्म यी दुवै स्टायटस हटाइसकिएका छन्। उनले नोभेम्बर ९, २०१९ मा नै आफूले रचेको दावी गरिएको फेसबुक पोस्टमा हामीले राति १० बजेर ५७ मिनेटमा Edit History चेक गरेका थियौँ।

यसरी हेर्ने क्रममा नोभेम्बर ९, २०१९ को पोस्टलाई सोही दिन दुई घण्टा अघिमात्र सम्पादन गरेर प्रधानमन्त्रीको कविता राखेको देखिएको छ। गौतमले यो पोस्ट पनि अहिले सार्वजनिक रुपमा हेर्न नमिल्ने बनाइसकेका छन्।

के हो एडिट पोस्ट र एडिट हिस्ट्री?

फेसबुकको एडिट पोस्टले कुनै व्यक्तिले कुनै स्टायटस एक पटक लेखिसकेपछि पुनः सम्पादन गर्ने सुविधा दिन्छ भने एडिट हिस्ट्रीले त्यो पोस्ट सम्पादन गरिएको छ कि छैन, त्यो देखाउने गर्छ। सम्पादन गरिएको छ भने जति पटक सम्पादन गरिएको छ, त्यति पटक के के सम्पादन भयो, त्यो सबै देखिन्छ।

पोस्ट (वा स्टायटस) सम्पादन गर्न दायाँ छेउमा भएको तीन वटा थोप्लोमा क्लिक गरी Edit Post लेखिएकोमा क्लिक गर्न सकिन्छ। त्यसैगरी सम्पादन गरिएको/नगरिएको थाहा पाउन View Edit History मा क्लिक गरी हेर्न सकिन्छ। सम्बन्धित पोस्ट ज-जसले देख्छन्, उसले Edit history पनि हेर्न मिल्ने बनाइएको हुन्छ।

माथिको उदाहरणमा तपाईँले एउटा स्टायटस तीन पटक सम्पादन भएको देख्न सक्नुहुन्छ।

फेसबुक आफैले पारदर्शी रुपमा यस्तो सुविधा दिएको हुनाले आर.पी गौतम आगोले प्रधानमन्त्रीको कविता आफूले पहिले रचेको भनी गरिएको दावी झुटो ठहर्छ। किनभने सो पोस्टमा उनले दुई घण्टाअघि मात्र सम्पादन गरेको प्रष्ट देखिन्छ।

3 thoughts on “फ्याक्टचेक : के प्रधानमन्त्रीले आज सार्वजनिक गरेको कविता २०१९ मा अर्कैले रचेको थियो?”

  1. Rohini says:
    May 2, 2020 at 11:00 pm

    यस्तो भ्रम फैलाऊने भिम लाई फेरि पनि जेलमा कोच्ने हो कि?

    Reply
  2. रूद्र says:
    May 2, 2020 at 3:38 pm

    चोर्नु जस्तो परेको कविता त लागेन मलाइ त जस्ले चोरेको भए पनि। दिवास्वप्नमा रूमल्लिरहँदा यस्ता कविता फुर्छन क्यारे। लज्जाको संस्कार समेत रहेन अब हाम्रो समाजमा। सानो बच्चाले समेत देख्ने नाङ्गोपना स्वयमले नदेख्ने अनि बालुवामा टाउको लुकाएर सुरक्षित मान्ने। धन्य छोें हामी।

    Reply
  3. Shankar says:
    May 2, 2020 at 1:31 pm

    राता रात नाम कमाउन पर्ने , धनि हुन् पर्ने हामि धेरै फास्ट ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme