Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रदेश ५ मा पनि कोरोना : अब कर्णाली संक्रमण नभेटिएको एकमात्र प्रदेश

Posted on May 1, 2020 by Salokya

प्रदेश ५ मा आज दुई जना कोरोना संक्रमित भेटिएसँगै नेपालका सात प्रदेशमध्ये ६ वटा प्रदेशमा कोरोना संक्रमण फैलिएको छ। अब एउटै मात्र प्रदेश- कर्णालीमा संक्रमण भेटिएको छैन। आज प्रदेश ५ को रुपन्देहीमा २५ वर्षका र बाँकेमा ६० वर्षका पुरुषमा कोरोना संक्रमण भेटिएको हो। 

सबैभन्दा बढी प्रदेश नम्बर १ मा ३१ जना संक्रमित रहेका छन्।

वाग्मती प्रदेशमा काठमाडौँ उपत्यकामा भएका कोरोना संक्रमित सबै निको भइसकेका छन् भने चितवनमा एक जना उपचार गराइरहेका छन्। प्रदेश २ मा १२ जना कोरोना संक्रमित भेटिएकोमा चार जना निको भई घर फर्किसकेका छन्।

गण्डकीमा दुई जना संक्रमित भेटिएकोमा दुवै निको भई घर फर्किसकेका छन्। सुदूरपश्चिम प्रदेशमा भने पाँच जना भेटिएकामा चार जना निको भई घर फर्किएका छन्।

अहिलेसम्म ७७ जिल्लामध्ये १३ वटामा संक्रमण भेटिएको छ। कैलाली, कन्चनपुर, काठमाडौँ, चितवन, पर्सा,रौतहट, धनुषा, बाग्लुङ, उदयपुर, भोजपुर, झापा, बाँके र रुपन्देहीमा कोरोना भेटिएको हो।

प्रदेशगत हिसाबले सबैभन्दा बढी संक्रमित संख्या प्रदेश १ मा छ। यो प्रदेशको उदयपुर, भोजपुर र झापा गरी तीन जिल्लामा संक्रमण भेटिएको छ।

प्रदेश २ मा पनि पर्सा, रौतहट र धनुषा गरी तीन जिल्लामा संक्रमण फैलिएको छ।

वाग्मतीको काठमाडौँ र चितवनमा कोरोना संक्रमित भेटिएका छन्। प्रदेश ५ मा बाँके र रुपन्देहीमा र सुदूरपश्चिम प्रदेशमा भने कैलाली र कञ्चनपुरमा संक्रमण भेटिएको छ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme