Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भ्रममा नपर्नुस्, यो ऋषि कपुरको मृत्युभन्दा एक दिनअघिको भिडियो होइन

Posted on May 1, 2020May 1, 2020 by Salokya


बलिउडले एक दिनको अन्तरालमा दुई प्रतिभाशाली कलाकार गुमायो। सुरुमा इरफान खान र भोलिपल्ट ऋषि कपुर। ऋषि कपुरको मृत्युसँगै नेपालमा पनि सोसल मिडिया प्रयोगकर्ताहरु माझ एउटा भिडियो भाइरल भयो। भिडियोमा ऋषि कपुर अस्पतालको बेडमा देखिन्छन् र एक जना व्यक्ति उनले अभिनय गरेको फिल्मको गीत गाउँदै छन्। भिडियोसँगै मन छुने दावी पनि थियो। लेखिएको थियो- ‘मृत्युकाे अघिल्लो दिन अस्पतालमा स्वास्थ्यकर्मीले गाएकाे उनकाे दिवाना फिल्मकाे यो गीत सुनेर आशीर्वाद दिँदै ऋषि कपुर। अरुलाई आशीर्वाद दिँदै आफूले संसार छाडे। सायद मृत्युु यस्तै हुँदाे रहेछ।’ नेपाली सेलिब्रिटीका नाममा खोलिएका फेक फेसबुक पेजमात्र हैन, केही अनलाइनले त यसबारे समाचार पनि बनाए। त्यसो त भारतीय मिडियाले पनि यसबारे समाचार बनाएकै थियो।

के साँच्चिकै यो ऋषि कपुरको मृत्युभन्दा एक दिन अगाडिको भिडियो थियो त? हामीले यसमा फ्याक्टचेक गरेका छौँ।

नेपाली प्रयोगकर्ताले फेसबुक र ट्विटरमा यो भिडियो निकै फैलाए। त्यतिमात्र होइन, शुक्रबार मध्याह्न हेर्दा युट्युब नेपाल ट्रेन्डिङको १८ नम्बरमा यही भिडियो रहेको छ।

यो भिडियोका किफ्रेमहरुबाट खोज्ने क्रममा युट्युबमा यो भिडियो धीरजकुमार सानुको अकाउन्टबाट दुई महिनाअघि अर्थात् फेब्रुअरी ३, २०२० मा नै अपलोड भएको पाइएको छ।

आफ्नो भिडियो सोसल मिडियामा भाइरल भएपछि उनले आफ्नो युट्युबमा एउटा अर्को भिडियो राखेका छन्, जसमा उनले यो भिडियो दुई महिनाअघिको भएको स्पष्ट पारेका छन्। उनी भन्छन्, ‘यो गलत भिडियो नफैलाउनुस्। यो भिडियो हिजोको हैन, २ फेब्रुअरीको हो।’ उनले आफू नयाँ दिल्लीको एउटा अस्पतालमा काम गर्ने पनि बताएका छन्। ऋषि कपुरको मृत्यु भने मुम्बईको अस्पतालमा भएको थियो।

गुगलमा खोज्ने क्रममा फेब्रुअरीमा ऋषि कपुर नयाँ दिल्लीको अस्पतालमा भर्ना भएको समाचार पढ्न पाइन्छ।

भारतको इन्डिया टुडे, क्विन्ट आदिले पनि यो भिडियोको फ्याक्टचेक गरी यसलाई गलत बताइसकेको छ।

त्यसैले नेपाली सोसल मिडिया प्रयोगकर्ताहरुमाझ भाइरल भएको भिडियोमा गरिएको दावी गलत छ। यो भिडियो मृत्युभन्दा एक दिनअघिको नभएर दुई महिनाअघिको हो। पुरानो भिडियोमा गलत दावी गरी भ्रामक रुपमा फैलाइएको छ।

तपाईँ हामीले के गर्न सक्छौँ ?

यस्ता धेरै गलत सूचना अहिले फैलिरहेका छन्। फेसबुकमा यस्ता गलत लाग्ने, शंकास्पद समाचार वा लिङ्कहरु भेटिएमा त्यसलाई सेयर, लाइक वा कमेन्ट नगर्नुहोला। तपाईँले त्यसो गर्नुभयो भने यस्ता गलत कुरा अझ फैलन सक्छ। एकदमै विश्वास लाग्ने स्रोतहरुबाट मात्र जानकारी लिनुस्।

(सेन्टर फर मिडिया रिसर्च र माइसंसारको संयुक्त प्रयासमा सोसल मिडियामा भाइरल भएका र मिडियामा आएका समाचारहरुको तथ्य जाँच हामी गरिरहेका छौँ। तपाईँलाई शंका लागेका लिङ्क, फोटो वा भिडियो [email protected] वा [email protected] अथवा माइसंसारको फेसबुक पेजमार्फत् पठाउन सक्नुहुन्छ। हाम्रो भाइबर ग्रुपमा जोडिएर पनि तपाईँ यस्ता लिङ्क पठाउन सक्नुहुन्छ। भाइबर ग्रुपमा जोडिन यहाँ क्लिक गर्नुस्। तथ्य जाँच सामाग्री माइसंसार र नेपालफ्याक्टचेकमा प्रकाशन हुन्छ।)

1 thought on “भ्रममा नपर्नुस्, यो ऋषि कपुरको मृत्युभन्दा एक दिनअघिको भिडियो होइन”

  1. ritesh jha says:
    May 1, 2020 at 2:03 pm

    खास कुरा के हो भने यो फेक न्यूज इंटरनेट मा रखने व छपने भन्दा फैक्ट चेक न करी खुरु खुरु फॉरवर्ड करेर फैलाउने अल्छी चमिकने हरु को दोस हो / यी अल्छी डालो सुचने चमिकने अरु की त पटमुरख हुन की त अल्छी हुन

    यो बंद को टाइम मा सुकिला मुकिला होने खाने काठमांडू का सभ्रांत बुद्धिजीवी भ्नउंदा हरु घर बसेर फेस बुक मा आफुले पकाएको परिकार को फोटू रखने , सुर बिसूर का गीत गाएको भिडियो राखेर सब लाइ बोर करने ,अनि यस्तै बकम्फुस कुरा फ़ॉरवर्र्ड करने , म के के न सुंदरी छू भनेर सयौं फोटू राखेर लाइक्स बटुल्ने —– उता ज्यालदारी करने नेपाली को बेहाल छ / कहां इंटरनेट पाउने कहां परिकार खाने ?

    भूकंप मा त कमसे कम यसो वाईवाई चाउ चाउ यसो रिंगरोड पारी गएर बांडेर फोटू खिचेर आफ्ना यूरोप र अमेरिका का साथी लाइ म के के न समाज सेवी भनेर देखाउन फेसकबुक मा रखने कराथे अब त महामारी को डरले घर मा बसी फेसबुक चलायो फॉरवर्ड कर्यो

    कस्ता अन्धा यी सभ्रांत भनाउँदा

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme