Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

महामारीमा राजनीतिक प्रहसनको नयाँ ट्विस्ट : वामदेव प्रधानमन्त्री, माधव नेपाल अध्यक्ष

Posted on April 30, 2020 by Salokya


देशमा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दैछ। अरु देशहरुले सम्पूर्ण शक्ति यो महामारीको सामना कसरी गर्ने भन्नेमा लगाएका छन्। महिनाभन्दा लम्बिसकेको लकडाउनले जनजीविकामा पारेको तत्कालीन र दीर्घकालीन असरबारे लेखाजोखा गरिरहेका छन् अरु देशहरु। तर हाम्रो देश भने सबै जनतलाई घरभित्र लकडाउनमा राखेर नेताहरु राजनीतिक प्रहसनमा व्यस्त छन्। बेमौसमको बाजा बजाएर प्रधानमन्त्रीले महामारीको बेला दल टुक्राउन सजिलो हुने अध्यादेश ल्याइदिएपछि यो प्रहसन सुरु भएको थियो। आज यसमा नयाँ ट्विस्ट आएको छ।

प्रधानमन्त्रीले अध्यादेश ल्याएर दल टुक्राउन सांसद अपहरण गरेर होटलमा राखेको आरोपसमेत लाग्यो। वामदेव गौतमको निवास धोबिघाटमा बैठक बसेर माधव नेपाल र प्रचण्ड समूहबीच छलफल भयो।

त्यही छलफलको परिणाम स्वरुप प्रधानमन्त्रीले दुई वटै अध्यादेश चार दिनमै फिर्ता लिन बाध्य भए।

तर प्रधानमन्त्री फेर्नेसम्म पुग्यो कुरा। सचिवालय बैठक बोलाउन भनियो। तर आफू अल्पमतमा पर्ने देखेपछि प्रधानमन्त्री ओलीले बोलाएनन्। बालुवाटारमा शीर्ष नेताहरुलाई बोलाए कुरा गर्न। त्यसमा वामदेवले प्रधानमन्त्रीको राजीनामासमेत मागे। ओलीले चाहिँ कसले कसरी हटाउँछ हेर्छु भनेर जवाफ दिए।

त्यसपछि आज सचिवालय बैठक बस्नुअघिसम्म थप प्रहसन भए। माधव नेपाल पक्षलाई केही मन्त्री र मुख्यमन्त्री दिने र अध्यक्ष पद दिने गरी फकाउने प्रयास भयो। हस्ताक्षर संकलन भयो। टाउका गनिए कसको पक्षमा कति भनेर।

सचिवालय बैठकमा कसैले नसोचेको प्रस्ताव प्रधानमन्त्रीले गरेछन्- कोरोना संकटसकिएपछि आफूले राजीनामा दिने र वामदेवलाई प्रधानमन्त्री बनाउने। त्यसका लागि राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधन गर्ने वा प्रतिनिधि सभाको कुनै स्थान खाली गराएर वामदेवलाई ल्याउने। त्यस्तै माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउने।

नेकपाको सचिवालयमा ९ सदस्य छन्- पार्टीका दुई अध्यक्ष ओली र प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल।

प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव र नारायणकाजी गरी पाँच जना एकातिर लागेपछि ओली अल्पमतमा।

जसरी स्थायी समितिमा माधव नेपाल पक्षले ओली वा प्रचण्ड जसको पक्ष लियो उसैको बहुमत हुने स्थिति छ, सचिवालयमा पनि वामदेव जता लागे, त्यता बहुमत हुने स्थिति छ।

अब यही गठबन्धनलाई भत्काउन ओलीले नयाँ अस्त्र फाले- वामदेवलाई प्रधानमन्त्री। वामदेव ओलीतिर लागे भने बादलले समेत साथ दिएको अवस्थामा पाँच जना ओलीतिर पुग्छ।

तर यो प्रस्ताव आफैमा रमाइलो छ। यसका लागि शर्तहरु के छन् भने,

सुरुमा त कोरोनाको संकट सकिनु पर्‍यो। यो संकट कहिल्यै सकिने कसैलाई केही थाहा छैन।

दोस्रो, राष्ट्रिय सभामा वामदेवलाई लैजानु पर्‍यो। यसअघि पार्टीले निर्णय गरिसक्दा पनि प्रधानमन्त्रीले वामदेवलाई राष्ट्रिय सभामा लैजान अस्वीकार गरेका थिए।

तेस्रो, राष्ट्रिय सभाका सदस्य पनि प्रधानमन्त्री हुनसक्ने गरी संविधान संशोधन गर्नुपर्‍यो। अहिले संविधानमा प्रतिनिधि सभाको चुनाव हारेको मान्छे मन्त्री बन्न नसक्ने छ। कुनै व्यक्तिका लागि संविधान संशोधन गर्ने भनेर जनस्तरमा यसको विरोध हुने निश्चित छ।

चौथो, राष्ट्रिय सभाको सदस्य नभए पनि प्रतिनिधि सभाको कुनै स्थान खाली हुनुपर्‍यो। यसअघि यसरी नै कुनै स्थान खाली गर्न खोज्दा चर्को विरोध भएको थियो। वामदेवका लागि ठाउँ छाड्न राजी भएका काठमाडौँका एक सांसद रामवीर मानन्धरलाई त स्थानीयले बहिस्कारै गर्ने जोखिम उठेको थियो। प्रतिनिधि सभाको चुनाव हुनुपर्‍यो, त्यसमा वामदेव जित्नु पर्‍यो (याद होला नि कृष्णप्रसाद भट्टराईलाई उपचुनावमा आफ्नै पार्टीले अन्तर्घात गरी हराइदिएको गिरिजाले उतिबेला)। वामदेव जितेर मात्र भएन, संसदीय दलको नेता चयन हुनुपर्‍यो।

जे होस्, प्रधानमन्त्रीले सार्वजनिक खपतका लागि पनि हालका हरुवा नेतालाई प्रधानमन्त्री बनाइदिने फन्डा फालेर एकछिन भुलाउन सफल भएका छन्। त्यसो त नेपालको इतिहासमा हरुवा नेता प्रधानमन्त्री भएकै हो। पहिलो संविधानसभाको निर्वाचनपछि प्रचण्डले राजीनामा दिँदा चुनाव हारेका उनै माधवकुमार नेपाल प्रधानमन्त्री बनेकै हुन्। अनि उनलाई प्रचण्डले विषवृक्ष र कठपुतली भनेर अपमान गरेको पुरानो कुरा अहिले सम्झनु हुन्न, किनभने अहिले दुवै एकै कित्तामा छन्। झलनाथ खनाल प्रधानमन्त्री हुँदा केपी ओलीले राजीनामा गराउनका लागि केके भनेका थिए, त्यो पनि अहिले सम्झनु हुन्न। किनभने अहिले प्रधानमन्त्री उनै ओली छन्।

अब यो नयाँ ट्विस्ट आएपछि यो प्रहसन कस्तो मोडमा जाने हो, घर बसेर हेर्न रमाइलो हुनेछ। किनभने बाहिर त लकडाउन छ।

3 thoughts on “महामारीमा राजनीतिक प्रहसनको नयाँ ट्विस्ट : वामदेव प्रधानमन्त्री, माधव नेपाल अध्यक्ष”

  1. madan bajracharya says:
    May 2, 2020 at 5:23 am

    त्यो अध्यादेस यकल निर्णय बाट जारि हुनै सक्दैन र् त्यो अध्यादेस जारी गर्ने कुरामा सहभागि हुनेहरु बा त्यो कुराको जानकारी राख्नेहरु मध्यकै कोही
    अहिले त्यो अध्यादेस को कुरालाई लियर ओलिको बिरोध गरेको हो भने यो अध्यादेसको कुरालाई उठायर ओलिको बिरोध “पुर्व नियोजित खेल” हुन सक्छ। यदि कुरा तेस्तै हो भने यस्तो कुरा नेपालको तराईलाई भोली नेपाल बाट अलग्याउन सकिने मधेश बनाउनेमा ओलिको बाधाको बिरोध गर्नेहरुको अलावा ओलि सफल भयमा भोली आफ्नो राजनैतिक् र् पडिय स्वार्थ पुरा नहुने थान्ने कोही पनि यस्मा सन्लग्न हुन सक्छ। पदकै निमित कोतपर्व हुने,कोही जिते आफ्नो पडिय लालसा पुरा नहुने देखेर आफ्नै पार्तिका उम्मेदवार बिरुद्ध चुनावमा अन्तरघात गरेर हराउने कान्डनायकनै महानायक बनिने र् आफुले तानासाहिको आरोप लगायको बिरेन्द्र झनै लोकप्रिय हुँदै गय पछी उस्को हत्या गर्नमा ग्रायन्द दिजाईन हुन सक्ने नेपालमा हुन नसकिने कुरा केही छैन।

    वारि-पारिका सबै मधेशबादिहरुका निमित यमालेको तरफ बाट प्रधान मन्त्रि बनेको ओलि अत्यन्त अप्रिय् ब्यक्ति हुन। तेतिबेला ओलिको नेत्रित्वको सरकारलाई अविस्वाशको प्रस्ताव राखेर ओलिको नेत्रित्वमा बनेको सरकार धालेर पहिला पनि यमालेको मनमोहनको सरकार त्यसरीनै ढाल्ने देउपाको नेत्रित्वमा सरकार बनाउनेनै ओलिको निकतमा बनेको छ् र् ओलीलाई प्रधान मन्त्रि समेत् बन्न सघायका उस्का पुर्व यमालेका मित्रहरु धेरै हद सम्म पाखा लगाईयकै छ्। आज मावोवादिका सित बिलय भयर नेकपा बनेका कुनै पनि पुर्व यमालेका बारीस्थतम नेता पनि भोली ओलिको अहिलेको पद र् पोजिसनमा पुग्न मुस्किलनै छ्। फेरी अहिले ओलि बाट कुनै गलत काम भयन भने नयाँ किदनी पाईसकेको ओलि अर्को पतक पनि पुरै अवधि …. ।यो कुरा उच्च राजनैतिक् पद र् शक्तिनै आफ्नो अस्तित्वको आधार भयका कसैलाई सह्य् हुनै सक्दैन।

    Reply
  2. prithvi nepali says:
    May 1, 2020 at 3:42 am

    ठीक छ, मानौ ओलिले दुबै पद बाट रजिनामा दिएर घर बसे, अब ति दुई पदका लागि को को हुने? नाम सुन्न पाउ न!
    डाँका, हत्यारा, गुण्डा, भ्रस्टाचारी, षड्यन्त्रकारीहरु मध्ये कस्लाई छान्ने? सब एक से एक छन र सबैको हजुर बाउ “प्रचन्ड” जि हुनुहुन्छ। “प्रचन्ड” जि लाई नै दुबै पद दिये कसो होला?

    Reply
  3. नील says:
    April 30, 2020 at 5:19 pm

    जे भेपनी ओलीले झेला गरेका छन| उही पुरानो कुचक्रीपन| ओलीको दुई बर्ष बढीको शासनकालमा न मुलुकले सुशासन पायो, न भ्रश्टचार निवारणको केही आधार बन्यो| ओली बिरामी छन| उँहालाई आराम चाहिन्छ| खुरुक्क दुवै पद बाट राजीनामा दिएर घर गएर आराम गर्नमा भलो हुन्छ| कोरोना संकटका बेला अध्यादेश ल्याएर समय बर्बाद गर्ने ओली नै हुन| अब वामदेवलाई प्रधान मन्त्री बनाउन किन कोरोना संकट हटेपछि मात्रै? ओलीले आफ्नो खाडल आँफै खानेका हुन| १० जना प्रवुद्ध कहलिएका ब्यक्तीहरुले ओलीले यो संकटको बेलामा रजिनामा दिनुहुन्न भनी आव्ह्वान गरेका रहेछन| रामो राम! के सुन्नु पर्‍यो यस्तो? राष्ट्रपती लाहाछाप हुँदा यी प्रबुद्ध ब्यक्तीहरु कुन दुलोमा थिए? आफ्नै दुनो सोझाउने कि मुलुकको भलो पनि चिताउने?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme