Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कोरोना संक्रमितको संख्यामा मिडिया झुक्किए, कूल संख्या ५८ होइन ५७ हो

Posted on April 30, 2020April 30, 2020 by Salokya


कोरोनाको महामारी फैलिएसँगै गलत सूचना पनि फैलिने क्रम बढ्दो छ। बुधबार फेरि पनि मिडियाबाट गलत जानकारी फैलियो। सरकारी मिडिया नेपाल टेलिभिजन र गोरखापत्रबाट समेत गलत जानकारी दिइयो।

बुधबार बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको भन्दै मिडियाले कूल संक्रमितको संख्या ५८ पुर्‍याएको थियो। तर यो गलत थियो। कूल संख्या ५७ मात्रै थियो। बाराका दुई र पर्साका एक जनामा मात्रै सङ्क्रमण भेटिएको थियो।

स्वास्थ्य मन्त्रालयले गर्ने सवा ४ बजेको नियमित पत्रकार सम्मेलनमा बारामा दुई र पर्सामा एक गरी कूल संक्रमित संख्या ५७ पुगेको प्रवक्ता डा. विकास देवकोटाले पुष्टि गरे।

त्यसैगरी प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले पनि पछिल्लो २४ घण्टामा बारामा दुई जना र पर्सामा एक जना गरी तीन जना संक्रमित भेटिएको बताए। ‘आज बिहान केही सञ्चार माध्यमहरुमा अलिकता कन्फ्युजन भएको थियो चार वटा भन्ने,’ घिमिरेले लाइभ प्रेस ब्रिफिङमा भने, ‘एउटा पोजिटिभ रिपोर्ट योभन्दा अगाडि प्रस्तुत गरिएकै विषय भएको हुँदा तीन वटा मात्रै पोजिटिभ भएको व्यहोरा यहाँहरु समक्ष म स्पष्ट राख्न चाहन्छु।’

त्यसैले कूल संक्रमित संख्या ५८ भन्दै सरकारी मिडिया मात्र होइन, अनलाइनखबर, बाह्रखरी, इमेजखबर, थाहाखबरमा आएका समाचार गलत ठहरिएको छ।

२०६४ सालको संविधानसभाको चुनावमा एभिन्यूज टेलिभिजनले ब्रेकिङ भन्दै माओवादीको सिट संख्या १२१ पुर्‍याएर अन्तिममा १२० मा झारे जस्तै के यी मिडियाले पनि ५८ लाई घटाएर ५७ बनाउलान्? कि एक जना संक्रमित कतै न कतै भेटिहालिन्छ नि, हामी किन गलत देखिने भनेर ५८ नै राखिरहन्छन् ? हेर्न बाँकी छ।

गलत समाचार दिनेहरु
थप चारमा सङ्क्रमण, ५८ पुगे सङ्क्रमित (नेपाल टेलिभिजन)
थप चार जनामा सङ्क्रमण, ५८ पुगे सङ्क्रमित (गोरखापत्र)
वीरगञ्जका थप एक जनामा कोरोना संक्रमणको पुष्टि (अनलाइनखबर)
पर्सामा भेटिए कोरोनाका अर्का बिरामी, संक्रमितको संख्या ५८ (थाहाखबर)
थप चारजना कोरोना संक्रमित भेटिए, ५८ पुगे संक्रमित (१२खरी)
थप चार जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या ५८ (राजधानी)
थप एक जनामा देखियो कोरोना,संक्रमित संख्या पुग्यो ५८ (सेतोपाटी)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme