लकडाउन भएको एक महिना नाघिसक्यो। अत्यावश्यक बाहेकका सबै सरकारी, निजी कार्यालय, उद्योग सबै बन्द छन्। यसरी इतिहासमै कहिल्यै नभएको लामो समय लकडाउन हुँदा के गर्ने? कतिले घरबाटै काम गरेका छन्। कतिको काम घरबाट गर्न मिल्ने पनि छैन। यस्तो अवस्थामा के हुन्छ? काम नगरेको बेलाको तलबभत्ता पाउने कि नपाउने? निजी उद्योग व्यवसायहरुले यसबारे आ-आफ्नै हिसाबले योजना बनाइरहेका छन्। सरकारी कर्मचारीहरुको हकमा के हुने भन्ने निर्णय चाहिँ आज राजपत्रमा प्रकाशित भएको छ।
गृह मन्त्रालयको यो सूचना अनुसार लकडाउन अवधिभरलाई सार्वजनिक विदा कायम गरिनेछ। अर्थात् नियमित रुपमा आउने तलब र भत्ता कायमै हुने गरी तलबी विदा।
नेपालमा लकडाउन चैत ११ गते बिहान ६ बजेदेखि सुरु भएको हो। अर्को पटक म्याद थप नभएमा यो वैशाख २५ गतेसम्म अर्थात् ४५ दिनसम्म कायम हुनेछ। लगातार ४५ दिनसम्म सार्वजनिक विदा इतिहासमै कहिल्यै नभएको अवधि हो। तर कोरोनाले यस्तो दिन पनि देखाइदियो।
उसै पनि नेपाल सरकारका कर्मचारीहरु घुस्याहा, कामचोर, घामतपुवे, चाकडीबाज, अल्छे, ढिलासुस्ती, भोलीपर्सी, कीर्ते प्रमाणपत्रवाल, सेटिङ, भनसुन र नातावाद कृपावाद र घोकन्ते लोसे जागिरे छन| सप्पै नहोला तर अधिकतर यी विशेषणका लायक छन भन्दा फरक पर्दैन|
यस्ता कर्मचारीहरुलाई अहिलेको कोरोना महासंकटमा तलका मध्ये एउटा रोज्न पर्ने सुविधा दिन आवश्यक छ:
१. आफ्ना पाउने विदा बाट कटौती हुने,
२. आधा मात्र तलब पाइने
उक्त जुन रोजे पनि यस बेला बसेको विदामा
क) सुविधा नपाईने, कटौती गरिने र
ख) विदामा बस्न परेको समय जोडेर फेरी अर्को विदा नपाक्ने व्य्वस्था गरिनपर्छ|
जे भए तापनी, अपवादका रुपमा कुनै केसलाई स्थिती हेरेर छुट दिन सकिन्छ|
समग्रमा भन्न् पर्दा नेपाल सरकारका कर्मचारीतन्त्र उपादेयमुलक, परिणामदायी, चुस्त नभएको र आम जनतालाई समय सुहाउदो सेवा दिन नसकेको, मरिहत्ते सुविधाप्रेमी, शक्तिका झोले भएको सबैले जाने बुझेको भोग्दै आएको पीडा हो| राष्ट्रसेवक को छवी होइन राष्ट्रघातकका छवी बनाएका छन| भ्रश्ट्चारबाट कमाएका धनले बेफिक्री घर बनाएका छन, छोराछोरी पढाएका छन, लाजै नमानी समाजमा प्रतिस्ठा बढाएका छन| बेपारीहरु र राजनीतिका सौदागरहरुका तुना धोती समातेर, झोला बोकेर आफ्नो स्वाभिमान गुमाएका छन, बेचेका छन|
फेरी भनौ, सप्पै नहोला तर अधिकतर उस्तै छन र प्रबित्ती पनि तेतैतिर छ|
निष्कर्श:
सर्बप्रथम, प्रधान मन्त्री र मन्त्रीहरु सुधरिनु पर्यो| उदाहरण र रोल मोडल प्रस्तुत हुन पर्छ| कुलमान रोल मोडल अघि सारीन पर्छ|
भ्रश्टचारलाई कर्मचारीतन्त्रमा ८०% मात्र निर्मुल गरिनु हो भने पनि चाकडीवाज र घोकन्तेहरुले लोकसेवालाई अर्कै नजरले हेर्नेछन|
बेस्सरी घुस खान पाईन्छ, धनी भए पछी सम्पत्ति र पद दुवैको भरमा समाजमा प्रतिस्ठा पाईन्छ भनेर लोकसेवामा जाने प्रबित्ती परिवार र समाजमा विस्तारै हटदै जानेछन| जजस्ले सरकारी जागिर खाएर वा सरकारी नियुक्ती लिएर छोराछोरीलाई आफ्नो श्रोत भन्दा बढी रकम हत्याएर बोर्डिङ स्कुल र युरोप, अष्ट्रेलिया र अमेरिकामा पठाए, पढाए, ती छोराछोरीहरुलाई के थाहा थिएन होला त? उनीहरु आपसमा चोखो भएर बस्ने हो?
कसको उदाहरण चाहियो?