दिनदिनै नयाँ काण्ड भइरहेको लकडाउनको बेलामा आज फेरि एउटा काण्ड मच्चिएको छ। भएछ के भने सरकारी मिडिया रेडियो नेपालमा बिहान सबेरै एउटा लाइभ अन्तर्वार्ता भएछ। अन्तर्वार्ता लिने समाचार महाशाखा प्रमुख नवराज लम्सालले डा. बाबुराम भट्टराईलाई बोलाएका रहेछन्। अन्तर्वार्ताका क्रममा भट्टराईले ओलीलाई निरंकुश शासक, सत्ता कब्जा गरेकोदेखि भस्मासुर प्रवृत्तिकोसम्म भन्न भ्याएछन्। यही अन्तर्वार्ता कुन चाहिँले सुनेर कुरा लाइदिएछन्। त्यसपछि त के चाहियो र! हङ्गामा भइहाल्यो। रेडियो नेपालले विज्ञप्ति नै निकालेर माफी माग्यो र वेबसाइटबाट अन्तर्वार्ता हटायो। माफी माग्नु पर्ने र हटाउनु पर्ने गरी बाबुरामले भनेका चाहिँ के रहेछन् भन्ने जिज्ञासा पनि धेरैलाई भयो। सुन्नुस् अन्तर्वार्ता।