Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

५ औँ किस्ताको लकडाउन : मे दिवस, प्रेस स्वतन्त्रता दिवस र बुद्ध जयन्ति घरभित्रै

Posted on April 27, 2020 by Salokya

यदि आज नयाँ निर्णय सरकारले नगरेको हुँदो हो त सोमबार चैत ११ देखि जारी लकडाउन मध्यरात १२ बजेपछि सकिन्थ्यो। अनुमानहरु भएका थिए, एक्टिभ केस नभएका काठमाडौँ र संक्रमण हालसम्म नदेखिएका जिल्लाहरुमा लकडाउन केही खुकुलो गरिनेछ। लकडाउनको मोडालिटी तय गर्न पनि भनिएको थियो। भारतमा समेत केही ठाउँमा केही गतिविधि खुला गरेर लकडाउनमा छुट दिइएको छ। तर तमाम अनुमानहरुलाई एकातिर राखेर सरकारले सबैभन्दा सजिलो उपाय अपनायो।  त्यो हो- लकडाउनको म्याद थप्ने। पाँचौँ किस्ताको लकडाउन घोषणा गरियो थप १० दिनका लागि। अर्थात् वैशाख २५ गते बिहीबारसम्मका लागि। 

चीनमा कोरोना भाइरसको समाचार पढिरहँदा कुनै पनि नेपालीलाई एक महिनाभन्दा लामो लकडाउन हाम्रो देशमा पनि हुन्छ भन्ने लागेको थिएन। मन्त्रीहरु त कोरोना फ्रि देश भनेर प्रचार गर्नुपर्ने कुरा गर्दै थिए।

तर कोरोनाले विश्वलाई यसरी गाँज्दै गयो कि नेपालले पनि नाइँ भन्नै पाएन। र, लकडाउन सुरु हुनुभन्दा अघि दुई वटा केस भेटिएकोमा आजको मितिसम्म नेपालमा ५२ जना संक्रमित फेला परिसके। त्यसो त निको हुनेहरुको संख्या पनि बढ्दैछ। १६ जना अहिलेसम्म निको भइसके। आजैमात्र झापामा एउटा र वीरंगजमा दुइटा गरी तीन वटा पोजिटिभ केस भेटियो।

नेपालले भारतले जस्तो ड्याम्म एकैचोटी तीन साताका लागि लकडाउनको घोषणा गरेन। छुस्स छुस्स केही दिनको घोषणा गर्दै, म्याद थप्दै किस्ताकिस्तामा गरिरह्यो। भारतमा एक पटकमात्र लकडाउनको म्याद थपिँदा नेपालमा पाँचौँ पटक भइसक्यो म्याद थपेको पनि।

पहिलो किस्ता : चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ बिहान ६ बजेसम्म।

दोस्रो किस्ता : चैत २५ गतेसम्म।

तेस्रो किस्ता : वैशाख ३ गते मध्यरातसम्म।

चौथो किस्ता : वैशाख १५ गते मध्यरातसम्म।

पाँचौँ किस्ता : वैशाख २५ गते मध्यरातसम्म।

पाँचौँ किस्ताको लकडाउन घोषणापछि वैशाख १९ गतेको अन्तर्राष्ट्रिय श्रमिक (मे दिवस) घरमै मनाउनु पर्ने भएको छ। त्यसैगरी मे ३ मा मनाइने प्रेस स्वतन्त्रता दिवस पनि लकडाउनले प्रभावित हुने भएको छ।

बौद्धमार्गीहरुको सबैभन्दा ठूलो पर्व वैशाख पूर्णिमा (बुद्ध जयन्ति) पनि लकडाउन अवधिभित्रै वैशाख २५ गते परेको छ। यो दिन अब बौद्धमार्गीहरुले स्वयम्भू, लुम्बिनी, विभिन्न विहारमा नगई घरभित्रै बुद्धले सिकाए जस्तो आफूभित्रको सत्य खोज्नमा लगाउनु पर्नेछ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme