Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फुट्ने पहिला कि जुट्ने ? अन्ततः मध्यरातमा एकताको सहमति, बन्यो जनता समाजवादी पार्टी

Posted on April 22, 2020April 22, 2020 by Salokya


कोरोनाको कहरका बीच पार्टी फुटाउन सजिलो हुने गरी सरकारले अकस्मात ल्याएको विधेयकपछि बुधबार पार्टी फुट्ने पहिला कि जुट्ने भन्ने एउटा अनौठो नौटंकी राजधानीमा मञ्चन भयो। अन्ततः मध्यरात भन्दा अगाडि राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी नेपालबीच एकताको सहमति भएर जनता समाजवादी पार्टी नेपाल जन्मियो। समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले साढे ११ बजे सार्वजनिक गरे सहमति पत्र। यस्तो छ सहमति पत्र। 

चार बूँदे सहमति पत्रमा दुवै पार्टीका तर्फबाट चार चार जनाले हस्ताक्षर गरेका छन्। राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारीको हस्ताक्षर छ भने समाजवादी पार्टीका तर्फबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठ छन्।

समाजवादी पार्टी फुटाउने प्रयास भइरहेको र यसैका लागि अध्यादेश ल्याएको चर्चा चलिरहेको बेला यो एकताको सहमति भएको हो। समाजवादी पार्टीले पूर्व राज्यमन्त्री तथा सांसद डा सुरेन्द्रकुमार यादवलाई सरकारको निर्देशनमा जनकपुरबाट अपहरण गरिएको आरोपसमेत लगाएको थियो।

समाजवादी पार्टीको प्रतिनिधि सभामा १७ जना सांसद रहेका छन्। त्यसको ४० प्रतिशतका हिसाबले सात जना सांसद भएमा पार्टी टुक्राउन सकिने अवस्था छ।

अब दुई पार्टीको एकीकरण भएपछि एकीकृत पार्टीको प्रतिनिधि सभामा कूल ३४ सदस्य हुनेछन्।

यद्यपि अहिले पार्टी एकीकरणको सहमति मात्र भएको र कानुनी रुपमा पार्टी एकीकरण भइनसकेको भन्दै अझै पनि सात जना सांसद मिलेर अगाडि नै निवेदन दिएर पार्टी फुटाउन सकिने सम्भावना भने छ नै। यसका लागि लिगलिगे दौड हुनेछ अब पार्टी एकीकरणको पहिले पत्र जाने कि पार्टी फुटको भन्ने।

पार्टी एक भइसकेपछि भने फुटाउनका लागि १४ सांसद आवश्यक हुनेछन्।

हेर्नुस् त, कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको बेला हामी सत्ता राजनीतिको लागि सांसदको गणना पो गरिरहेका छौँ। पार्टी फुट्ने जुट्ने कुरा पो गरिरहेका छौँ जबकि देश एकजुट भएर महामारीविरुद्ध लड्नु पर्ने थियो। हाम्रा नेताहरु !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme