Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के कोरोनाबाट भएको नोक्सानीको क्षतिपूर्ति माग गर्दै जर्मनीले चीनलाई बिल पठाएको हो?

Posted on April 21, 2020 by Salokya


अहिले इन्टरनेटमा एउटा समाचारको चर्चा हुँदैछ। केही नेपाली अनलाइनहरुले पनि यो समाचार राखेका छन्। कामनान्युज अनलाइनले दावी गरेको छ, ‘जर्मनीले चीनलाई १ खर्ब ३० अर्ब युरोको क्षतिपूर्ति बिल पठाएको हो। उसले राष्ट्रिय जीवनका फरकफरक क्षेत्रमा भएको क्षतिको मूल्यांकन गर्दै बिल पठाएको हो । जसमध्ये २७ विलियन पर्यटन घाटावापत, ७.२ विलियन फिल्म उद्योगबाट भएको घाटावापत, जर्मन एयरलाइन्सले १ घण्टामा गुमाइरहेको दसौं लाख युरो एवं अन्य व्यापारका क्षेत्रमा ५० विलियन इत्यादि गरी १ खर्ब ३० अर्ब युरोको बिल चीन पठाएको हो।’

के यो सही हो? साँच्चै जर्मनीले चीनलाई बिल पठाएको हो त? यसबारे हामीले फ्याक्टचेक गरेका छौँ।


बेलायतको डेली एक्सप्रेसको वेबसाइटले यस्तो समाचार राखेका कारण भ्रम फैलिएको हो। समाचारको शीर्षक Germany sends China £130billion bill for ‘coronavirus damages’ – sparks fury in Beijing छ। त्यसैगरी लिडलाइनमा लेखिएको छ, ‘GERMANY has rattled China after joining the UK, France and the US in a rare attack, after Berlin called out Beijing’s responsibility for the global pandemic and even issued a £130bn invoice.’

तर समाचारमा भने Germany has sparked outrage in China after a major newspaper put together a £130bn invoice that Beijing “owes” Berlin following the impact of the coronavirus pandemic. लेखिएको छ।

यसमा ‘अ मेजर न्युजपेपर’ले बिल बनाएको भनेर प्रष्टै छ। तर हेडलाइन र लिडलाइनले भने भ्रममा पार्न खोजिएको छ।


खासमा जर्मनीको एउटा ट्याब्ल्वाइड पत्रिका ‘बिल्ड’ ले कोरोना भाइरसका कारण देशका विभिन्न क्षेत्रमा परेको असरलाई हिसाब गरेर यति घाटा भइसक्यो भनेर नक्कली बिल बनाएको हो। साँच्चिकै जर्मन सरकारले बिल बनाएर चीनलाई पठाएको होइन।

पत्रिकाले नक्कली बिल बनाएर प्रकाशन गरे पनि चीन आक्रोशित भएको छ। यससम्बन्धमा जर्मन टेलिभिजन डिडब्लुले समाचार बनाएको छ। हेर्नुस् भिडियो-

त्यसैले जर्मनीले चीनलाई बिल पठायो भनेर लेखिएका समाचार र सोसल मिडियामा गरिएका दावी भ्रामक छन्। बिल जर्मन सरकारले होइन, जर्मन पत्रिकाले बनाएको हो।

1 thought on “के कोरोनाबाट भएको नोक्सानीको क्षतिपूर्ति माग गर्दै जर्मनीले चीनलाई बिल पठाएको हो?”

  1. pradeep says:
    April 21, 2020 at 6:59 pm

    नेपाली भाषामा प्रकाशित हुने यस्ता खाते पत्रीका कती छन ? Tabloid जस्तै हावादरी । उसो भए सारा विश्व ले Germany लाई बिल पठाउन पर्‍यो नि त द्वितिय विश्व युद्दमा जानी जानी देश हरु नष्ट गरेकोमा । अनी Iraq, Afghanistan ले पनि अमेरिका लाई बिल पठाउन पर्‍यो नि त उनिहरुको देश ध्वस्त गरेकोमा ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme