Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बुद्ध एयरले राखेको जोन्स हपकिन्स विश्वविद्यालयका कोरोना टिप्स भ्रामक

Posted on April 20, 2020April 20, 2020 by Salokya


बुद्ध एयरको वेबसाइटमा कोभिड १९ सम्बन्धी केही महत्त्वपूर्ण तथ्य र जानकारी शीर्षकमा एउटा पोस्ट राखिएको छ। सोसल मिडियाका प्रयोगकर्ताहरुले पनि अमेरिकाको जोन्स हपकिन्स विश्वविद्यालयले तयार पारेको दावी गरेका कोरोना भाइरसबाट बच्ने सम्बन्धी टिप्सहरु सेयर गर्दै आइरहेका छन्। बुलेट प्वाइन्ट बनाएर विभिन्न सुझाव र तथ्य त्यसमा राखेको देख्न पाइन्छ। बुद्ध एयरको वेबसाइटमा यसलाई “जोन्स हपकिन्स विश्वविद्यालय तथा मेडिसिन कोरोना भाइरस रिसोर्स सेन्टरले कोभिड–१९ संक्रमणसम्बन्धी गरेका अनुसन्धान” भएको दावी गरिएको छ। के साँच्चिकै जोन्स हपकिन्स विश्वविद्यालयले सार्वजनिक गरेको हो त? हामीले फ्याक्टचेक गरेका छौँ।


बुद्ध एयरको वेबसाइटमा राखिएको तथ्य। पूरा यहाँ क्लिक गरी पढ्न सकिन्छ।


बुद्ध एयरले आफ्नो भेरिफाइड फेसबुक पेजमा समेत यसलाई सेयर गरेको थियो।


फेसबुकमा राखिएका पोस्ट।


अङ्ग्रेजीमा भने यस्ता पोस्ट देखिन्छन्।

समाचार एजेन्सी रोयटर्सले अप्रिल १५ मा यो बारे फ्याक्टचेक गरेर यसलाई गलत भएको निश्कर्ष निकालेको छ।

जोन्स हप्किन्स युनिभर्सिटीि आफैले आफ्नो आधिकारिक ट्विटरमा यसलाई हल्ला मात्र भएको बताएको छ। ‘हामीले जोन्स हप्किन्स इम्युनोलोजिस्ट र संक्रामक रोग विज्ञलाई उद्‍धृत गर्दै सोसल मिडियामा कोभिड १९ बारे बाँडिएका हल्लाहरु देखेका छौँ’, युनिभर्सिटीको ट्विटमा लेखिएको छ, ‘हामीलाई यी हल्लाहरु कसरी सुरु भयो भन्ने बारे थाहा छैन।’

We have seen rumors about #COVID19 circulating on social media that cite a Johns Hopkins immunologist and infectious disease expert. We do not know the origin of these rumors.

Get credible information from Johns Hopkins University and Medicine experts: https://t.co/8yP58VAR0N

— Johns Hopkins University (@JohnsHopkins) March 28, 2020

युनिभर्सिटीको फेसबुक पेजमा पनि हल्लामा विश्वास नगर्न भनिएको छ। यी हल्लाको उत्पति कसरी भएको हो भन्ने बारे आफूहरुलाई थाहा नभएको र त्यो विश्वासिलो नभएको युनिभर्सिटी बताउँछ।

विश्वविद्यालयले आफूले प्रकाशित गरेका कोरोना भाइरससम्बन्धी जानकारीहरु संक्रण रोकथाम, आपतकालीन व्यवस्थापन र आपतकालीन मेडिसिनका विज्ञहरुद्वारा रिभ्यु गरिएको हुने र ती जानकारीहरु coronavirus.jhu.edu वा hopkinsmedicine.org/coronavirus मा पाउन सकिने बताएको छ।

जुन विश्वविद्यालयको नाममा जानकारीहरु फैलाइएको छ, सोही विश्वविद्यालयले आफूले प्रकाशन गरेको होइन भनेका कारण बुद्ध एयरको वेबसाइटमा राखिएका र सोसल मिडियामा सेयर भएका जानकारीहरु भ्रामक छन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme