Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विश्वका चार देशमा २८ नेपालीको कोरोनाले मृत्यु, ११ सय ६६ जना संक्रमित

Posted on April 20, 2020 by Salokya


कोरोना भाइरसका कारण मृत्यु हुने गैर आवासीय नेपाली (एनआरएन) को संख्या २८ पुगेको गैरआवासीय नेपाली संघले जनाएको छ। हालसम्म विश्वका चार देशमा गरी २८ जनाको मृत्यु भएको संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित ‘कोविड १९’ उच्चस्तरीय समिति अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक छ। यसअनुसार सबैभन्दा बढी बेलायतमा १७ जनाको मृत्यु भएको छ। त्यसैगरी अमेरिकामा ८, युएईमा २ र आयरल्याण्डमा १ जनाको ज्यान गएको छ।

स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार नेपाल बाहेक विश्वभर १ हजार १ सय ६६ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन्। विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो तथ्यांक अनुसार २१ देशमा रहेका नेपालीहरु संक्रमित छन्।

संक्रमित हुनेमा देशमा अमेरिका ७ सय, युके २ सय, स्पेन १०, युएई ७१, जर्मनी ४, पोर्तुगल २२, अष्ट्रेलिया ११, आयरल्यण्ड २२, साउदी अरब ४, कुवेत २१, फ्रान्स १, जापान १, मलेसिया ३, म्यानरमार १, बेल्जियम ४, क्यानाडा ३, स्वीट्डरल्याण्ड ५, मल्टा २, हङकंङ १, र नेपाल ३१ जना कोरोना संक्रमित रहेको समितिले जनाएको छ।

विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक, नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसँस्थाद्धारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर सो तथ्यांक तयार पारिएको समितिले जनाएको छ।

1 thought on “विश्वका चार देशमा २८ नेपालीको कोरोनाले मृत्यु, ११ सय ६६ जना संक्रमित”

  1. Bishnu says:
    April 21, 2020 at 4:32 pm

    Nepalko 31 nepali matrai hoinan. 14 jana indian lai pani nepali banaidine?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme