Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सुखद खबर : दुई जना निको भए तर एक जना नयाँ पनि भेटियो

Posted on April 19, 2020 by Salokya


नेपालमा कोरोनाको तथ्याङ्कमा शनिबार सुखद खबर आयो। दुई जना कोरोना संक्रमित निको भएर घर फर्किए। तर दुःखको खबर आज पनि एक जना नयाँ संक्रमित भेटिए। ६५ वर्षीय पुरुषमा संक्रमण भेटिएको भनिए पनि कहाँ, कसरी भन्ने स्वास्थ्य मन्त्रालयले खुलाएको छैन। मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नभई आज पनि राति बल्ल यो नयाँ संक्रमणको घोषणा गरिएको हो। यो संक्रमण पनि प्रदेश १ मा भेटिएको अनौपचारिक जानकारी छन्।

उता, आज दुई जना संक्रमित स्वस्थ भई घर फर्किए। यसअघि सुरुको केस नम्बर १ जो चीनबाट नेपाल फर्किएका थिए, उनी पनि निको भइसकेका थिए।

आज भने केस नम्बर २ फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया किशोरी स्वस्थ भई घर फर्किएकी हुन्। उनले अस्पतालमा आफ्नो अनुभव बारे भिडियोमा समेत बताइन्।

त्यसैगरी चार पटक नतिजा नेगेटिभ आएपछि केस नम्बर ४ बाग्लुङकी ६५ वर्षीया महिला पनि स्वस्थ भएर घर फर्किएकी छिन्।

योसहित नेपालमा कूल संक्रमित संख्या ३१ रहेकोमा निको भएका केसहरु ३ भएको छ।

सुखद खबर के पनि हो भने अहिलेसम्म नेपालमा छिमेकी देशहरुमा जस्तो कसैको मृत्यु भएको छैन। उपचार गराइरहेका सबैको अवस्था पनि सामान्य नै छ। कतिपयमा त लक्षणसमेत नदेखिएको समाचार छन्।

2 thoughts on “सुखद खबर : दुई जना निको भए तर एक जना नयाँ पनि भेटियो”

  1. madan bajracharya says:
    April 20, 2020 at 9:16 am

    प्रकृतिको गुनले नेपालीमा कोरोनाको सन्क्रमन बाट बच्ने शक्ती दियकै देखिन्छ। तेसो नभयको भय सरकारको त्यस्तो ब्यारेक जस्तो अनेकौ कोच्चिने अैसोलेसन र् ग्यारेन्ति नै नभयको टेस्ट किट्ले गरेको पारीच्छ्यनले नेपालमा कोरोनाको सन्क्रमन लगभग जिरो देखिनेनै थियन। तर नेपालीमा कोरोनाको प्रत्रिरोध गर्ने शक्ती बलियो नै भयको भय पनि भारतमा कोरोना फैलिन्दै गयकोले हामी धुक्क बस्न सक्ने अवस्थामा नभयको कुरामा नेपाली सचेत हुनै पर्छ।

    भारतमा नेपाल सित सिमाना खुला भयको भारतमा कोरोना ब्यापक रुप्मा कोरोना फैलेमा नेपालले भारत सित जोदेको सिमाना पुरै बन्द गर्न सकेमा मात्रै केही हद सम्म नेपालीलाई कोरोना बाट बच्चाउन सकिने हुन्छ। तर भारत र् नेपालमा कुर्सी नपाय भारत प्रवाश जानेको निमित उपयुक्त हुने प्रवास् तन्त्र रोज्ने नेताहरुले खुला राखेको सिमाना नियन्त्रित गर्न सकिन्दैन। भारत सित टाधिने प्रयाश मात्रै गरे के सम्म हुन सक्छ त्यो सबैले देखे बुझेकै कुराहो। त् के हामी अव नेपालमा कोरोना नफैलोस भनेर भन्दा भारतमा कोरोना नफैलोस भनि बस्ने?

    अहिले नेपालमा भारतको नाकाबन्दीको बिरोध गरेकै आधारमा अत्याधिक मत पायको दलको सरकार त् छ् तर त्यस्तो सरकार हुँदा पनि नेपालको सदनमा कालापानिलाई भारतको कब्जा बाट मुक्त गर्ने सन्कल्प प्रस्ताव् दर्ता गर्न बाट रोकियो। यस्ले प्रस्तै देखाउन्छ नेपालको राजनीतिमा भारत र् भारतको स्वार्थमा बाधक नबन्ने प्रण गरेकै हावि छ्। तर यसो छ् भन्दैमा हामी हाम्रो नेपाल भन्नेहरु भारतको राजनैतिक् सामाजिक र् रोगजन्न्य् महामारी स्विकार्दै बस्न त् सकिन्दैन। तर गर्ने के(?)

    नेपालमा कुर्सी ओगत्न लाजै पचाई हामी भारत परस्त हौ भन्ने र् कुर्सीमा पुग्न मात्रै भारतमा बिरोध गर्नेहरुकै सिक्का चल्दै आयको छ् र् तेस्ताहरुले भारतले नदिय नेपालीको श्वास पनि रुक्न सक्ने अवस्थामा पुर्यायको छ्। तेसैले कुनै नेता र् सरकारले भारत सितको सिमाना नियन्त्रित गरियला भनि सोच्नु बा आस गर्नु भन्दा भारत-नेपालको सिमाना खुला रहने ब्यबस्थालाई नागरिक तथा सामाजिक तरिकाले निस्क्रिय बनाउने प्रयास गर्नु पर्छ”। तर कसरी? यस्को जवाफ हो गान्धिबाद।

    गान्धिवादले हतियार उठयर लखेत्न नसकिनेलाई नागरिक र् सामाजिक बहिस्कार गरेर भगाउन् सकिन्छ भनेर प्रमानित् गरेर देखायको छ्। अरु कोही बा केही नपाउने अवस्थामा बाहेक तेस्ता र् तेस्ताको सबै कुरा बहिस्कार गर्ने;अङ्रेज भगाउन् गान्धिले अङ्रेज र् अङ्रेजले बनायको बहिस्कार गरेझै। बहिस्क्रित गर्नु भनेको दुत्कार्नु हो।भारत सितको खुला सिमानालाई सिमेन्तको पर्खालले भन्दा नेपालीको बहिस्कार र् दुत्कारको पर्खालले नेपाल र् नेपालीलाई भारतको भैयावाद् र् भाईरस बाट बचाउन सक्छ।

    चिनले कोरोना नियन्त्रन गरे वात नेपालले चीन र् चिनमा बनेको कुरा बहिस्क्रित गरोस् भनि चाहने आज निरास मात्रै बनेको छैन तिलमिलायको समेत् छ्। नेपालले सिमाना बन्द गर्दा पनि चोर् बाटो बाट कोरोना लागेका “उस्का”हरु पस्दै गरकेको कुरालाई वोझेलमा राखेर उल्तै नेपालले भारतमा कोरोना फैलाउन कोरोना लागेकालाई भारत पथायको भनेर झुथो आरोप लगाउने देखि सचेत मात्रै बनेर पुग्दैन।

    Reply
  2. Shankar says:
    April 19, 2020 at 8:00 am

    कता कता यो कोरोनाले ठुलो युद्द निम्ताउला जस्तो पो लागि रा छ , सुरु देखि नै ।
    देश को बस यात्रा , जात्रा , चाड पर्ब हेर्दा सुखद खबर दुखद बन्न कति बेर लाग्दैन ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme