Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपालमा कोरोना कहाँ कहाँ : आठ जिल्ला र पाँच प्रदेशमा संक्रमण

Posted on April 17, 2020April 17, 2020 by Salokya

नेपालमा अहिलेसम्म ३० जना कोरोना संक्रमित भेटिएको पुष्टि भइसकेको छ। नयाँ संविधानपछि थपिएका दुईसहित कूल ७७ जिल्लामध्ये हालसम्म ८ जिल्लामा मात्रै कोरोना संक्रमण भेटिएको हो। सबैभन्दा धेरै संख्या उदयपुरको छ। त्यहाँ आजै एकै पटक १२ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो। त्यसैगरी दोस्रो ठूलो संख्या राजधानी काठमाडौँमा छ। यहाँ भेटिएका ५ मध्ये एक जना निको भइसकेका छन्। तेस्रो ठूलो संख्या कैलालीमा छ। त्यहाँ ४ जना संक्रमित छन्। पर्सामा ३, बाग्लुङमा २, चितवनमा २, रौतहटमा १ र कञ्चनपुरमा १ जना छन्।    

प्रदेशगत हिसाबमा हेर्ने हो भने सात प्रदेशमध्ये पाँच वटा प्रदेशमा कोरोना संक्रमण फैलिसकेको छ। दुई वटा प्रदेशमा मात्रै हालसम्म कोरोना संक्रमित फेला परेका छैनन्। ती हुन्- कर्णाली प्रदेश र प्रदेश नम्बर ५।

विश्वको स्थिति यसमा हेर्नुस्। Search Countries मा देश टाइप गरेर तुलनात्मक चार्ट पनि हेर्न सकिन्छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme