Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपालमा कोरोना : ३ महिनामा १६ जना, आज एकै दिन १४ जना पुष्टि, कूल संख्या : ३०

Posted on April 17, 2020 by Salokya

नेपालमा कोरोना संक्रमणको संख्या ३ महिनासम्म आज दिउँसोसम्मको आधिकारिक संख्या १६ जना थियो। तर आज एकै दिन १४ जनाको पुष्टि भएपछि कूल संख्या ३० पुगेको छ। योसँगै प्रदेश नम्बर १ पनि कोरोना संक्रमण फेला परेको ठाउँ हुन पुगेको छ। अब नेपालमा प्रदेश ५ र कर्णाली प्रदेशमा मात्र कोरोना संक्रमित भेटिएको छैन।

आज उदयपुरमा १२ र चितवनमा २ जनाको कोरोना संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी नदिइए पनि राति स्वास्थ्य मन्त्रालयको आधिकारिक भाइबर र फेसबुकमा यसबारे जानकारी दिइएको हो।

आज फेला परेको १४ वटा नयाँ केस यस्ता छन्-

केस नम्बर १७ : ३४ वर्षका पुरुष, उदयपुर
केस नम्बर १८ : २९ वर्षका पुरुष, उदयपुर
केस नम्बर १९ : २६ वर्षका पुरुष, उदयपुर
केस नम्बर २० : २८ वर्षका पुरुष, उदयपुर
केस नम्बर २१ : २८ वर्षका पुरुष, उदयपुर
केस नम्बर २२ : २८ वर्षका पुरुष, उदयपुर
केस नम्बर २३ : २८ वर्षका पुरुष, उदयपुर
केस नम्बर २४ : २२ वर्षका पुरुष, उदयपुर
केस नम्बर २५ : २५ वर्षका पुरुष, उदयपुर
केस नम्बर २६ : २० वर्षका पुरुष, उदयपुर
केस नम्बर २७ : ४० वर्षका पुरुष, उदयपुर
केस नम्बर २८ : २९ वर्षका पुरुष, उदयपुर
केस नम्बर २९ : २७ वर्षका पुरुष, चितवन
केस नम्बर ३० : ६३ वर्षका महिला, चितवन

उदयपुरको केस भारतीयहरुको हो। त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा बसेका भारतीयहरुमा कोरोना संक्रमण भेटिएको हो।

चितवनका दुई केस आमा छोरा हुन्। उनीहरु चैत ३ गते बेलायतबाट कतार हुँदै फर्केका थिए।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme